काठमाडौं । आज असोज १९ गते शुक्रबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ। बिहीबार पनि चाँदी स्थिर रहँदै १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।



Discussion about this post