HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० कार्तिक २२ गते बुधबार,तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल –

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
सुपा देउराली
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहने भएकाले अध्ययन अध्यापनको क्षेत्र राम्रो रहन सक्छ भने परिक्षाहरु उत्तीर्ण गर्न सक्ने समय रहेको छ। बौद्धिक तथा रचनात्मक कार्य आज सफल रहन सक्छन्। व्यापार व्यवसाय तथा पेशा रोजगारीबाट सामान्य लाभ मिल्न सक्छ। पारिवारिक सम्बन्ध तथा प्रेम जीवन आज राम्रो रहन सक्छ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज चन्द्रमा ग्रहको गोचर राशिबाट चतुर्थ स्थानमा रहने भएकाले वृष राशि भएका व्यक्तिहरूको लागि आज दिन त्यति अनुकूल देखिंदैन । छाती तथा पेटमा समस्या आउनाले महत्वपूर्ण काममा उचित ध्यान दिन सकिंदैन। आफन्तबाट असहयोग तथा साथीभाईबाट अविश्वास हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ। आमाको स्वास्थ्य कमजोर हुन सक्छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

चन्द्रमा ग्रहको तृतीय गोचरको शुभ प्रभावले कार्यसिद्धिको योग रहेको छ। आज आफ्नो पराक्रम बढाउन सक्ने र दाजुभाईको सहयोग प्राप्त हुने समय छ। अध्ययनबाट पनि सफलता मिल्न सक्छ। व्यवसाय तथा काम गर्नेहरुले आज नाफा आर्जन गर्न सक्छन्। प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीलाई आफुप्रति विश्वास गर्ने वातावरण निर्माण गर्न सक्छन्।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बोलीमा संयमता नअपनाउंदा काम बिग्रिन सक्ने भएकाले सतर्क हुन जरुरी छ। आफन्त तथा बन्धुबान्धवको सहयोग लिन सकिने समय छ। व्यवसाय तथा कार्यक्षेत्रबाट मध्यम लाभ हुने समय छ। पढाईमा विद्यार्थीले उचित ध्यान दिन सक्दा राम्रो प्रगति गर्न सक्छन्। पारिवारिक जीवनमा रमाइलो गर्ने तथा आफन्त भेट भएर मिष्ठान्न भोजन गर्ने समय छ।  प्रेम जीवन सामान्य रहन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज  समय राम्रो छ । चन्द्रमाको गोचर तपाईंकै राशिमा रहेकाले आर्थिक कारोबारबाट नाफा, पारिवारिक खुसीको वातावरण रहनाले मन प्रसन्न रहन सक्ने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्ने तथा रोजगारीमा पदप्रतिष्ठा तथा मानसम्मान बढ्न सक्ने समय छ। विद्यार्थीले परिक्षा उत्तीर्ण गर्न सक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

चन्द्रमा गोचर राशिबाट बाह्रौँ स्थानमा रहने भएकाले, खर्च बढ्ने, अनावश्यक विवादमा फस्न सकिने, आफन्तसँग मनमुटाव हुन सक्ने, स्वास्थ्यमा कमजोरी देखा पर्न सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। व्यस्तता बढ्नेछ भने आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय शुभ रहन सक्छ । चन्द्रमाको गोचर आज तपाईंको राशिबाट एकादश स्थानमा रहने भएकाले आम्दानी बढ्ने, पहिले गरिएका कार्यहरु सफल हुन सक्ने समय छ। विद्यार्थीले पढाईबाट सोचेजस्तो नतिजा प्राप्त गर्न सक्छन्। प्रेम तथा पारिवारिक जीवनमा विश्वासको वातावरण बन्न सक्छ भने रमाइलो छोटो यात्रा पनि हुन सक्छ। पहिले रहेका विवादहरु आज समाधान हुन सक्छन्। भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिनेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज दिन राम्रो रहेको छ। नयाँ काम सुरु गर्न वा नयाँ लगानी गर्नको लागि आजको दिन राम्रो हुन्छ। कार्यक्षेत्रमा पदप्रतिष्ठा तथा मानसम्मान प्राप्त हुने योग छ। राज्य तथा प्रशासनिक क्षेत्रमा रोकिएका कामहरु आज सफल हुन सक्छन्। व्यवसाय गर्नेहरुले आज क्षेत्र विस्तार वा थप लगानी गर्न सक्छन्। प्रेम जीवनमा रमाइलो यात्रा हुन सक्छ भने पारिवारिक सम्बन्ध सुमधुर रहन सक्छ।  विद्यार्थीले पढाईबाट राम्रो नतिजा हासिल गर्न सक्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय मध्यम रहेको छ । धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुले आज राम्रो प्रगति गर्न सक्छन्। विवादमा परिन सक्ने भएकाले ध्यान दिनुपर्छ। छिटो निर्णय लिंदा फुर्सदमा पछुताउनु पर्ने हुन सक्ने भएकाले सोचविचार गरेर निर्णय लिंदा राम्रो होला। पढाईको क्षेत्र मध्यम रहन सक्छ भने पारिवारिक तथा प्रेम जीवन पनि राम्रै रहन सक्ने समय छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज समय सामान्य नै रहला। चन्द्रमाको गोचर राशिबाट अष्टम रहने भएकाले  दुर्घटना तथा चोटपटक लाग्न सक्ने भएकाले सतर्क हुन आवश्यक छ। व्यवसायमा प्रतिस्पर्धी हावी हुनाले समस्यामा पर्न सकिन्छ। काममा सहकर्मीले विवाद उत्पन्न गर्न सक्छन्। आज विद्यार्थीले पढाईमा उचित ध्यान दिन सक्दैनन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय शुभ रहेको छ । व्यावसायिक यात्राको सम्भावना छ। आम्दानी बढ्न सक्छ। बोलीको भरमा काम बन्न सक्ने योग छ। पहिले गरिएका कार्यहरु आज सफल हुन सक्छन्। प्रेम जीवनमा रमाइलो गर्ने वातवरण बन्न सक्छ भने वैवाहिक जीवनमा पति पत्नीबीच माया बढ्नेछ। विद्यार्थीले पढाई उचित ध्यान दिंदा राम्रो नतिजा प्राप्त गर्न सक्छन्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय राम्रो रहेको छ । चन्द्रमा गोचर राशिबाट छैटौँ स्थानमा रहने भएकाले नयाँ लगानी तथा नयाँ कामको सुरुवात गर्नको लागि उचित वातावरण बन्न सक्ने दिन रहेको छ। प्राविधिक तथा चिकित्सातिर काम गर्ने व्यक्तिहरुले राम्रो सफलता प्राप्त गर्न सक्छन्। प्रेम तथा पारिवारिक जीवन पनि आज सुखमय रहन सक्छ।

Previous Post

राति सुत्नु अघि यस्ता बानीले बढ्ला पेट र मोटोपन –

Next Post

भोलि देखि मङ्गल ग्रहले राशि परिवर्तन गर्दै,यी राशिको राम्रो दिन, मङ्गलदेवले गर्नेछ विशेष कृपा –

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

भोलि देखि मङ्गल ग्रहले राशि परिवर्तन गर्दै,यी राशिको राम्रो दिन, मङ्गलदेवले गर्नेछ विशेष कृपा -

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.