विराटनगर – महानगरपालिका ७ स्थित मुख्य बजारको बीच सातघुम्तीमा रहेको कवाडी गोदाममा बुधबार भएको आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार दिउँसो परफ्युमको बट्टा फुटाउने क्रममा गोदाममा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदारहरुले जनाएका छन् ।
आगलागीमा घाइते तीन जना सुशिला पासमान, रिता सरदार र पिंकी मण्डलको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका साथै विराटनगर महानगरको दुई वटा, दुहबी र सुन्दर हरैचाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।






Discussion about this post