फागुन महिनाको पहिलो तथा साताको तेस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ३०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार १५० रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै उक्त दिन चाँदीको भाउ ५ रुपैंयाले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी प्रतितोला १ हजार ३९० रुपैंयामा कारोबार भएको थियो ।




Discussion about this post