• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T10:34:16+05:45303420266 2026-06-04T10:34:16+05:45000000Thu, 04 Jun 2026 10:34:16 +0545Thu, 04 Jun 2026 10:34:16 +0545Asia/Kathmandu630_303406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $100630 = 0 ) { // Thu20266'30 00000016Asia/Kathmandu 620266-10Jun+0545 303406Asia/Kathmandu1630am06p, 0000006ThursdayAsia/Kathmandu1616 262026000000 k620264 3010Asia/Kathmandu 0434ffAsia/KathmanduThu, 04 Jun 2026 10:34:16 +0545Asia/Kathmandu62026-06-04T10:34:16+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 10:34:16 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 34f ( '303406Asia/Kathmandu1630am06p' === $3026pAsia/Kathmandu || '1780548556' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 10:34:16 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:34:16 +05456 $100630 ? 303406Asia/Kathmandu() : 303406Asia/Kathmandu() + (34630) ( 10Asia/Kathmandu30_2026p303420266( '100630_2026ff16Asia/Kathmandu30' ) * 10+05451780548556R_04_thEC+05454Thuth ); } 34f ( '062616qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 10:34:16'; } $303406Asia/Kathmandu15420266Asia/Kathmandu = $100630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780548556+0545C' ) : 4p_303406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu303406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05453406Asia/Kathmandu( '620264', $303406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 10:34:16 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 10:34:16 +05456 $04am30Asia/Kathmandu303406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 10:34:16 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

के तपाई दैनिक हिंड्ने बानी छ ? केही महत्वपूर्ण फाइदाहरु यस्ता छन्

हो खबर by हो खबर
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय मानिसहरु शारीरिक तथा मानशिक स्वास्थ्यका विषयमा निकै सचेत हुन थालेका छन् । सामान्य आनीबानी र खानपानमा मात्र सुधार गरिदियो भने पनि स्वस्थ, स्फुर्त र ताजा भइरहन सकिन्छ । नियमित हिंड्ने बानीले पनि शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा सुधार गर्ने स्वास्थ्यविदहरु बताउँछन् । हिँड्न सजिलो छ र यसमा खर्च पनि लाग्दैन । वास्तवमा दैनिक ३० देखि ४५ मिनेटसम्म हिँड्नुलाई उपयुक्त व्यायाम मानिन्छ ।

केही महत्वपूर्ण फाइदाहरु:

१. मुटुलाई फाइदा

छिटो–छिटो हिँड्नु मुटुको मांसपेशीका लागि एकदमै राम्रो व्यायाम हो । छिटो–छिटो हिँड्दा मुटुको ढुकढुक गर्ने दर बढ्न जान्छ । बसिरहेको बेलाको मुटुको ढुकढुकी दरभन्दा छिटो हिँड्दा वा कुद्दा मुटुको ढुकढुक गर्ने दर निश्चय नै बढ्छ । यसरी मुटुको ढुकढुकी दर बढ्न गएपछि मुटुको रगत पम्प गर्ने दर पनि बढ्न जान्छ । यसले मुटुको मांसपेशीमा व्यायाम पुग्छ । शरीरका अन्य अंगका मांसपेशीजस्तै मुटुका मांसपेशीलाई स्वस्थ राख्नका लागि व्यायामको जरुरत हुन्छ । दैनिक व्यायामले मुटुका मांसपेशीलाई सुदृढ एवं बजबुत बनाउँछ । मजबुत मांसपेशीले अझ राम्रोसँग काम गर्छ र शरीरमा राम्रोसँग रगत एवं अक्सिजन आपूर्ति गर्न सक्षम हुन्छ ।

२. हाड–जोर्नीको लचकता बढाउँछ

लचकता नभएका जोर्नीहरुले शरीरमा अनेक असजिलोपन ल्याउँछन् । यसले गर्दा हिँडडुल गर्नमा बिस्तारै कठिनाइ सिर्जना हुन्छ । जोर्नीहरु अररो हुने र हिँड्दा, उठबस गर्दा, कुनै शारीरिक कार्य गर्दा जोर्नीहरु दुख्न थाल्छन् । धेरै नै दुखाइ हुँदा चिकित्सकको सल्लाह नै लिनुपर्ने हुन सक्छ । केही समय औषधि सेवन गर्नुपर्ने र हिँड्ने वा अन्य व्यायाम गर्नुपर्ने हुन सक्छ । तर नियमित हिँड्ने गरेमा शरीरका जोर्नीहरुमा यस किसिमको अररोपन आउँदैन, अर्थात् जोर्नीहरुमा लचकता कायमै रहन्छ । हिँड्नु जोर्नीहरुका लागि कुद्नुभन्दा बढी लाभदायक छ ।

