धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५८ दशमलव ५३ मा सीमित भएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ५६ दशमलव शून्य आठमा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज एक उपसमूहको सेयर मूल्यमा सामान्य वृद्धि हुँदा १२ उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ ।कुल ४५ लाख ९५ हजार पाँच सय ५३ कित्ता सेयर रु एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्षस्थानमा छ । सो कम्पनीको रु ११ करोड ६७ लाख १२ हजार तीन सय बराबरको कारोबार भयो । सोनापुर मिनरल्स रु आठ करोड ४९ हजार चार सय एक, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर रु पाँच करोड १९ लाख ४९ हजार एक सय ३१, सोल्टी होटल रु चार करोड ३९ लाख ७० हजार दुई सय दुई र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड २६ लाख ३९ हजार तीन सय ९४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।





Discussion about this post