HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

तपाईंका १० गलत बानीले दिमाग कमजोर बनाइरहेको त छैन ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् ।
मुख्यतया तपाईंको दैनिक जीवनयापनको कारण दिमाग कमजोर भइरहेको हुन्छ । सामान्य लाग्ने कतिपय बानीव्यवहारले मानिसको मस्तिष्कमा नराम्रो असर पारिरहेको हुन्छ । जसको कारण छिट्टै विर्सने, पढेको कुरा याद नआउनुका साथै दैनिकमा कामकाजमा समेत झमेला ब्यहोर्नु परिरहेको हुन्छ ।
यस्तो समस्या दिनप्रतिदिन बढ्दै जाने र अन्तमा दिमागमा खतरनाक समस्या पैदा हुने विभिन्न अनुसन्धानमा देखाइएको छ ।
मानिसका केही यस्ता बानी छन् जसले उनीहरुको दिमागमा प्रत्यक्ष असर पारिरहेका छन्ः

१.खानपानमा लापरवाही ः

व्यस्तताका कारण कतिपय मानिसहरु खाना समयमा नखाने, अस्वस्थ खाना खाने गरिरहेका हुन्छन् । जसले शरीर मात्र होइन दिमाग पनि कमजोर बनाउँछ । बिहान खाने विहानदेखि लिएर रातिको खानासम्म स्वस्थ खान जरुरी हुन्छ । विहान खाली पेट बस्दा तपाईंको दिमागले काम गर्न सक्दैन र त्यसपछि धेरै खाना खाँदा दिमागमा उल्झन पैदा हुन्छ । जसले गर्दा तपाईं दिनभरी राम्रोसँग काम गर्न सक्नुहुन्न ।

२.धुमपान ः

धुमपान स्वास्थको लागि हानिकारक छ । यसले जीवनलाई छोट्याउने मात्र होइन दिमागलाई पनि कमजोर बनाउँछ । म्याकगिल युनिभर्सिटीले गरेको एक अध्ययनका अनुसार धुमपानले मस्तिष्कको संवेदनशील भाग कर्टेक्सलाई सीधा असर गर्छ जसको कारण स्मरण शक्तिमा कमी आउँछ ।

३.गलत बानी ः
आजभोलि मानिसहरुको जीवनशैली अन्तर्गत राति अबेरसम्म नसुत्ने, व्यायाम नगर्ने जस्ता बानीहरु पर्छन् । राति अबेरसम्म ल्यापटप, मोबाइल वा कम्प्युटरको अगाडि बस्नाले दिमागमा सीधा असर पर्छ ।
४.पानी कम पिउँदाः
तिर्खाएको मानिसले भन्दा पानी पिउने मानिसको दिमाग १४ प्रतिशत तेज हुन्छ । यदि तपाईँ लामो दुरिको यात्रा, कुनै परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने साथमा पानी बोक्ने बानी बसाल्नुहोस् जसले तपाईंको दिमागलाई ताजा बनाइराख्छ र कुनै पनि महत्वपूर्ण कुरा बिर्सनबाट जोगाउँछ ।

५.अल्छी ः
अल्छी मानिसहरुको दिमाग कम रचनात्मक र कमजोर हुन्छ । किनकी उनीहरु दिमागको प्रयोग नै धेरै गर्दैनन् । तपाईं जति धेरै दिमागी काम गर्नुहुन्छ त्यति नै दिमाग रचनात्मक र सिर्जनशील बन्छ । साथै हरेक दिन कसरत गर्दा पनि दिमागलाई शक्ति मिल्छ र राम्रोसँग काम गर्न सक्छ ।

६.तनावः
तनावले पूरै शरीरको शत्रु हो । त्यसैले तनावबाट मुक्त हुन जरुरी छ । तनावले दिमागमा नराम्रो असर गर्छ । जब तनाव हुन्छ तब हाम्रो मृगौलाले तनाव ग्रन्थीको उत्पादन गर्छ । धेरै तनाव ग्रन्थीको उत्पादन हुँदा दिमागमा प्रत्यक्ष असर पर्छ ।

७.ईयरफोन ः
तपाईंले देख्नुभएको होला प्रायः मानिसहरु आजभोलि कानमा ईयरफोन र हेडसेट लगाएर गीत सुनिरहको हुन्छन् । तर लामो समयसम्म ईयरफोनको प्रयोग गर्दा कानसँगसँगै ब्रेन टिशुजको पनि नोक्सान पुर्याउँछ । लगातार यसो गर्दा अल्जाइमरको समस्या हुन्छ ।

८.निन्द्रा ः
एकजना स्वस्थ्य व्यक्तिलाई हरेक दिन ७ देखि ८ घण्टा सम्म सुत्न जरुरी हुन्छ । यसले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ । यदि निन्द्रा पुगेन भने दिमागले भोलिपल्ट राम्रोसँग काम गर्न सक्दैन । जसले गर्दा दिमागले काम गर्ने क्षमतामा ह्रास आउँदै जान्छ ।

९.एक्लोपन ः
केहि मानिसहर भिडभाडभन्दा एकान्तमा बस्न रुचाउँछन् । लामो समयसम्म एक्लै बस्दा दिमागमा असर गर्ने अनुसन्धानमा उल्लेख भएको पाइन्छ ।

१०. दैनिक तालिकाको अभाव ः
भनिन्छ विहानीले दिनको संकेत गर्छ । विहान राम्रो भयो भने दिन त्यसै राम्रो हुन्छ । राम्रो विहान बनाउनको लागि योग ध्यान लगायतका मानसिक तन्दुरुस्तीका उपायहरु अपनाउनु पर्छ । योग साधना गरेर दिमाग तन्दुरुस्त राख्ने पुर्विय मान्यताका जप,ध्यान लगायतका इश्वरीय फल प्राप्तीका कैंयौ उपायहरु अपनाउने तथा खानपान, खाजा, नास्ताको नियमित एउटै तालिका गराउने गर्दा पनि दिमागको पुर्नताजगी भइरहन्छ । यसले दिमागलाई हरदम स्वस्थ र ताजा बनाइरहन महत्वपुर्ण भुमिका खेल्छ ।

Previous Post

सुनको भाउमा गिरावट सुन आज कति घट्यो ?

Next Post

दशैँ तिहार मान्न घर आउँदै हुनुहुन्छ ? ख्याल गर्नुहोश समान लियर आउँदा

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

दशैँ तिहार मान्न घर आउँदै हुनुहुन्छ ? ख्याल गर्नुहोश समान लियर आउँदा

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २० मिनेट अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.