३. हाडहरुलाई मजबुत गराउँछ

हाम्रो उमेर बढेसँगै हाडहरुको घनत्व पनि कम हुँदै जान्छ । वास्तवमा हाडको घनत्व हाडमा उपलब्ध हुने खनिजहरुको मात्रामा निर्भर हुन्छ । हाडको घनत्व कम हुँदै गएमा उमेर बढ्दै जाँदा हाड फुसफुस भएर कमजोर हुने अस्टियोपोरोसिस रोग लाग्छ । अस्टियोपोरोसिस भएपछि हाड कमजोर हुन्छ र साधारण ठोक्काइबाट पनि भाँच्चिने, टुक्रिने हुन सक्छ । तर व्यायामले हाडहरुको घनत्व राम्रो बनाइराख्न सहयोग गर्छ । यदि तपाईं पनि कुनै व्यायाम गर्नुहुन्न भने भोलिदेखि नै हिँड्न शुरु गर्नुहोस् । हाडहरुलाई स्वस्थ राख्नको लागि हिँडाइ उत्तम व्यायाम मानिएको छ । हिँडाइले हाडलाई आवश्यक पर्ने खनिजको आपूर्तिमा सहयोग गर्छ र हाडहरुलाई मजबुत बनाइराख्न मद्दत गर्छ ।

४. ढाड दुखाइमा फाइदा गर्छ

अधिकांश ढाड दुखाइको कारण गलत किसिमको बसाइ र ढाडको मांसपेशीहरुमा क्षति पुग्नु नै हो । लामो समय एकै किसिमको पोजिसनमा बस्नु र ढाडलाई कुनै सपोर्ट नदिई बस्नु पनि हो । ढाड दुखाइबाट मुक्ति पाउने राम्रो उपाय भनेको कुर्सी छोडेर उभिनु हो । कुर्सीमा एक घण्टा जति बसेर काम गरिसकेपछि एकछिन् कुर्सी छोडेर उभिनु, कुराकानी गर्नु, अफिसमै एकछिन् हिँड्नु ढाडका मांसपेशीलाई आराम दिने र तनावरहित बनाउने राम्रो उपाय हो । दैनिक कम्तीमा ३० मिनेटजति हिँड्दा ढाडका मांसपेशी मजबुत हुनुका साथै लचकतामा पनि वृद्धि हुन्छ । यो ढाड दुखाइबाट मुक्त हुने राम्रो उपाय हो ।

५. उच्च रक्तचाप नियन्त्रणमा सहज

विभिन्न कारणले मानिसमा रक्तचाप वृद्धि हुन्छ र रक्तचाप बढेपछि यसैका कारण हृदयघात हुने सम्भावना पनि बढ्छ । स्वस्थ एवं मजबुत मुटुले कम प्रयत्नबाट नै शरीरमा धेरै रक्तप्रवाह गर्न सक्छ । यसले रक्तनलीहरुमा कम असर पार्छ । दैनिक कम्तीमा १० मिनेटजति हिँड्दा मात्र पनि उच्च रक्तचापमा सकारात्मक असर आउँछ । त्यसैले दैनिक ३० मिनेटजति हिँड्दाचाहिँ उच्च रक्तचापमा सकारात्मक परिणाम देखिन्छ । औषधि उपचार गरेर देखिने प्रभाव नियमित हिँडाइबाट नै प्राप्त गर्न सकिन्छ ।

