HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कसरी थाहा पाउने, बच्चालाई क्याल्सियम पुगेको छ कि छैन ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हाडजोर्नीको विकास र मजबुतीका लागि मान्छेलाई उमेरअनुसार क्याल्सियम जरुरत पर्छ । बढ्दो उमेरका बच्चालाई त क्याल्सियम झनै आवश्यक पर्छ । यो उमेरमा क्याल्सियम अभाव भयो भने विभिन्न समस्या निम्तिन सक्छ । हाडजोर्नी विशेषज्ञ प्रा.डा. गणेश गुरुङले हलक्क बढ्दै गरेका बच्चामा क्याल्सियम कम हुँदा निम्तिने समस्याबारे सजग गराएका छन्

शरीरमा क्याल्सियम कम हुँदा समस्या

शारीरिक विकासको क्रममा बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकलमा ‘ग्रोइङ पेन’(बढ्दो उमेरको समस्या) भनिन्छ । बच्चामा यो समस्या देखिनुको कारण हो, शरीरमा क्याल्सियमको कमी । बच्चा बढ्दै जाँदा उनीहरुलाई आवश्यक क्याल्सियमको कमीले जोर्नी तथा हड्डी दुख्ने समस्या निम्तिन्छ । बढी चुलबुले बच्चामा समस्या बढी हुन्छ किनभने धेरै खेल्ने बच्चालाई क्याल्सियमको मात्रा बढी चाहिन्छ । उमेरअनुसार शारीरिक विकास हुन त्यसैअनुसारको क्याल्सियम शरीरले पाउनुपर्छ । यो अवस्थामा गडबडी हुँदा बच्चाको हाडजोर्नी दुख्छ । खानपानमा विशेष ध्यान दिएर बच्चालाई क्याल्सियम पूर्ति गराउनुपर्छ । हरेक दिन बच्चालाई सामान्य मालिस गर्दा पनि दुखाइमा धेरै राहत मिल्छ ।

उमेरअनुसार बच्चालाई क्याल्सियम

उमेरअनुसार बच्चालाई क्याल्सियम जरुरत पर्छ । ६ महिनामुनिको बच्चालाई प्रतिदिन २ सय मिलिग्राम, ६ महिनादेखि एक वर्षसम्मको बच्चालाई २ सय ६० मिलिग्राम, एकदेखि तीन वर्षसम्मको बच्चालाई प्रतिदिन ७ सय मिलिग्राम क्याल्सियम चाहिन्छ । चारदेखि आठ वर्षसम्मको बच्चालाई प्रतिदिन १ हजार मिलिग्राम र नौदेखि १३ वर्षसम्मको बच्चालाई प्रतिदिन १३ सय मिलिग्राम क्याल्सियम आवश्यक पर्छ । बच्चालाई विभिन्न खानेकुराबाट क्याल्सियमको मात्रा पूर्ति गर्न सकिन्छ ।

क्याल्सियमका मुख्य स्रोत

दूध, दही, चिजमा क्याल्सियमको मात्रा सबैभन्दा राम्रो पाइन्छ । सुन्तलाको जुस, चकलेट मिल्क, चाइनिज बन्दागोवी, बदाम, माछालगायतमा पनि क्याल्सियमको मात्रा धेरै हुन्छ । बच्चाको उमेरअनुसार यस्ता खानामा जोड दिनुपर्छ ।

Previous Post

आजदेखि एसईई परीक्षा सुरु ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

Next Post

ज्वानोको फाइदा अनेक, बुजौ यसबारे,

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

ज्वानोको फाइदा अनेक, बुजौ यसबारे,

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.