• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:04:09+05:45300420266 2026-06-04T09:04:09+05:45000000Thu, 04 Jun 2026 09:04:09 +0545Thu, 04 Jun 2026 09:04:09 +0545Asia/Kathmandu630_300406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000009Asia/Kathmandu 620266-9Jun+0545 300406Asia/Kathmandu0930am06p, 0000006ThursdayAsia/Kathmandu0909 262026000000 k620264 3009Asia/Kathmandu 0404ffAsia/KathmanduThu, 04 Jun 2026 09:04:09 +0545Asia/Kathmandu62026-06-04T09:04:09+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:04:09 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 04f ( '300406Asia/Kathmandu0930am06p' === $3026pAsia/Kathmandu || '1780543149' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:04:09 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:04:09 +05456 $90630 ? 300406Asia/Kathmandu() : 300406Asia/Kathmandu() + (04630) ( 9Asia/Kathmandu30_2026p300420266( '90630_2026ff09Asia/Kathmandu30' ) * 09+05451780543149R_04_thEC+05454Thuth ); } 04f ( '062609qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:04:09'; } $300406Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543149+0545C' ) : 4p_300406Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300406Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450406Asia/Kathmandu( '620264', $300406Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:04:09 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:04:09 +05456 $04am30Asia/Kathmandu300406Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:04:09 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

मधेशमा मार्क्सवादी काेमाडिफिकेशन र ब्यूटिफिकेशन – दीपा थाेकर

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मधेशमा मार्क्सवादी काेमाडिफिकेशन र ब्यूटिफिकेशन

 

 

 

 – दीपा थाेकर
आजभाेली मधेशलगायत देशभरी नै सबै समुदायमा दाईंजाे (Dowry) प्रथाकाे कारणले विवाहहरू असफल भई रहेका छन् । याे तथ्याङ्क विगतभन्दा हाल डरलाग्दाेरूपमा बढिरहेको छ । विवाह असफल हुनुमा दाईंजाे लगायत, समाज मनाेविज्ञान कति दाेषी छ र माेबाईल, टिभिलगायतका टेक्नाेलाेजीले कति असर पारेकाे छ भनी बुझाउनु यस लेखको मुख्य उद्देश्य हो । विगतमा दाईंजाे कसरी थियाे र आज कसरी भारतबाट नेपालकाे मधेश हुँदै देशभरी नै छ, यी कुराहरू पनि छाेटाेरूपमा चर्चा गर्दै दाईंजाे सुन्दरतासँग कसरी गाँसिएकाे हाे, त्याे देखाउनु छ ।
सुन्दरताकाे व्यापारीकरण
