HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दशैँ तिहार मान्न घर आउँदै हुनुहुन्छ ? ख्याल गर्नुहोश समान लियर आउँदा

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तपाईँ दशैँ तिहार मान्न घर आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ र साथीभाइ वा आफन्तको सामान पनि साथमा ल्याइदिने योजनामा हुनुहुन्छ भने सचेत हुनुहोस् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले घर फर्किदा कोही पनि साथीभाइ वा अन्य मानिसको उपहार साथमा लिएर नआउन अनुरोध गरेको छ ।

दशैँं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ । आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा राजस्व तिरेर ल्याउन सकिने भनेर उल्लेख गरिएका बाहेक सामान नल्याउन अनुरोध गरिएको हो ।

चाडबाडको बेलामा विभिन्न देशबाट स्वदेश आउने यात्रुहरूलाई विभिन्न व्यक्ति तथा समूहले प्रलोभन देखाइ विभिन्न सामानहरू जस्तै ल्यापटप, मोबाइल, सुन, घडीजस्ता कुराहरू उपहारको रूपमा भन्दै पठाउने गरेको पाइएको भन्दै कार्यालयले सचेत गराएको हो ।

यस्तो सामान लिएर आउँदा विमानस्थलमा अप्ठेरो पर्न सक्छ । किनकि व्यक्तिगत प्रयोजनका लागि ल्याउने यस्ता सामान कानुनले तोकेभन्दा बढी भएमा भन्सार शुल्क तिर्नु पर्छ र त्योभन्दा पनि बढी भएमा वा कुनै शङ्का लागेमा सामान जफत हुनुका साथै तपाईँ कारबाहीमा समेत पर्न सक्नुहुन्छ ।

पछिल्लो समय यूएई, साउदी, कतार, हङकङ, थाइल्याण्डलगायतका देशबाट स्वदेश फर्कनेहरूले अरूको सामान लिएर आउने र जाँचको क्रममा कतिपय श्रमिकहरूले समेत विभिन्न कानुनी झमेला झेल्न परेको छ ।

कानुन अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । यसै गरी पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन ।

एक जना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था छ ।

यसै गरी मोबाइलको हकमा भने श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरेर फर्किएका श्रमिकले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने व्यवस्था छ । तर थप एक थान मोबाइलको लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्छ ।

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकले भने जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ ।

तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका श्रमिकले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् । त्यो भन्दा ठुलो आकारको भएमा भन्सार लाग्छ ।

 

 

 

 

Previous Post

तपाईंका १० गलत बानीले दिमाग कमजोर बनाइरहेको त छैन ?

Next Post

शेयर बजार घटेर राताम्मे कति पुग्यो कारोबार रकम ?

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

शेयर बजार घटेर राताम्मे कति पुग्यो कारोबार रकम ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.