स् टी(२० त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध जवाफि ब्याटिङमा उत्रिएको नेपालले पहिलो बलमै विकेट गुमाएको हो।
नेपालका ओपनर कुशल भुर्तेललाई रुबेन ट्रम्पलम्यानले पहिलो बलमै आउट गराएका हुन्। टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ४ विकेटको क्षतिमा २०६ रन बनाएको छ। नामिबियाका जान निकोल लोफ्ट इटनले ३३ बलमै सतक प्रहार गरे। उनले ३६ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै १०१ रनको योगदान गरे।
उनी टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पूरा गर्ने खेलाडी बनेका छन्। यस अगाडि नेपालका कुशल मल्लले ३४ बलमा सतक पूरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए।
त्यसैगरी नामिबियाका मलान क्रुगरलेअर्धसतक प्रहार गर्दै अविजित रहे। क्रुगरले ४८ बलमा २ छक्का र ६ चौकासहित ५९ रन बनाए। माइकल भान लिंगेनले १९ बलमा १ छक्का र २ चौका प्रहार गरेर २० रनको योगदान गरे। जेपी कोट्जीले १ छक्कासहित ११ रन, जान फ्रिलिंकले ५ रन बनाए।
नेपालका लागि कप्तान रोहित पौडेलले २ विकेट, करण केसी र अविनाश बोहोराले १र१ विकेट लिए।
नेपाल टोली
रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, अभिनाश बोहोरा, सोमपाल कामी, विवेक कुमार यादव, गुलशन झा, दीपेन्द्र सिंह ऐरी,करण केसी,सन्दीप जोरा






Discussion about this post