सुन्दरताकाे व्यापारीकरण (Commodifying the beauty or, commodification of beauty) बारे बुझ्न हामीले कार्ल मार्क्सकाे सिद्धान्तकाे सहारा लिनुपर्छ । किनकि काेमाेडिफिकेशन शब्द नै मार्क्सवादी चिन्तनमा पर्ने शब्द हाे । याे शब्द पूँजी (Capital) सँग सम्बन्धित हाे । जसकाे सिधा सम्पर्क मान्छेकाे साेचसँग (Human psychology) हुन्छ । लाेईस टाईसन (Lois Tyson) अमेरीकि लेखकले आफ्नाे पुस्तक क्रिटिकल थ्याेरी टुडे (critical theory today) पृष्ठ ६२ मा उल्लेख गर्छिन् कि मार्क्सवादकाे लागि काेमाेडिफिकेशन वस्तुले के गर्छ (Use value) हाेईन अपितु साे वस्तुलाई कति रूपैयाँमा बेच्ने वा अन्य कुनै अर्काेसँग साट्ने (Exchange value) र साे वस्तु हुँदा मालिक/स्वामीकाे कस्ताे प्रतिष्ठा समाजमा थपिने (Sign-exchange value) हाे । उदाहरणकाे लागि यदि म एऊटा किताब आनन्द उठाउन पढ्छु भने त्याे किताबकाे युज भ्यालु हाे, यदि म त्यहि किताब बेच्छु भने त्याे त्यसकाे एक्सचेञ्ज भ्यालु भयाे र त्यहि किताब म हाेटलकाे टेबलमा लिएर मेराे स्टैटस अरूभन्दा भिन्न र माथि छ भन्ने देखाउँछु भने त्याे किताबकाे लागि साईन-एक्सचेञ्ज भ्यालु हुन जान्छ ।
सामान्यरूपमा महिलाकाे सुन्दरता अमेरीकि र नेपाली समाज जहाँपनि परम्परागतरूपमा उनकाे शारीरिक बनावट, छालाकाे रंग र अनुहारकाे सुन्दरता तथा पुरूषकाे लागि उँचाई, छालाकाे रंग आदि हुन् । जुन शारीरिक बाह्य सुन्दरता (Physical charming) मात्र हाे जसले पुरूषलाई Handsome (ह्यान्सम्) र महिलालाई a beaut or beautiful काे ताज दिलाउने क्षणिक कुरा हाे । वास्तवमा सुन्दरताकाे मापदण्ड शारीरिक अङ्ग र बनावटमा सिमित नभई मान्छेकाे साेच, व्यवहार, चालचलन, बाेलाई आदिसम्म व्यापक हाे ।
मधेशमा यसकाे असर
माथिकाे टाईसनकाे सुन्दरताकाे परिभाषाकाे प्रभाव मानव समाजमा जहाँपनि छ, मधेशमा पनि छ । उदाहरणका लागि विवाहकाे बेला केटा-केटी दुबैजनाले सुयाेग्य जीवन साथी (Life partner) खाेज्छन् भने कार्यालय, विद्यालय, बाटामा हिंड्दा वा विपरीत लिङ्गीसँग कुराकानी गर्दा जहाँपनि सुन्दरताले आकर्षण गरि सकारात्मक-नकारात्मक प्रभाव पारिरहेकै हुन्छन् । विवाहकाे बेला मधेशमा केटाकाे ऊंचाई, शारीरिक स्वस्थ्यता, सम्पन्नता, जागिर वा व्यवसाय आदि हेरिन्छ भने केटीकाे अनुहार, श्रृंगार, बाेलचाल आदि हेरिन्छ नै । साथै, यदि केटी काली छ वा पढेलेखेकाे छैन वा काली भएर शिक्षित भएपनि माेटाे दाईंजाे लिएर केटाले क्षतिपूर्तिकाे सिद्धान्त (Theory of compensation) अनुसार कतिपय ठाउँमा आफ्नै मनले वा परिवारकाे दबावमा विहे गर्छन् । तर त्यस्ताे विवाह जुन मानले मानेकाे हुनुपर्थ्याे तर त्याे धनले मानेकाे हाे, त्याे धेरै टिक्दैन, टिकाउने नाममा धानेपनि कचकच भईरहन्छ । त्याे पवित्र दुई मनकाे मिलन भन्दा पनि गलपासाे बन्धन विवाह हुन जान्छ । जहाँ सुख दु:खकाे साथी श्रीमान्/श्रीमतीले एकले अर्कालाई ठान्नुकाे साटाे “झेलीरहेकाे” अनुभव भई त्यहिंबाट परपुरूष वा परस्त्रीसँग विवाहेत्तर सम्बन्ध (Extramarital affairs) सम्म धकेलिदिन्छ । तर बुझ्नुपर्ने के हाे यहाँ भने याे मधेशकाे मामिलामा त छँदैछ साथै हरेक समाजमा पनि छ । मधेशकाे चर्चा यहाँ भईरहेकाेले गर्दामात्र उपशीर्षक मधेशमा असर भनेर उल्लेख गरिएकाे हाे ।
दाईंजाे किन हटेन त ?
