HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,चैत १८ गतेदेखी २४ गते सम्म, हेर्नुहोस : साप्ताहिक राशिफल

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दाजुभाइहरुसँगको सम्बन्ध राम्रो देखिन्छ । अध्ययन, लेखनमा शुभ फल मिल्ने छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । आत्मबल, हिम्मत, जोस र जाँगर बढ्ने छ । कार्यआरम्भ गर्दा, हल्का मनस्थितिले नभै उच्च मनोवलले आरम्भ गर्नु होला । स्वकार्यमा सुख, शान्ति र खुसी हुने समय छ । प्रेमी प्रेमीकाहरुका लागि कार्यसिद्धि हुने समय छ । विचारपूर्वक काम गर्नु होला नत्र केही दुःख भोग्नु पर्ने बेला छ । ठूला र महवपूर्ण कार्यमा रुचि बढ्नेछ । पहिलेका मित्रहरुबाट आर्थिक फल मिल्नेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अध्यापन कार्यमा सफलता मिल्नेछ । नियमित कार्यमा रुचि बढ्नेछ । सामान्यतः जागिरमा भाग्य राम्रो छ । अग्रजको सल्लाहमा कार्य गर्नुहोला सफलता मिल्नेछ । शिरसम्बन्धी हल्का रोग देखापर्नेछ । ठूला क्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । खानपानको अनुकूल नमिल्ने योग छ । उन्नति प्रगतिका लागि हार्डवेयर व्यवसाय र वस्त्र व्यवसाय सुरुवात गर्ने समय देखिन्छ । जग्गा जमिनको कार्य गरेमा पनि राम्रो छ । सहकर्मीहरुबाट राम्रो सहयोग सद्भाव मिल्ने छ । यो साताको अन्त्यमा केही आर्थिक लाभ मिल्ने देखिन्छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

उन्नति प्रगतिले परिवारमा समृद्धि ल्याउने छ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । घरमा शुभ, राम्रो वस्तुको क्रय हुने समय छ । साथीहरुसँग भ्रमण गरी खुसीपूर्वक समययापन हुने छ । यो साताको अन्त्यमा आर्थिक व्यय देखिन्छ । साथीभाइ इष्टमित्रबाट सहयोग मिल्नेछ । नयाँ जागिर प्राप्त हुनेछ । वैदेशिक रोजगारीमा केही कार्यबाधा देखिन्छ । दाम्पत्य जीवन सुमधुर हुने योग देखिन्छ । अर्थलाभ र सुख प्राप्त हुने समय छ । अध्ययनमा राम्रो स्थान मिल्ने छ । जग्गासम्बन्धी लाभसमेत हुने हुँदा भाग्य राम्रो देखिन्छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ । सहयोगीहरुबाट काम गर्न सकिने छ । उन्नति प्रगति हुने हुँदा समय राम्रो देखिन्छ । परिवारबाट सुख सहयोग मिल्नेछ । रमाइलो भेटघाटमा सहभागी हुनुपर्ने छ । कार्यक्षेत्रबाट हल्का धन प्राप्तिको योग छ । सामान्य स्वास्थ्य बाधा हुनेछ । हाइड्रो एवं बिजुलीसम्बन्धी सेयर व्यवसाय फस्टाएर जानेछ । वैदेशिक यात्रामा सामान्य ढिलासुस्ती हुनेछ । सहअध्ययन सफल छ । सकभर यो साता सवारी यात्रा कमै गर्नुहोला । प्रेम प्रसङ्गले घर परिवारमा सामान्य मतभिन्नता हुने छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अध्ययनमा सफलता मिल्ने छ । पारीवारिक यात्रा गरेमा मन प्रसन्न रहने छ । रोजगारीका लागि अवसर मिल्नेछ । सामाजिक सेवाको काम गर्नु राम्रो छ  । बढी नै दौडधुप गर्दा पनि स्वकार्य सफलतामा कठिनाई आउने छ । मित्र, सहयोगीहरुबाट काम गर्न कठिन छ । चर्म रोगसम्बन्धी समस्या देखा परी स्वास्थ्य बाधा हुने देखिन्छ । वैदेशिक यात्रमा रुचि बढ्नेछ । केही अर्थसमस्या सामना गर्नुपर्नेछ । दाम्पत्य जीवन सफल रहनेछ । साताको अन्त्यमा समस्याको समाधान पनि निस्कने छ । खानपानमा विशेष ध्यान दिनुहोला ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पारिवारिक भ्रमण गरेमा मन प्रसन्न रहनेछ । राजनीतिमा सफलता मिल्नेछ । प्रेमीप्रेमिकाहरुसँग माया, सद्भाव बढ्नेछ । कार्य क्षेत्रमा सुधार आउनेछ । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । उन्नति प्रगतिको योग आएको छ । वैदेशिक यात्राको समय रहेको छ । इस्टमित्र साथीभाइसँगको भेटघाट रमणीय हुनेछ । नवीन कार्य गर्दा विचारपूर्वक गर्नुहोला । भूमिमा थोरै समस्या उत्पन्न हुने देखिन्छ । बाहन तथा सवारी साधन क्रयको योग छ । कार्य क्षेत्रमा सुधार आउनेछ । साथीभाइहरुमार्फत सरकारी जागिरको योग छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

