२० भदौ– पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने धारण राखेका छन ।
आज (बुधबार) काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले यस्तो बताएका हुन । उनले आफू नेकपा एमाले र एकीकृत समाजवादी पार्टीमा जान सक्ने तर नेकपा माओवादी केन्द्र मा जान नसक्ने बताएका छन ।
नेता गौतमले जनयुद्धकालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका पीडितका घर घरमा पुगेर माफी नमागेसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने बताएका छन ।
उनले राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभइ गल्ती भएको बताएका छन । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेर हद नहटाएको दाबी पनि बताएका छन ।
उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नै पर्ने गौतमको भनाइ छ । ‘हामी नेपालका सबै कम्युनिस्टहरू एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन ।
म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जान सक्छु, ‘तर म माओवादी केन्द्रमा जान सक्दिन ।’ नेता गौतमले जनयुद्ध कालमा केही राम्रा काम भए पनि अत्यन्त नराम्रा काम समेत भएको बताएका छन ।
उनले भने, ‘जनयुद्धमा राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले घर घरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिनँ।’






Discussion about this post