HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

योगा गर्नुस, स्वस्थ रहनुस

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

नेपालीले योगलाई जीवनशैलीको अंग बनाए चिकित्सा क्षेत्रमा हुने ९० प्रतिशतसम्म खर्च जोगिन सक्ने दाबी योगगुरुहरूको छ ।

योगले शारीरिक स्वास्थ्यमा बल प्रदान गर्नुका साथै मानसिक तनावसमेत हर्ने भएकाले यस्तो परिवर्तन देखिन सक्ने उनीहरूको अनुमान हो ।

शारीरिक, मानसिक, भावनात्मक र सामाजिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने भएकैले हाम्र मुलुकमा नियमित योग गर्ने करिब १० लाख व्यक्ति रहेको आकलन छ । अझ योगलाई जानेका र एक पटक योग गरेकाहरूको संख्या ५० लाखभन्दा बढी रहेको दाबी गरिन्छ ।

पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रमुख लवदेव मिश्र मुलुकभरि गरिएको सर्वेक्षणलाई औंल्याउँदै उक्त दाबी गर्ने गर्छन् ।

यसैले होला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्व एसियाकी निर्देशक डा। पुनम खेत्रपाल सिंह योग सबै उमेरमा गर्न सकिने जनाउँदै बालबालिकाले सातामा ६० मिनेट र वयस्कले सातामा १५० मिनेट योग गर्दा नसर्ने रोगबाट टाढा रहन सकिने बताउँछिन् ।

हाल सहरिया जीवनशैली, शारीरिक सक्रियताको कमी लगायतले गर्दा दक्षिण–पूर्व एसियामा समेत नसर्ने रोगको जोखिम बढ्दो छ ।

६५ वर्षभन्दा माथिका लागि योगले डिप्रेसनको जोखिम कम गर्न सघाउनुका साथै संज्ञानात्मक क्षमतालाई कायम राख्ने उल्लेख गर्दै डब्लूएचओ, दक्षिण–पूर्व एसियाले यो क्षेत्रका ७० प्रतिशत युवा र ८० प्रतिशत युवतीले पर्याप्त शारीरिक गतिविधि नगर्ने गरेको जनाउँछ । बर्सेनि यो क्षेत्रमा नसर्ने रोगले गर्दा ८५ लाख मानिसको मृत्यु हुने गर्छ ।

५ हजार वर्षदेखि गरिँदै आएको योग शारीरिक शक्ति र लचिलोपना वृद्घिको प्रभावकारी उपाय रहेको उल्लेख गर्दै डब्लुएचओले यसले मुटुसम्बन्धी स्वास्थ्य राम्रो पार्नुका साथै, क्यालोरी डढाउने मात्र नभई मस्तिष्कलाई समेत आराम पुर्‍याउने जनाएको छ ।

स्वास्थ्यसम्बन्धी आधिकारिक निकायहरूले नै योगलाई प्रस्तावित गर्न थालेपछि विश्वमा पश्चिमा मुलुकसँगै सबै भागमा हाल योगप्रतिको आकर्षण बढ्दै छ ।

मुलुकमा समेत सामान्य अवस्थामा दिनहुँ २५ सय योग कक्षा सञ्चालन हुनुका साथै अनुकूल मौसममा त यो कक्षाको संख्या ५ हजारसम्म पुग्ने गरेको छ ।

सम्पूर्ण जीवनको विज्ञान योग सुरु हुनुअघि वैदिक कालमा हाम्रै क्षेत्रमा भएको थियो । योग हाम्रो धरोहर हो । यो नेपालीको जीवनशैलीको एउटा सशक्त खण्डसमेत रहेको छ । तर बढ्दो सहरीकरणसँगै आधुनिकताले हालका दिनमा योग विज्ञानप्रतिको आकर्षण पुनस् जागृत गर्नुपर्ने अवस्था आउन थालेको छ ।पहिले हाम्रो जीवनको अंग रहेको योगलाई हाल समाजमा सामान्य व्यायाम ठान्ने गरिएको विज्ञहरू बताउँछन् ।

‘योगलाई व्यायाम मात्र नठानौं, गलत रूपले योग गर्दा शरीरमा कुप्रभावसमेत पर्छ,’ स्वास्थ्य मन्त्रालयको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा। सिद्घार्थ ठाकुर भन्छन् ।

चिकिस्तक अनुसार विश्वका करिब १० करोडभन्दा बढी व्यक्तिले दिनहुँ गर्ने योग एउटा यस्तो क्रिया हो, जसले शरीरमा प्राणवायु (अक्सिजन) को स्तर बढाउँछ । यसले शरीरको विषाक्ततामा कमी ल्याउँछ र शरीरको प्राकृतिक आधारलाई सन्तुलनमा ल्याउँछ ।

योग गर्नमा उमेर बाधक नभए पनि प्रशिक्षक योगकर्मी वा चिकित्सकको सल्लाह र सुझावमा योग गर्नु उपयुक्त हुन्छ।शरीरमा भएका रोग विशेषको प्रभाव न्यून गर्न गरिने योग फरक हुने भएकाले यसलाई चिकित्सकले भनेअनुसार मात्र गर्नुपर्ने चिकिस्तक बताउँछन् ।

बालबालिका, वयस्क र वृद्घका लागि योग
बालबालिकाका लागि सहज व्यायाम र सहज आसन प्रभावकारी हुन्छ । यसअन्तर्गत सूर्य नमस्कारलगायतका विभिन्न योग पर्छन् । बालबालिकाले विभिन्न योगक्रिया जानी वा नजानीसमेत गरिरहेका हुन्छन् ।

वयस्कका लागि आसन, सूक्ष्म व्यायाम र प्राणायाम आवश्यक हुन्छ । योगगुरु मिश्रका अनुसार बूढेसकालमा सूक्ष्म व्यायाम र प्राणायाम गर्नुभन्दा महत्त्वपूर्ण हो ।

Previous Post

एक स्टाफ नर्सको हत्या विराटनगरमा

Next Post

के घामले डढेको अनुहार सुन्दर बनाउन घरेलु उपचारद्वारा सकिन्छ ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

के घामले डढेको अनुहार सुन्दर बनाउन घरेलु उपचारद्वारा सकिन्छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.