HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

ट्याटु पूरै हटाउन कसरी सकिन्छ ? खर्च कतिलाग्छ जान्नुहोश

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

शरीरका विभिन्न अंगमा खोपेर ट्याटु बनाउने चलन नेपालमा आज मात्र नभई पहिलेदेखि नै थियो । विशेषगरी नेवार, थारुलगायत समुदायमा ट्याटु बनाउने परम्परा नै छ । तर पछिल्लो समय ट्याटु फेसनको रुपमा बढ्दो छ । अझ अहिलेका युवापिंढीमा त ट्याटुको एउटा क्रेज नै छ ।

ट्याटु मनपर्दा त आकर्षक लाग्छ तर कहिलेकाहीं आफूले भनेको जस्तो भएन, कुनै पेशामा लगाउन नमिल्ने अवस्था आएमा वा हेर्दा हेर्दा वाक्क लागेको खण्डमा भने त्यही ट्याटु समस्या बन्न सक्छ । ट्याटु समस्या बनिरहेको छ भने चिन्ता लिनुपर्ने अवस्था छैन । किनभने ट्याटु हटाउन सकिने प्रविधि भित्रिसकेका छन्

हाम्रो छालामा तीनवटा तह हुन्छन् । त्यसमध्येको बाहिरी भाग परिवर्तनशील हुन्छ । तर स्थायी प्रकृतिको ट्याटु खोप्दा तीनवटै तहको भित्रसम्म पुर्‍याइन्छ । जसकारण त्यो आजीवन रहनेगरी बस्छ । यसरी बसेको ट्याटु हटाउन लेजर सबैभन्दा प्रभावकारी माध्यम हो । लेजरले ठूलोदेखि स-सानो ट्याटुमा भरिएको स्थायी रुपमा बसेको रङलाई पनि टुक्रा–टुक्रा गरिदिन्छ । जसलाई त्यहाँ भएका रगतले बिस्तारै सोस्न थाल्छ र बिस्तारै हराउन थाल्छ ।

कसरी हटाइन्छ ?

सर्वप्रथम कुन ठाउँमा छ, त्यसको आकार र रङ गाढा छ कि फिक्का भनेर हेरिन्छ । त्यसपछि नदुख्ने खालको क्रिम ट्याटु हटाउनुपर्ने भागमा लगाएर सुरु गरिन्छ । जसले कुनै किसिमको दुखाइ हुँदैन । त्यसपछि लेजरको प्रकाशले आँखामा असर गर्ने हुँदा चिकित्सक र हटाउन लागिएको व्यक्तिलाई सुरक्षाको लागि ग्लास लगाउन दिइन्छ ।

त्यसपछि छालामा लेजर प्रविधिको मेसिनबाट हटाउन सुरु गरिन्छ । यदि सानो ट्याटु छ भने ५–१० मिनेटमा नै हटाउन सकिन्छ । ठूलो आकारको ट्याटु भए एक घण्टा वा त्यसभन्दा बढी समय लाग्छ ।

एकैपटक ट्याटु हट्दैन

स्थायी रुपमा बसिसकेको ट्याटु एकपटकमा जान सक्दैन । यसको साइज र के–कस्ता रङ भरिएका छन्, त्यसअनुसार यसको सेसन हुन्छ । ट्याटु राम्रोसँग हट्न ६ देखि ८ चरणसम्म लाग्न सक्छ ।

यदि कालो रङको ट्याटु र घरमै खोपिएको ट्याटु जुन वृद्धाहरुमा देख्न पाइन्छ, त्यस्ता ट्याटु निकाल्न सजिलो र समय कम लाग्छ । तर गाढा खालको र धेरै किसिमको रङ भरेको ट्याटु हटाउन कठिन हुन्छ । त्यसैले जति गाढा ट्याटु त्यति छिटो जान मुश्किल हुने हुँदा त्यहीअनुसारको चरण पार गर्नुपर्छ । त्यति मात्र होइन एकपटक गराएको चारदेखि ६ साताभित्र अर्को चरण गरिसक्नुपर्छ । एकपटक गराउँदा २० प्रतिशतसम्म ट्याटु हटेको अनुभव गर्न सकिन्छ ।

ट्याटु शतप्रतिशत हट्छ ?

धेरै गाढा नभएको र घरमै मेसिनले बनाएको ट्याटुहरु शतप्रतिशत थेरापीबाट जान सक्छ । तर धेरै नै गाढा खालको र हरियो खालको ट्याटु शतप्रतिशत जान कठिन हुन्छ तर जाँदै नजाने भन्ने हुँदैन । यसको लागि थप सेसन लाग्न सक्छ ।

उपचारपछि

लेजर गरेको एक दिनभरि त्यसभागमा पानी पार्नु हुँदैन । लेजर गर्ने बित्तिकै त्यो छाला केही दिनसम्म संवेदनशील हुने हुँदा पौडी खेल्न वा मसाज गर्नु हुँदैन । त्यस्तै घामको किरणमा केही दिनसम्म छालालाई जोगाउने, फोका आएमा त्यसमा कुनै खालको घर्षण नगराउने, त्यसमा १० दिनसम्म एन्टिबायोटिक क्रिम लगाउनुपर्छ । यदि घाउमा पानी परेको खण्डमा पनि सो क्रिम लगाइहाल्नुपर्छ । त्यस्तै सबैभन्दा बढी ध्यान दिनुपर्ने कुरा के छ भने गर्भवतीले भने हटाउन मिल्दैन ।

खर्च कति ?

यसको शुल्क ट्याटुको आकार, रङ र त्यसमा प्रयोग गरिने मेसिनअनुसार फरक–फरक हुन सक्छ । एकपटकको चरणमा पाँचदेखि १० हजार रुपैयाँसम्म शुल्क लाग्न सक्छ ।

ध्यान दिनुपर्ने कुरा

अनुभवी चिकित्सकबाट मात्र ट्याटु हटाउनु उपयुक्त हुन्छ । किनभने कुन रङको ट्याटुलाई कस्तो खालको लेजर मेसिन चलाउने भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ । दक्ष र अनुभवी चिकित्सकलाई मात्र यसबारे राम्रो जानकारी हुन सक्छ ।

थोरै गल्तीले अन्य समस्या निम्त्याउने हुँदा जथाभावी ठाउँमा गएर गराउनुभन्दा एकपटक मेसिनदेखि कस्तो व्यक्तिबाट सेवा लिने हो बुझेर मात्र गर्नुपर्छ ।

Previous Post

मेकअप गर्दा बिर्सेर पनि नगर्नुहोस् यी ४ गल्तीहरु, अनुहार कुरुप हुदैँ जान्छ !

Next Post

प्रतिनिधिसभा १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

प्रतिनिधिसभा १० समितिका सभापतिमा ११ जनाको उम्मेदवारी

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.