HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

मस्तिष्कघात के हो त? यसबाट कसरी बच्ने, यसका उपचार के के हुन्?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई प्यारालाइसिस अर्थात् पक्षघात गराउँछ ।
कारण
-उच्च रक्तचाप
– मधुमेह
– मुटु रोग
– धुम्रपान, मद्यपान सेवन
– असन्तुलित खानपान
– मोटोपन
यी कारणले विशेषगरी वृद्धवृद्धाहरूमा मस्तिष्कघात हुने सम्भावना उच्च रहन्छ । तर, पछिल्लो समय युवापुस्तामा पनि मस्तिष्कघात हुने गरेको पाइन्छ । युवापुस्तामा असन्तुलित खानपान र आलस्यताका कारण स्ट्रोकको समस्या बढ्दै गएको छ ।

मस्तिष्कघातलाई कसरी चिन्ने ?
खुट्टा लुलो हुने, नशामा समस्या आउने,आँखा झ्याप्प बन्द हुने, अँध्यारो देखिने या त दुईवटा देखिने, अनुहार बाङ्गिने, पाखुरा लुलो हुने, अचानक एकातिर मुख बाङ्गिने, बोली लर्बराउने जस्ता लक्षण देखियो भने यसलाई मस्तिष्कघात भनेर बुझ्नुपर्छ । यस्तो अवस्थामा जति सक्दो छिटो अस्पताल लगिहाल्नुपर्छ । यदि तीन घन्टाभित्र अस्पताल पुर्याउन सकियो भने बिरामीलाई पूर्ण रूपमा ठीक पार्न सकिन्छ । तर, अस्पताल जाँदा कुन अस्पताल जाने भन्ने कुराको छिटो निर्णय गर्नुपर्छ । किनभने सबै अस्पतालमा यसको उपचार सम्भव छैन ।

मस्तिष्कघातको उपचार
पक्षघातको उपचार सामान्य छ । यसको उपचार भनेकै बन्द भएको नशालाई खोल्ने हो । जुन दुई तरिकाबाट खोल्न सकिन्छ । पहिलो तरिका मस्तिष्कघातको लक्षण देखिएको ३ घन्टाभित्र बिरामी अस्पताल आइपुगेको खण्डमा रगत गाल्ने औषधि नशाबाट दिइन्छ । यदि ढिलो भयो भने तार हालेर जमेको रगत निकालेर रक्तसञ्चार सुचारु गराइन्छ ।

मस्तिष्कघातबाट बच्ने उपाय
– धुम्रपान, मद्यपान नगर्ने
– तनाव नलिने
– मधुमेह र उच्च रक्तचापका बिरामीले नियमित औषधि सेवन गर्ने
– व्यायाम गर्ने
– चिल्लो खानेकुरा नखाने ।

Previous Post

कसरी बच्चालाई भावनात्मक रूपमा बलियो बनाउने ?

Next Post

सेयर बजारमा दोहोरो अंकको गिरावट कति पुग्यो कारोबार रकम ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

सेयर बजारमा दोहोरो अंकको गिरावट कति पुग्यो कारोबार रकम ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.