पहिला दाईंजाे के हाे ? वास्तवमा विवाह अघि दुई परिवार बीच विहेकाे लागि केटा-केटीबारे कुरा छिनाेफानाे भईसकेपछि कुल देवी, देवतालाई धार्मिक, सांस्कृतिकरूपमा खुशीपार्न सम्झनलाई दिईने वैवाहिक सगुन (Good Omen/Good Star Shining) अर्थात्, साईत जुराउने निम्ताेमात्र हाे जुन अपार खुशीकाे प्रतीक हाे आमाबुवा, परिवार र ईष्टमित्र, मानवसमाजकै लागिपनि कि हामीले सभ्य मानव समाजकाे विकासकाे लागि हामीले एऊटा अभिभारा आज पूरा गर्नतर्फ लम्कियाैं । नेपाल-भारतकाे सनातन हिन्दू-बाैद्ध समाजमा मान्छेले रामायण, महाभारतकाे घट्नाकाे उदाहरण दिई केटी पक्षबाट दाईंजाे माग्छन् । याे गलत कुरा हाे किनकि समाजपिच्छे सुपारी, रक्सि, दाम, सामान आदि दाईंजाे जेपनि कम वा बढी सगुनताकाे प्रतीक खुशी मनले हुनसक्छ, यसमा करचाप नै पहिलाकाे युगदेखि आजसम्म उल्लेख गरेकाे पुस्तक, कानून वा धारावाहिक कथा केहिपनि छैन । अवश्यपनि रामायणमा राजा जनकले छाेरी जानकीका लागि वा राजा द्रुपदले छाेरी द्राैपदीका लागि क्रमश: दुलहा राम वा अर्जुनलाई दाईंजाे दिए । तर पाैराणिक कालकाे घट्ना दिएर दाईंजाे असूल्ने गैह्रकानूनी काम गर्नेले भने के बिर्सन्छन् भने १) साे बेला दाईंजाे माँगेर हाेईन खुशीले दिन्थ्याे वा नसक्नेले दिंदैनथ्याे, २) विहेपछिमात्र सामान, सुन, चाँदी, नाेकरानी, लुगाकपडा, जिन्सि आदि दिईन्थ्याे जबकि आज विहे अघि शर्तनामामा मागिन्छन्, ३) दाईंजाेकाे कुरा साे बेला गाैण थियाे र क्षमताका आधारमा दुलहा (Bridegroom) र दुलही (Bride) खाेजिन्थे, आजकाे जस्ताे लाेभलाचमा खाेजिने जस्ताे हाेईन अर्थात्, आज दुलहा मान्छेलाई नै काेमाेडिफाई (Commodify) गरियाे जबकि दुलहीकाे सुन्दरता र शीपकाे गणना हुन छाड्याे । पढेलेखेकाे समाजमा यी कुराहरूमा व्यापक सुधार आईरहेकाे पनि छ तर अनपढ परिवार गाऊँ र शहर जहाँपनि गरिबी र अशिक्षामा उहि बिकराल दाईंजाेकाे छ ।
मधेशबाट सबैले देखिने गरि व्यापक दाईंजाेकाे रूप उपत्यका र पहाडमा सबै समुदायमा नगदबाट कार, माेटरसाईकल, गरगहना, पलंग, जमीन आदि लिने जिन्सिसम्म पुगिसक्याे । कानूनले वर्जित गरिसकेकाे अवस्थामा पनि शिक्षित डाक्टर/ईञ्जिनियर तथा महंगाे पढाई पढेका भनिएकाहरूले पनि लिन्छन् किनकि पढाईकाे खर्च उठाउन खाेज्छन् । व्यवसाय चलेन भने र पढाइ अनुसारकाे “सामाजिक प्रतिष्ठा” धान्नलाई घर, कार किन्दा साेवापत पैसा विवाहबाट उठाएकाे पाईन्छन् । जसमा राज्यले महंगाे शिक्षा प्रदान गरेकाे तथा देशकाे सरकारी जागिरमा पारदर्शिता नरहि अयाेग्यले पनि पसेर भ्रष्टाचार गर्न पहिला जागिरमा पस्नलाई घूस दिने अब त्याे विवाहबाट असूल्ने धेरैले साेच पलाएकाे हुन सक्नेलाई कारण मान्छन् । अर्थात्, सरकारले सुशासन र पारदर्शिता अपनाईरहेकाे परिवेशमा अझ धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ, खासगरि नेपाली समाज र मधेशलाई त्यसभित्र राम्ररी हेर्ने हाे भने ।
मधेशमा दाईंजाेकाे विकृति अवश्यपनि भारतीय समाजबाट आयातीत हाे । जहाँ आजपनि कानूनलाई छलेर दुलहा डाक्टरलाई कमलकाे पुष्प (Lotus), ईञ्जिनियरलाई गुलाफकाे फूल (Rose) क्याटेगरी तथा व्यापारी, सरकारी जागिरेलाई यस्तै विभिन्न क्याटेगरीमा विभाजन गरि सबभन्दा बढी लाेटस दुलहाकाे दाईंजाे रेट गरि असुलिन्छ, मानवताकाे शर्मशार तर उनिहरूले पढाईखर्च आर्थिक बाध्यता भन्छन् !
