HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

के तिव्र रुपमा कम्मरको बोसो घटाउन चाहानुन्छ? यी हुन् सजिला पाँच उपायहरु,

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
Asian young woman doing plank exercise outdoors

Asian young woman doing plank exercise outdoors

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हामी यस्ता धेरै मानिसहरु देख्न सक्छौं जसको तौल त धेरै हुँदैन तर, उनीहरुको कम्मरको आसपास बोसो जम्मा भएको हुन्छ वा पेट लाग्न थालेको हुन्छ । पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् ।

सामान्य रुपमा तीस वर्ष कटेपछि मानिसको पिठ्यु र कम्मरको आसपासमा बोसो जम्न थाल्छ । बोसो अर्थात फ्याट शरीरको जुनसुकै भागमा जमे पनि त्यसले हानी गर्छ ।

बोसो लागेपछि मानिसको लुक्स त खराब हुन्छ नै साथै यो हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुँदैन । यसैले यसबाट छिटो छुटकारा पाउन जरुरी छ ।

आमरुपमा यस खालको बोसो जम्ने कारण खानपान र एक्सरसाइजको कमी हो । कम्मर र पिठ्युमा जम्ने यो बोसोबाट सजिलै राहत पाउन सकिन्छ ।

आउनुहा केही यस्ता तरिका जानीराखौं जसलाई अपनाएर तपाईं यस खालको बोसोलाई घरमै सजिलैसँग घटाउन सक्नुहुन्छ ।

पुलअप गर्नुहोस्

यो आँफैमा एक सम्पूर्ण एक्सरसाइज हो किनभने यसले पुरै शरीरलाई फाइदा पुग्छ । पुल अप्स गर्दा शरीरको हरेक हिस्सामा दबाब पर्छ र सबै मांसपेसीहरु तन्किन्छन् यसैले पुलअप गर्नाले बोसो चाँडै घट्छ ।

पुल अप्स गर्नको लागि पुलअप गर्न बनाइएको रडमा समातेर झुण्डिनुहोस् । हत्केला अगाडि बनाउनुहोस् र हत्केलामा काँध र पाखुराको बल लगाएर पुरै शरीरलाई माथितिर खिच्नुहोस् । २ सेकेण्ड रोकिएपछि शरीरलाई तल ल्याउनुहोस् र फेरि माथि खिच्नुहोस्। सुरुवातमा तपाईं जति पटक गर्न सक्नुहुन्छ त्यतिपटक यो एक्सरसाइज गर्नुहोस् ।

पुसअप गर्नुहोस्

पुस अपको खास कुरा के छ भने यसको लागि कुनै मेसिनको आवश्यकता पर्दैन । तपाईं जहिले पनि र जहाँ पनि पुसअप गर्न सक्नुहुन्छ । यदि सुरुवाताम समस्या हुन्छ भने जबरजस्ती नगर्नुहोस् । बरु सुरुमा जम्मा ४/५ पुसअप मात्रै गर्नुहोस् । बिस्तारै तपाईं यसलाई बढाएर ३० देखि ५० पटक सम्म गर्न सक्नुहुन्छ ।

पुस अप गर्नको लागि सबैभन्दा पहिले जमिनमा म्याट ओछ्याउनुहोस् र पेटको बलले सुत्नुहोस् । त्यसपछि आफ्नो पुरा शरीरको भार हत्केलामा र पन्जामा राख्नुहोस् । हात सिधा राखेर शरीरलाई माथि उठाउनुहोस् ।

ध्यान राख्नुहोस् यो स्थितीमा तपाईंको शरीर एकदम सिधा हुनुपर्छ । आफ्नो हातलाई पनि समानान्तर राख्नुहोस् । तल आँउदा सास भित्र खिच्नुहोस् गर्धन हल्का माथि राख्नुहोस् र पुरै ध्यान छातीमा लगाउनुहोस् ।

जब तपाईंको छातीलिे हल्का जमिनलाई छुन्छ त्यतिखेर सास छोड्दै माथितिर आउनुहोस् । तल आरामसँग जाुनहोस् र माथि थोरै तेज रुपमा जान सक्नुहुन्छ ।

उठबस गर्नुहोस्

कम्मर, पिठ्युँ र पेटमा जमेको बोसोलाई कम गर्ने शानदार तरिका हो उठबस अर्थात स्क्वाट । यसको लागि दुवै हात अगाडि तर्फ राख्नुहोस् । सीधा उभिनुहोस् र छाती थोरै बाहिर निकाल्नुहोस् ।

आफ्नो घुँडालाई मोड्दै यसरी बस्नुहोस् जसरी तपाईं कुर्सीमा बसिरहनुभएको छ । आफ्नो घुँडालाई पन्जाको समानान्तर नै राख्नुहोस्।

त्यतिखेर सम्म तल झुक्नुहोस त्यतिखेर सम्म तपाईंको जाँघ जमीनको समानान्तर नहोस् । माथि आउँदा सास छोड्नुहोस् । यो धेरै सजिलो छ र सजिलोसँग गर्न पनि सकिन्छ ।

प्लेक एक्सरसाइज गर्नुहोस्

प्लेक पनि कैयौं किसिमका हुन्छन् यसलाई पनि सजिलै गर्न सकिन्छ र जहाँ पनि गर्न सकिन्छ ।

प्लेक गर्नको लागि पेटको बलमा जमिनामा सुत्नुहोस् र टाउकोलाईर् जमिन छुन दिनुहोस् । अब शरीरको माथिल्लो भाग कुहिनोको भरमा जमिनबाट माथि उठाउनुहोस् । खुट्टालाई पञ्जाको बलमा टिकाउनुहोस् र फेरि आफ्नो पेट वा जाँघलाई माथितर्फ उठाउने कोसिस गर्नुहोस् ।

२० देखि ३० सेकेण्ड यसै स्थितीमा रहनुहोस् र फेरि सामान्य हुनुहोस् । यसलाई दुईदेखि तीनपटक गर्न सकिन्छ ।

एक्सरसाइजसँगै खानपानमा ध्यान दिनुहोस्

माथि उल्लेखित एक्सरसाइजहरुबाट छिटोभन्दा छिटो लाभ पाउनको लागि ३० देखि ४० मिनेट सम्म अन्य काम पनि गर्नुहोस् । केही अन्य कार्डियोभास्कुलर वर्कआउटबाट तिव्र रुपमा हिँड्ने, जगिङ, स्विमिङ साइक्लिङ गर्नुहोस् । यस क्रममा धेरै मेहनत गर्ने कोसिस गर्नुहोस् ।

त्यसैगरि स्वस्थ रहन र बोसो घटाउन चाहनुहुन्छ भने खानपानमा विशेष ध्यान दिनुहोस्, पौष्टिकताले भरपुर आहारको सेवन गर्नुहोस्। फास्टफुड, जंकफुड, तेलैतेलमा तारिएको वा भुटिएको खानाको सेवन नगर्नुहोस् ।

Previous Post

दैनिक नुहाउँदा आउनसक्छ छालामा यस्ता समस्या,

Next Post

स्वास्थ्यका लागि नरिवल पानी कति लाभकारी हुन्छ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

स्वास्थ्यका लागि नरिवल पानी कति लाभकारी हुन्छ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.