HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ह्वाट्सएपबाट फोटो तथा भिडियोहरु आफैं डाउनलोड हुन नदिन कसरी रोक्ने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

स्मार्टफोनमा सुविधासम्पन्न तथा अत्याधुनिक क्यामेरा उपलब्ध भएसँगै हामीले अत्यधिक रुपमा फोनबाट फोटो तथा भिडियो कैद गरिरहेका हुन्छौं ।

हाम्रा स्मार्टफोनहरुमा फोटोरभिडियोको भारी मात्र होइन विभिन्न खालका एप तथा अन्य सामग्रीहरुले पनि भरिएका हुन्छन् । यस्तोमा यदि तपाईंले आफ्नो फोनको स्टोरेजलाई सही तरिकाले व्यवस्थापन गर्नुभएन भने फोनको स्टोरेज छिटै भरिनेछ र नयाँ चिज फोनमा नअट्ने मात्र होइन विभिन्न अत्यावश्यक फिचरले पनि काम गर्न गाह्रो पर्दछ। महत्वपूर्ण तस्वीर खिच्नुपर्दा वा महत्वपूर्ण एप तथा फाइल डाउनलोड गर्नुपर्दा जब फोनमा स्टोरेजको अभाव भइदिन्छ, तब त्यो निकै दिक्कलाग्दो हुन्छ । साथै फोनको स्टोरेज भरिँदै जाँदा धेरै लोडका कारढा फोन ह्याङ हुने वा सुस्त हुने गर्दछ ।
फोनमा धेरै स्पेस प्राप्त गर्न के गर्ने ?

आफ्नो फोनको स्टोरेजलाई खाली गर्ने विभिन्न उपाय छन् । यसका लागि क्लाउड स्टोरेज सब्सक्राइब गर्नेदेखि फोनमा रहेका फाइलका क्यास हटाउने सम्मका विधिहरु हुन्छन् ।

साथै असान्दर्भिक रहेका पुराना तस्वीरहरु पनि फोनबाट हटाउन सकिन्छ । त्यस्तै फोनको स्टोरेजलाई भरिन नदिने अर्को उपाय भनेको ह्वाट्सएपबाट फोटो तथा भिडियोहरु स्वचालित रुपमा डाउनलोड हुने अर्थात् अटो डाउनलोडको प्रणालीलाई रोक्नु पनि हो ।

ह्वाट्सएपले प्रयोगकर्तालाई कसैबाट पठाइउका तस्वीर, अडियो, भिडियो तथा अन्य सामग्रीहरू प्रापकको फोनमा अटोम्याटिक रुपमा डाउनलोड हुने सुविधा दिएको हुन्छ ।

यदि यो फिचरलाई सक्रिय बनाउने हो भने ह्वाट्सएपमा आएका फोटो तथा भिडियोहरु आफै डाउनलोड भएर फोनको ग्यालरीमा गएर बस्दछन् र असान्दर्भिक चिजहरु पनि त्यसरी थुप्रिंदा फोनको स्टोरेज छिटै भरिन्छ । त्यसैले प्रयोगकर्ताले ह्वाट्सएपको यो फिचरलाई आफ्नो आवश्यकता अनुसार खोल्न वा बन्द गर्न सक्दछन् । यसका लागि निम्न बमोजिम गर्नु पर्दछ :

ड्ड फोनमा ह्वाट्सएप खोल्नुहोस् र त्यसको Settings मा ट्याप गरी Storage and data मा जानुहोस्
ड्ड त्यहाँ रहेको Media auto-download खण्डमा गएर आफ्नो आवश्यकता बमोजिमको विकल्प छान्नुहोस् । जसमा when using mobile data, when connected on Wifi तथा when roaming भन्ने अप्सन हुन्छन् । ती विकल्पको छेउँमा रहेको चेक बक्समा कस्तो मिडिया अटो डाउनलोड गर्ने भन्नेमा टिक गर्नुहोस् र OK मा थिच्नुहोस् ।

ड्ड त्यस्तै सबै खालका मिडिया अटो डाउनलोड हुनबाट रोक्नका लागि तपाईंले सबै अप्सनमा ट्याप गरी सबै मिडिया टिक हटाएर Ok मा थिच्नुहोस् ।

Previous Post

बढ्यो सेयर बजार,कति पुग्यो कारोबार रकम ?

Next Post

सोमबार भोलि दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्दै

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

सोमबार भोलि दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्दै

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.