८ कात्तिक, काठमाडौं । नेतृत्वले इमानदारीपूर्वक जिम्मेवारी वहन गर्दा मात्रै पनि कति व्यापक सुधार हुन्छ भन्ने उदाहरण हो, बालाजुको शितला मावि । काठमाडौं महानगर वडा नम्बर १६ मा रहेको यो मावि केही अघिसम्म सायदै नाम सुनिन्थ्यो । अहिले महानगरकै उदाहरणीय विद्यालयको रूपमा गणना हुन थालेको छ ।
महानगरले आयोजना गर्ने हरेक प्रतियोगितात्मक कार्यक्रममा शितला माविका विद्यार्थीले पुरस्कार जित्न थालेका छन् ।



Discussion about this post