हरेक मौसममा बजारमा पाइने स्याउ स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ। फाइबरयुक्त स्याउमा भरपूर फाइब्रोन्युटि्रएन्ट पाइन्छ, जुन हृदयका लागि फाइदाजनक मानिन्छ। स्याउमा एन्टि-अक्सिडेन्ट तत्व हुनुका साथै भरपूर मात्रामा क्याल्सियम पाइन्छ, जसले हड्डीलाई मजबुती प्रदान गर्नुका साथै टुट्नबाट समेत बचाउँछ।
स्याउले शरीरमा कोलेस्टेरोलको मात्रा घटाउनुका साथै सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ। शरीरमा रक्तप्रवाहलाई यथावत राख्न पनि स्याउको सेवन उपयोगी मानिन्छ।
स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस छिल्कासहित खान रुचाउँछन् भने केही छिल्का झिकेर खान रुचाउँछन्।
छिल्का निकाल्दा स्याउमा पाइने सबै पोषणतत्व त्यससँगै निस्केर जान्छ। जबकि, स्याउलाई ब्रोकासहित खानाले यसमा भएका सम्पूर्ण तत्वले कैयौं प्रकारका रोगबाट बचाऊ गर्छ र स्वादिलो पनि हुन्छ।
शरीरमा पुर्याउने फाइदा
ब्लड सुगर
मधुमेहका विरामीका लागि स्याउ निकै फाइदाजनक मानिन्छ । त्यसमा पनि स्याउको ब्रोका मधुमेहका लागि अझ फाइदाजनक छ । यसले सुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।
ब्रेन सेल
छिल्कासहितको स्याउको सेवनले दिमाग तेजिलो हुन्छ। साथै, छिल्लासहितको स्याउको सेवनले मस्तिष्कको कोषिका -ब्रेन सेल)लाई स्वस्थ राख्न सघाउ पुर्याउँछ।
मोतियाविन्दु
छिल्कासहितको स्याउको सेवनले आँखामा हुने मोतियाविन्दुको समस्याबाट बचाउन मद्दत गर्छ। आँखासम्बन्धि अन्य रोग पनि लाग्न दिँदैन।
पित्तथैलीको पत्थरी
छिल्लासहितको फाइबरयुक्त स्याउको सेवनले पित्तथैलीमा जमेर बसेको कोलेस्टेरोललाई बाहिर निकाल्न मद्दत गर्छ, जसले गर्दा पित्तथैलीमा पत्थरी हुन पाउँदैन।
दाँतको सडन
दाँतको पहेंलोपना हटाउन तथा दाँतलाई स्वस्थ राख्न स्याउ निकै उपयोगी मानिन्छ। स्याउमा टुथपेस्टको गुण हुने भएकाले यसलाई चपाएर खानाले दाँतमा अड्किएको जिद्दी दागबाट समेत छुटकारा पाउन सकिन्छ। यस्तै, छिल्कासहित स्याउको सेवनले दातमा क्याभिटी हुनबाट बचाउँछ। त्यसबाहेक गर्भावस्थामा रगतको कमि हुन पाउँदैन।
क्यान्सर
फाइबर, क्याल्सियम, एन्टि-अक्सिडेन्ट तथा प्लेबिनाइड तथा फाइटोकेमिकल्सले युक्त स्याउको छिल्काले मोटोपना कम गर्नुको साथै कलेजो, स्तन र आन्द्राको क्यान्सरबाट बचाउँछ। अमेरिकन इन्स्िटच्युट अफ क्यान्सरको अध्ययनअनुसार दैनिक एउटा स्याउको सेवनले स्तन क्यान्सरको सम्भावनालाई २३ प्रतिशतसम्म रोक्न सकिन्छ।






Discussion about this post