जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ । शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो, तर यो अवस्था आमा र शिशुको लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो । प्रसव अर्थात् बच्चा जन्मिएपछि बच्चा मात्रै होइन, आमाको समेत उति नै ख्याल गर्नुपर्ने हुन्छ । बच्चा जन्मिएपछि आमा र बच्चामा यावत किसिमका शारीरिक एवं भावनात्मक समस्या एवं कैयौं बदलावहरु आउने गर्छन् । प्रसवपछि नयाँ आमाको विशेष रेखदेखि बच्चा जन्मिएको ६ देखि ८ हप्तासम्म गर्नुपर्ने हुन्छ ।
नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसूति केन्द्र,अस्पतालमा दक्ष प्रसूति स्वास्थ्यकर्मीद्वारा प्रसूति गराउनुपर्दछ । यसले गर्दा प्रकृतिक अवस्थामा सुत्केरी गराउन नसकेको अवस्थामा, विभिन्न वैकल्पिक तरिकाबाट आमा र शिशुलाई बचाउन सकिन्छ ।
बच्चा जन्माउने क्रममा रगत खेर गएको हुनाले आमा कमजोर हुन्छ । सुत्केरी पश्चातको ७ हप्ता निकै संवेदनशिल तथा महत्वपूर्ण समय मानिन्छ । यस समयमा सुत्केरी लाई बढी आराम तथा आहार-विहारको आश्यकता पर्दछ ।
बच्चा जन्मिएको ६ हप्ता सम्म आमा र शिशुको गर्नुपर्ने ख्याल
बच्चा जन्मिने बितिकै जति सक्दो छिटो आमालाई पाठेघरको मालिस गर्न लगाउनु पर्दछ ।
हत्केलाले बिस्तारै पाठेघर डल्लो र्पदा सम्म मालिस गर्नु पर्दछ ।
जसले गर्दा पाठेघर खुम्चीन मद्दत गर्छ र रगत कम बग्छ ।
बच्चा जन्मिने बितिकै आमालाई तुरुन्त पिसाब र्फन लगाउने जसले गर्दा पाठेघर आफ्नो ठाउँमा आउछ जसले गर्दा खुम्चीन र रगत कम बग्न मद्दत गर्छ ।
सुत्केरी पश्चात आमालाई कम्ति पनि २४ घण्टासम्म बिशेष निगरानिमा राख्नुपर्छ , जसले गर्दा कुनैपनि खतराका लक्षण देखिएमा तुरुन्तै उपचार गर्न सकिन्छ ।
विशेषगरी सुत्केरी आमा हस्पिटलबाट डिस्चार्ज भएर घर गईसके पछि ३ दिन र ७ दिनको दिनमा जाँचको लागि पुनःहस्पिटल जानुपर्दछ ।
खानपान , परिवार नियोजन तथा जन्मान्तरको विषयमा आमा तथा परिवारलाई परामर्श लिनुपर्छ ।
आमालाई प्रशस्त मात्रमा झोलिलो खानेकुरा तथा पानी खान दिने ।
तुरुन्तै बच्चालाई प्रशस्त मात्रामा दुध चुसाउने किनभने यहथतयअष्ल नामक र्हामान उत्पादन हुन्छ जसले ग र्दा पाठेघर खु्म्चाउन मद्दत गर्छ ।
आमाको पहिलो बिगौति दुधमा सम्पुर्ण पोषण तत्व हुन्छ ।
सामान्य महिलाको तुलनामा सुत्केरी महिलालाई ५०० क्यालोरी बढि खाना आवश्यक पर्ने भएकाले सुत्केरी आमालाई २ पटक थप खाना खान दिनुपर्छ ।
जसमा प्रत्येक पटक खानाको ४ भाग को एक भाग अन्न , एक भाग गेडागुडि , चिल्लो पदार्थ , माछा मासु तथा अण्डा खान दिनुपर्छ ।
महिलाले प्रशस्त मात्रामा आराम गर्नु पर्छ ।
महिलाले उजन्दार भारी तथा सामानहरु उठाउनु हुदैन् ।
बच्चालाई प्रशस्तै मात्रामा दुध खुवाउनु पर्छ जसले गर्दा बच्चा स्वस्थ र आमाको स्तन गानिने सम्भावना घटेर जान्छ ।
यो समयमा योनिमा बढि संक्रमण हुने सम्भावना भएकाले योनि तथा प्रजनन भागको सरसफाईमा बिशेष ध्यान दिनुपर्दछ , र यो समयमा योन सम्पर्क गर्नु हुदैन।
आमाले प्रत्येक पटक खाना खादा हात धोएर मात्रा खाने र बच्चालाई दुध खुवाउनु पर्दछ ।
बच्चाको अबचभबारेमा आमालाई पर्रामश दिने र बच्चाको नियमित खापको बारेमा आमालाई सललाह दिने ।
बच्चा तथा आमामा देखिने खतराका बारे परिवारका सम्पुर्ण सदस्यलाई जानकारी दिने ।







Discussion about this post