HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नवौं महिना गर्भावस्था भएको बेला के-के कुरामा ध्यान दिनुपर्छ ? थाहा पाउनुहोश

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्भावस्थाको नवौं महिना शिशु जन्मिने महिना हो । त्यसैले नवौं महिनासम्म आइपुग्दा गर्भवती महिलाको शरीरमा धेरै परिवर्तन आइसकेको हुन्छ ।
यसबेला पेट दुख्ने, बेलाबेलामा पेट कडा ढुंगा जस्तो हुने, थोरै पानी खाए पनि छिनछिनमा पिसाब लाग्ने तर थोरै पिसाब आउने जस्ता स्वास्थ्य समस्या आउँछन् । त्यस्तै पेटभित्र शिशुको हलचल पहिलाको भन्दा अलि कम हुने हुन्छ ।

गर्भवती महिलामा यसबेला आउने समस्या फरक-फरक हुन सक्छ । तर सामान्यतया नवौं महिनामा पेट ठूलो भएर ढाड दुख्ने समस्या, शिशुको टाउको तल आउने भएर हिंड्न अप्ठ्यारो हुने, भोक नलाग्ने, थोरै खाए पनि पेट टन्न हुने हुन्छ ।

गर्भवती महिलाले ख्याल गर्नुपर्ने कुरा

विशेषगरी यसबेला यौनांगबाट भिज्ने गरी पानी बग्ने, पानीसँगै रगत देखिने र शिशु पेटभित्र हलचल धेरै कम भएमा तुरुन्तै चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

यतिबेला कुनै औषधि खानुपर्ने हुन्छ कि हुँदैन ?

गर्भावस्थामा नियमित आइरन र क्याल्सियमको औषधि नियमित खानुपर्ने हुन्छ । यसबाहेक गर्भवती महिलाको अवस्था हेरेर चिकित्सकले अन्य औषधि दिने गरिन्छ ।

दीर्घरोगको औषधि खाइरहेका महिलाले ध्यान दिनुपर्ने कुरा

विशेषगरी यसबेला चिकित्सकको निगरानीमा औषधिको सेवन गर्नुपर्छ । आफूखुसी औषधि सेवन गर्नुहुँदैन । किनकि दीर्घरोगको औषधि गर्भवती महिलाको अवस्थाअनुसार डोज थपघट वा परिवर्तन गर्नुपर्ने हुन सक्छ ।

दीर्घरोग औषधि खाइरहँदा गर्भको शिशुलाई कुनै पनि नकारात्मक असर गर्दैन । किनकि चिकित्सकले गर्भवती महिलाको अवस्था र रोगअनुसार औषधिको ए, बी, सी, डी र ई गरी वर्गीकरण गरेको हुन्छ । त्यही अनुसार औषधि दिइएको हुन्छ । त्यस्तै उच्च रक्तचाप कसैलाई पहिलेदेखि हुन्छ भने कसैले गर्भवती भइसकेपछि हुने गर्छ ।

गर्भावस्थामा दीर्घरोगको औषधि खाँदा के कुरामा ध्यान दिनुपर्छ ?

दीर्घरोगको औषधि खाने गर्भवती महिनाले चिकित्सकका निगरानीमा औषधि खानुपर्छ । किनकि कतिपय दीर्घरोगको औषधिले धेरै साइड इफेक्ट गर्न हुन्छन् भने कतिपय औषधि कम साइड इफेक्ट गर्ने हुन्छन् । त्यस्तै यदि गर्भावस्था महिलामा मधुमेह छ भने औषधिको सेवनसँगै गुलियो, चिल्लो, पीरो खानेकुरा कम खाने, खानेकुरा थोरै-थोरै तर छिनछिनमा खाइरहने मधुमेहलाई सन्तुलनमा राख्न सकिन्छ ।

गर्भावस्थामा कस्तो औषधि खानै हुन्न ?

गर्भावस्थामा खानै नहुने भन्ने औषधि कुनै पनि हुँदैन । बरु कुन प्रयोजनको लागि कुन औषधि खाने, कति मात्रामा खाने भन्ने हुन्छ । तर औषधि खाँदा चिकित्सकको सल्लाह भने लिनुपर्छ । आफूखुसी औषधि सेवन गर्दा जोखिम हुन सक्छ ।

गर्भावस्थामा कब्जियत भएमा के गर्ने ?

गर्भावस्थामा खानपान, शरीरमा पानीको कमीलगायत कारणले कब्जियत हुन सक्छ । यसबेला शरीरमा हार्मोन परिवर्तन भइरहनुका साथै नियमित आइरन र क्याल्सियमको औषधि खानुपर्ने भएकाले कब्जियतको समस्याले सताउन सक्छ ।

यस्तो अवस्थामा दैनिक हरियो सागपात, तरकारी, फलफूल, दाल प्रशस्त खाने, प्रशस्त मात्रामा फाइबर खानेकुरा खाने, नियमित व्यायाम गर्ने, खानेकुरासँगै प्रत्येक दिन कम्तीमा दुई लिटर पानी पिउन सकिन्छ । यस्तै उत्तानो सुत्नुभन्दा पनि कोल्टे फर्केर सुत्ने, धेरैबेर उभिएर नबस्ने यति सावधानीले पनि कब्जियत निको नभएमा औषधि प्रयोग गर्न सकिन्छ ।

सकेसम्म गर्भावस्थामा कब्जियत हुनै नदिनु राम्रो हुन्छ । त्यसका लागि चिल्लो, पिरो, अमिलो खानेकुरा नखाने, जंकफुडको सेवन नगर्ने, पानी प्रशस्त मात्रामा पिउने, फाइबरयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्न सकिन्छ ।

Previous Post

भोलि बिहीबार सार्वजनिक विदा हुने

Next Post

बजारमा दोहोरो अंकको गिरावट कति पुग्यो कारोबार रकम ?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बजारमा दोहोरो अंकको गिरावट कति पुग्यो कारोबार रकम ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.