
कीर्तिपुरमा १२ वर्षीय बालकलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक पक्राउ परेका छन्।
शुक्रबार बिहान साढे ११ बजे मोटसाइकल चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
बिहीबार बिहान पौने १० बजे कीर्तिपुर नगरपालिका-१० ल्याब्रोरेटरी स्कुल अगाडि मोटरसाइकलले ठक्कर दिँदा सिन्धुली घर भई कीर्तिपुर-१० नयाँबजार बस्ने १२ वर्षीय सुजन मगरको मृत्यु भएको थियो।
उनलाई ठक्कर दिएर भागेका रामेछाप दोरम्वा शैलुङ गाउँपालिका- ६ घर भई काठमाडौं कालिमाटी बस्ने २६ वर्षीय दिपक घिसिङलाई प्रहरीले पक्राउ गरेको हो।
उनको बागमती प्रदेश ०२-०४२ प. ०२३९ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
बिहीबार मोटरसाइकलले ठक्कर दिएपछि सुजन गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि मोटरसाइकल चालक घिसिङ फरार थिए।
प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामासहितको टोलीले अनुसन्धान गरी बिहीबार घिसिङलाई कीर्तिपुरबाटै पक्राउ गरेको हो।





Discussion about this post