दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीया बालिका शर्मिला कँडेलको शनिबार चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार चट्याङ परी घाइते भएकी शर्मिलाको दुल्लु अस्पतालमा उपचार लागि पठाएको थियो।त्यहाँ उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको अवस्था बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार बेलुका कर्णालीका विभिन्न जिल्लामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको थियो। हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्याएको छ।






Discussion about this post