काठमाडौं । सुनको भाउमा लगातार आइरहेको गिरावटमा ब्रेक लागेको छ। सुनको भाउ लगातार ७ दिन घटेपछि आज बुधबार बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै छापावल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।




Discussion about this post