HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कसरी बच्चालाई भावनात्मक रूपमा बलियो बनाउने ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु सबैभन्दा ठुलो कुरा हो । अभिभावकले आफ्ना अनगन्ती खुसी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वोत्तम हितको लागि सधैँ प्रयासरत रहनुपर्छ ।

हरेक अभिभावकको सामु एउटा यस्तो समय आउँछ जुनबेला आफ्ना बालबालिकालाई कसरी भावनात्मक रुपमा बलियो बनाउने । यदि बच्चा भावनात्मक रूपमा बलियो छ भने उसले हरेक कठिनाइलाई सजिलै पार गर्न सक्छ ।

आजभोलि बालबालिकामा पनि प्रतिस्पर्धा निकै बढेको छ । बच्चालाई शारीरिक र भावनात्मक रूपमा बलियो बनाउनु अभिभावकको दायित्व हो । बच्चा भावनात्मक रूपमा बलियो हुनु धेरै महत्त्वपूर्ण छ । किनकि जो बच्चा भावनात्मक रूपमा बलियो हुन्छ, त्यस्तो बच्चा समस्याहरुको सामना गर्न सक्षम हुन्छ ।

बच्चाले धेरै कुरा अभिभावकबाट सिक्ने हुदा अभिभावक आफैं पनि भावनात्मक रूपमा बलियो हुनुपर्छ। बच्चालाई बाल्यकालदेखि नै शारीरिक र भावनात्मक रूपमा बलियो बनाउनु अति आवश्यक हन्छ । यदि बच्चा भावनात्मक रूपमा बलियो हुँदैनन्, भने उनीहरूले सानो काम बिग्रीदा पनि ठूलै गल्ती गरे भन्ने ठान्छन् ।

बच्चालाई भावनात्मक रूपमा बलियो कसरी बनाउने ?

बच्चालाई गाली नगर्ने

बच्चालाई सानो-सानो कुरामा गाली गर्नु हुदैन । सानातिना गल्तीका लागि बच्चालाई गाली गर्नु भयो भने त्यसले बच्चालाई भावनात्मक रूपमा कमजोर बनाउँछ र उसको आत्मविश्वास घट्न थाल्छ । बच्चाले कुनै काम गर्न मान्दैन भने प्रेमपूर्वक सम्झाइबुझाइ गर्नुपर्छ ।
सकारात्मक सोचको विकास गर्न

बच्चाहरूमा सकारात्मक सोचको विकास गर्नु पनि महत्त्वपूर्ण हुन्छ । लगनशीलता र गल्तीबाट सिक्ने क्षमतालाई बढाउने र सकारात्मक चुनौतीहरूलाई स्वीकार गर्ने मानसिकता विकास गर्न सहयोग गर्ने, बालबालिकाहरूले लचिलोपन र अवरोधहरूबाट पुनः प्राप्ति गर्ने क्षमता विकास गरे हरेक चुनौतीलाई पार गर्ने उपाय निकाल्ने प्रयास आफै गर्छन ।

समस्या समाधान गर्ने सीप सिकाउने

बच्चाहरुको जीवन पनी चुनौतीहरूले भरिएको हुन्छ । त्यसैले बच्चालाई ती चुनौतीसँग कसरी लड्ने भनेर सिकाउनु आवश्यक छ । उनीहरूलाई निर्णय प्रक्रियामा समावेश गराएर समस्या समाधान गर्ने सीप विकास गर्न मद्दत गर्नुपर्छ र दैनिक समस्याको समाधान गर्न प्रोत्साहन दिनुपर्छ ।

बच्चालाई समयको महत्त्व सिकाउने

समय बित्दै जाँदा प्रविधिमा तीव्र परिवर्तन भइरहेको छ । साथै बालबालिकाको व्यवहार र आत्मविश्वासमा पनि परिवर्तन देखिएको छ । आजको समयमा बालबालिकाले सानैदेखि धेरै कुरा सिक्छन् । यस्तो अवस्थामा बच्चालाई सही समयमा सही काम गर्न प्रोत्साहन दिनुपर्छ । उनीहरूलाई समयको महत्त्व बुझाउनुपर्छ । यसले बच्चामा आत्मविश्वास पैदा गर्नेछ ।

बच्चाको कुरा सुन्ने

हरेक चोटि बच्चालाई आफ्नो मात्र कुरा सुनाउने नगर्नुस् । यसले बच्चाहरु एकहोरो हुन पनि सक्छ । परिवारमा बच्चाहरुको आत्मीयता बढाउन कहिलेकाही उनीहरुको पनि कुरा सुन्ने गर्नुपर्छ।

प्रेमको भाव सिकाउने

माया, ममता र स्नेहले सबैको मन सजिलै जित्न सकिन्छ । बच्चाहरुको कोमल हृदयलाई जित्नको लागि जहिले पनि स्नेही भावले कुरा गर्नुपर्छ। यसले बच्चाहरु सधै खुशी हुन्छ र भावनात्मक रूपमा बलियो हुन्छ ।

सम्बन्धको महत्त्व बुझाउने

आफ्ना बच्चालाई परिवार र साथीहरूसँग राम्रो सम्बन्ध विकास गर्न प्रोत्साहन गर्नुपर्छ । बच्चालाई अरूसँग राम्रो सम्बन्ध बनाउँदाका फाइदा बताउनुपर्छ । परिवार, साथीभाइ र सहकर्मीको सहयोगले बच्चाले हरेक कठिन परिस्थितिबाट सजिलै बाहिर निस्कन सक्छन् । बलियो, सकारात्मक सम्बन्ध निर्माण गर्न भावनात्मक बल आधारशीला हो ।

अनुशासन सिकाउने

बच्चालाई अनुशासनमा बस्न सिकाउनु पर्छ जस्तै कि समयमा उठ्ने, खाना खाने र आफ्नो काम सिकाउने । जस्ले गर्दा बच्चा आफनो काम आफै र समयमा गर्ने बानीको विकास हुन्छ र शारीरिक र भावनात्मक रूपमा बलियो बनाउनु मदत हुन्छ ।

Previous Post

उदयपुरको बेलका नगरपालिका ७ मा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु ७ जना घाइते

Next Post

मस्तिष्कघात के हो त? यसबाट कसरी बच्ने, यसका उपचार के के हुन्?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

मस्तिष्कघात के हो त? यसबाट कसरी बच्ने, यसका उपचार के के हुन्?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.