जीवन संगिनीसँग प्रेम सद्भाव रहने छ । खानपानमा सावधान रहनुहोला । जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ । आर्थिक उपार्जनका लागि नयाँ मौका प्राप्त हुनेछ । स्वास्थ्यमा केही समस्या देखापर्ने छ । अर्थ तथा भाग्य राम्रो छ । कार्यमा सामान्य बाधा आउने छ । वैदेशिक यात्रामा शुभ फल देखिन्छ । परका साथीभाइबाट समेत केही सहयोग मिल्नेछ । प्रेम आकर्षण योगले, प्रेममा सफलता मिल्नेछ । परिवारका सदस्यमा समेत केही रोग देखा पर्न सक्नेछ । विलासी खानपानमा रुचि नगर्नु बेस हुन्छ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक कार्यमा सफलता मिल्नेछ । रमाइलो भेटघाटमा सहभागी हुनुपर्ने छ । अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ । मित्र, सहयोगीहरुबाट काम गर्न सकिनेछ । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । प्रेम जीवन सफल छ । साताको अन्त्यमा मानसिक शान्ति हुनेछ । व्यवसायीहरुका लागि लाभ हुने समय छ । यो साताको अन्त्यमा आर्थिक फल मिल्ने देखिन्छ ।  वस्त्र व्यापार व्यवसायमा शुभ समय छ । जग्गासम्बन्धी कारोबारमा खर्च बढ्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

जग्गासम्बन्धी काममा सफलता मिल्ने छ । वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ । सम्मानित कार्यमा सहभागी हुनु पर्नेछ । अध्यापन क्षेत्रमा सफलता, मान, सम्मान प्राप्त र प्रगति हुनेछ । कार्यमा दौड धुप बढ्ने छ । सामाजिक सेवाको काम गर्नु होला । नयाँ सवारी साधनको योग छ । आफन्तहरुसँग शुभ भेटघाट हुने छ । स्थायी स्थानभन्दा नयाँ स्थान राम्रो हुने देखिन्छ । पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहने छ । ठूला कार्यमा निर्णय लिनु ठीक छैन । नेत्रसम्बन्धी समस्या देखापर्नाले स्वास्थ्यमा केही बाधा हुने देखिन्छ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ सवारी साधन क्रयको योग रहेको छ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । उच्चस्थ व्यक्तिहरुसँग भेटघाट हुनेछ तर केही व्यक्तिहरुसँग मत मतान्तरसमेत हुनेछ । दाम्पत्य जीवनमा सफलताको योग देखिन्छ । यस हप्ता नयाँ कार्य सिद्धि हुनेछ । अग्रजमा केही रोगको सामना गर्नु पर्नेछ । पारिवारिक माया प्रेममा कुनै कमी हुने छैन । विद्यार्थीहरुका लागि अध्ययन, लेखन, अध्यापन कार्यमा सफलता मिल्नेछ । पहिलेका प्रियजनहरुसँग भेट हुनेछ । स्वास्थ्यमा सामान्य बाधा देखिन्छ । इज्जत मान प्रतिष्ठामा वृद्धि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धार्मिक दिनचर्याबाट शान्ति प्राप्त हुने समय छ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । घरजग्गा व्यवहारमा केही सुधार आउने देखिन्छ । वरपरका व्यक्तिसँग सामान्य मतान्तर हुने देखिन्छ । कार्यमा सफलता मिल्नेछ । स्थानान्तरणमा केही ढिलासुस्ती हुने देखिँदा पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । राम्रो कार्य सम्पादन गरेबापत प्रमोसन हुने समय छ । सवारी साधनलाई परिवर्तन नगरी चलाउनु भएमा राम्रो हुन्छ । सामान्यतया आर्थिक व्यय भारमा केही वृद्धि हुने देखिन्छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफन्तहरुसँग शुभ भेटघाट हुनेछ । शिक्षामा लाभ हुने समय चलेको छ । जग्गासम्बन्धी कारोबारमा केही नाफा हुन सक्नेछ । पहिलेका प्रियजनहरुसँग भेट हुनेछ । उदर रोग देखापर्ने छ । प्रेम सम्बन्धमा सामान्य बाधा देखिन सक्छ । साझेदारी काममा सावधान हुनु पर्नेछ । नव कार्य क्षेत्रबाट बाधा आई केही दुःखकष्ट देखा परे पनि कार्यसिद्धि भने हुनेछ । निवास परिवर्तन गरी बस्नु उचित देखिन्छ । बाहन क्रयसम्बन्धी कार्यमा तत्काल रुचि नलिनु नै बेस हुन्छ । उदर रोग देखा पर्न सक्नेछ ।

Previous Post

बहुगुणकारीअमला खानुका स्वास्थ्यका लागि फाइदै फाइदा

Next Post

चट्याङ लागेर एक बालिकाको मृत्यु

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

चट्याङ लागेर एक बालिकाको मृत्यु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.