चिसोको मौसममा हिटर बाल्दा सावधानी नअपनाउँदा निसास्सिएर मृत्यु भएका घटना वर्षेनी सुनिन्छन् । चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ, त्यति नै जोखिम पनि बढी हुन्छ ।
शरीर लाइ न्यानो पार्न मानिसहरू आगो ताप्नेदेखि हिटरसम्म बाल्ने गर्छन्। तर आवश्यक सावधानी भने अपनाउँदैनन्। धेरैजसोले झ्याल–ढोका बन्द गरी आगो ताप्ने या हिटरको प्रयोग गर्ने गरेको पाइन्छ, जुन स्वास्थ्यका निम्ति घातक हुनसक्छ । हिटरको प्रयोग किन र कसरी घातक हुनसक्छ, कसरी सावधानी अपनाउने त ? हामीले केही टिप्स यहाँ प्रस्तुत गरेका छौं ।
चिसो मौसममा हिटरको प्रयोग गर्दा जोखिमपूर्ण मानिन्छ :
बन्द कोठामा हिटर बाल्दा अक्सिजनको कमी हुने, वातावरणमा भएको आद्रता घटाउँछ । हिटरले श्वास नलीको भित्री भागमा हुने म्युकस लियरलाई सुख्खा बनाउँछ । म्युकस लियर सुख्खा हुँदा विभिन्न ब्याक्टेरिया तथा भाइरसहरू सिधै फोक्सोमा छिर्न सक्छ । म्युकस लियर सुन्निएमा दम, ब्रोन्काइटिसका बिरामीको समस्या बढ्न सक्छ । लामो समय हिटर बाल्दा नाक सुख्खा तथा बन्द हुने, पिनास हुने समस्या आउन सक्छ । हिटरको तापक्रमले खकारलाई सुख्खा बनाउँछ। खकार सुख्खा भए शरीर भित्रै खकार टाँसिने, निमोनिया हुने र अक्सिजन नली समेत बन्द हुनसक्ने खतरा हुन्छ ।
हिटर बाल्दा मानिसको ज्यान जोखिम हुन्छ :
बन्द कोठामा आगो बाल्ने या हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, जसले स्वास्थ्यलाई हानि पु¥याउँछ । बन्द कोठामा हिटर बाल्दा राति सुत्दासुत्दै शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ । शरीरमा अक्सिजनको कमी हुँदा टाउको दुख्ने, शरीर झुम्म हुने, बेहोस हुने र मृत्यु हुनसक्छ । बच्चाहरू भएको घरमा हिटर बाल्दा झुक्किएर छुनाले बच्चाहरूलाई असर पर्न जान्छ ।
हिटरको प्रयोग सुरक्षित तरिकाले पनि गर्न सकिन्छ :
विशेष गरी दीर्घ रोगी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकले बढी सावधानी अपनाउनुपर्छ। बन्द कोठामा धेरै जना बसेर रातभरि हिटरको प्रयोग गर्न हुँदैन।हिटरको प्रयोग गर्दा झ्याल र ढोका दुवै खुला राख्नुपर्छ । राम्रोसँग भेन्टिलेसन हुनु आवश्यक छ । सकेसम्म छोटो समय हिटरको प्रयोग गर्ने, रातभरि हिटर बालेर नछाड्ने र हिटर नजिकै नबस्ने गर्नुपर्छ । हिटरको प्रयोग गर्नुभन्दा प्राकृतिक रुपमा शरीरलाई बचाउन चिकित्सकको सुझाव पालना गर्नुपर्छ । सकेसम्म हिटरको प्रयोग कम गरि न्यानो घाममा बस्दा शरीर र स्वास्थ्यलाई पनि फाइदा जनक हुन सक्छ ।







Discussion about this post