६. ब्लड सुगर नियन्त्रणमा सहयोग

प्रयोग नभई बसेको ग्लुकोजको मात्रा रगतमा धेरै भएमा ब्लड सुगर उच्च हुने सम्भावना धेरै हुन्छ । जब शरीरले ग्लुकोज प्रशोधन गर्न र ब्लड सुगर लेवललाई ठीक अवस्थामा राख्न सक्तैन। त्यस बेला डायबिटिज हुने सम्भावना धेरै हुन्छ, अनि इन्सुलिनमार्फत उपचार गर्नुपर्ने हुन सक्छ । ब्लड सुगर लेवललाई सन्तुलित बनाइ राख्नका लागि व्यायाम सबैभन्दा ठूलो उपाय हो । यसका लागि हिँड्नु उत्तम विकल्प हो । व्यायाम गर्नुअघि र व्यायाम गरेपछिको ब्लड सुगर लेवल जाँचेर हेर्दा पनि हिँडाइको प्रभावकारिता थाहा पाइन्छ ।

७. मेटाबोलिजममा सुधार

हामीले खाने खानालाई हाम्रो शरीरले इन्धनको रुपमा प्रयोग गर्छ । जब हामीले इन्धनको ट्याङ्की भर्छौं तर कतै गएनौँ भने इन्धन प्रयोगविहीन हुन्छ । हामीले खाएर प्रयोग नगरेको चिल्लो पदार्थ र गुलियो पदार्थ भविष्यका लागि सञ्चित हुन्छ । यदि कहिल्यै पनि हामीले त्यसलाई प्रयोग गरेनौँ भने त्यसले शरीरमा ब्लड सुगर वृद्धि गर्न र तौल बढाउन मद्दत गर्छ ।

मेटाबोलिजम भनेको खानालाई ऊर्जामा परिवर्तन गर्ने दर हो । मेटाबोलिजम सुस्त भयो भने शरीरको तौल वृद्धि हुन्छ । नियमितरुपमा हिँड्ने वा अन्य व्यायाम गरेर मेटाबोलिक दर वृद्धि गर्न सकिन्छ ।

हिँड्न शुरु गरेपछि शरीरका मांसपेशीहरु काम गर्न थाल्छन् र ऊर्जा खर्च गर्न थाल्छन् । यसले हाम्रो शरीरमा जम्मा भएको तर ऊर्जामा परिवर्तन नभएको चिल्लो र गुलियो पदार्थलाई घटाउने कार्य गर्छ र तौल कम गर्न सहयोग गर्छ । त्यसकारण हिँडाइ आवश्यक छ ।

८. फोक्सोको कार्य सुधार गर्छ

फोक्सोले शरीरमा प्राणवायु उपलब्ध गराउँछ । स्वस्थ फोक्सोविना पर्याप्त प्राणवायु शरीरमा उपलब्ध हुन सक्तैन । पर्याप्त प्राणवायु प्राप्त नहुँदा शरीर स्वस्थ हुन सक्तैन । हिँड्दा शरीरका अन्य अंगसँगै फोक्सोमा पनि राम्रो व्यायाम हुन्छ । व्यायाम गरेर फोक्सोलाई सुदृढ गर्छ, जसले समग्र स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ । आराम गरेर बसिरहँदा भन्दा हिँड्दा शरीरमा फोक्सोले धेरै अक्सिजन उपलब्ध गराउँछ । नियमित हिँडाइले फोक्सोलगायत समग्र स्वास्थ्यमा लाभ पुग्छ ।

९. तनाव घटाउन पनि मद्दत पुग्छ

तीव्र प्रतिस्पर्धाको वर्तमान युगमा अधिकांश मानिस तनावमा परेको पाइन्छ । तनावले समग्र शारीरिक स्वास्थ्यमा पनि गम्भीर प्रभाव पर्छ । तनावले उच्च रक्तचाप वृद्धि गर्छ, निद्राको समस्या हुन्छ र तौलमा पनि असर पार्छ । तनावलाई कम गर्ने सबैभन्दा राम्रो तरिका व्यायाम नै हो । कम्तीमा ३० मिनेटको हिँडाइले तनाव कम गर्न मद्दत गर्छ ।

Previous Post

जान्नुहोश,कति खतरानक आकस्मिक गर्भनिरोध चक्की ?

Next Post

डिप्रेसन के हो ? के हुन् लक्षणहरू,कसरि उपचार गर्ने ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

डिप्रेसन के हो ? के हुन् लक्षणहरू,कसरि उपचार गर्ने ?

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ५ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ५ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In