मधेश वा नेपाली समाजमा दाईंजाेप्रति कस्ताे विकृतिपनि पाईन्छन् भने एऊटै परिवारमा छाेरा र छाेरी छन् भने पहिला छाेरीकाे विहेमा दाईंजाेविराेधी “चर्काे अभियन्ता” भई मुफ्तमा विहे गर्छन् तर छाेराकाे विहेकाे बेला “अभियन्ता”काे जागिरबाट “राेगविशेष” ले मुक्तिपाएर माेटाे रकम असुलिन्छ । कति जनाकाे केसमा त के देखियाे भने जनकपुर-महाेत्तरी कायस्थ जातिमै पनि जुन उच्च जात र साक्षर मधेशमा गनिन्छन् कि कति क्रिष्टल जस्ताे सफा मनकाे केटाेेले एक सुकाे दाईंजाे लिन चाहेनन्, बलजफ्ति भिडाईयाे, केटा सरकारी जागिरदार रहँदा केटी सबै विषयमा अनिवार्य विषयमा जस्ट पासबाहेक अनुतिर्ण, आफ्नाे खानासमेत नपकाउने अल्छिलाई ईञ्जिनियर केटीभनेर भिडाईयाे र भिडाउनेमा राजनैतिक दलकै नेताकाे संलग्नता पाईयाे । किनकि केटी पक्षकाे घरमा नेताकाे सम्बन्ध पहिलादेखि कसैकाे विहेभएर गाँसिएकाे छ र उसले यहि “गुण तिर्न”लाई अल्छी, बद्मास तथा पढ्नमा अक्षम केटीलाई राम्राे केटा आर्थिकरूपले कमजाेरसँग विभिन्न अर्थमा बेमेल विवाह हुन भिडाईयाे । जसमा नेताले सूचना केटीबारे लुकायाे कि केटीकाे मन पर्ने ब्वायफ्रेण्ड परजातमा अर्कै छ ! फलस्वरूप विवाह त टिकेन नै अब त्यस नेतालाई के गर्ने कानूनले जाे मेराे संलग्नता कानूनी ढंगले छैन भन्दै उल्टै “समाजसेवा”मा लागेका छन् ? यहाँ दाईंजाेकाे नाममा ढाकछाेप, पारदर्शिता नअपनाउने र केटाकाे स्वयंकाे विवाहमा लाजले अगाडि बढ्न अप्ठ्याराे अवस्थामा उसकाे बुवा नभएकाे नाजायज फाईदा उठाएर दाइ-भाईसमेतलाई अलग पारेर झुक्याएकाे अवस्था छ ।
उपसंहार
सुन्दरता मापनकाे कुनै तराजू संसारमा र कुनै मानक (ढक) बनेकाे छैन । अर्थात्, याे मान्छेकाे मनले ठहर्‍याउने विषय हाे कि कसैकाे कुन कुरा, गुणले, व्यवहारले, लुगाले, वक्तव्य आदिले म सुन्दर वा कुरूप भन्ने हाे । यस सुन्दरतालाई व्यापक अर्थमा नबुझिकन केवल शारीरिक आकर्षणमा सिमित राखेर अब स्वार्थवश थप कुरा विवाहकाे बेला केटा पक्षले केटी पक्षबाट माँग्नु वा पाउने मनसुबा (आशा) पालेर बस्नु नै केटातर्फका त्रुटि असफल विवाहकाे कारण हाे र दाईंजाेले जडाे गाड्ने कारण हाे । त्यस्तै, केटी पक्षले पनि केटा सरकारी जागिर भएकाे र आर्थिक सम्पन्नता भएकै केटा खाेज्ने, आफ्नी कन्या हरेक विषयमा कक्षामा ठ्याक्कै उतिर्ण (Just pass) भएपनि वा ब्याकलागेकाे भएपनि विवाहकाे बेला केटालाई सूचना नदिने, झुक्याउने, धेरै तेज तथा राम्राे अंकले उतिर्ण केटा खाेज्नु, विवाह अघिकाे केटाकाे चरित्र केरकार गर्ने तर केटिकाे चरित्रबारे नबाेल्दिने, केटा मिहिनेती खाेज्ने तर केटी भने दिनभरी माेबाईल चलाउने र टिभि सिरियल हेरेर बस्ने तर खानासमेत राम्ररी नपकाउने, जायज कामहरू गर्न नसक्ने र हाेटलबाट मँगाएर खाने कारणहरू छन् । त्यस्तै, अन्य कारणमा कति केटी पक्षले विवाहपछि केटाकाे आमाबुवासँग नै सम्बन्ध टुटाएर आफ्नाे पूर्ण पकडमा कब्जामा राख्न खाेज्ने वा केटीलाई केटाले पूर्ण नियन्त्रणमा लिने जस्ताहरू माथिकाे विश्लेषणबाट थाहा पाईन्छ । मुख्य कुराे हाे स्वतन्त्रताकाे नाममा पराकाष्ठामा पुगेर समाज, कुल, खान्दान, घर, परिवारकाे मर्यादा नबुझेर छाडापन केटा वा केटी कसैले देखायाे भने अर्काे पक्षले प्रश्न उठाउँछ र घरमा कलह बढ्छ । विवाह आर्थिक समानतामा भयाे भने टिकाउ तुलनात्मकरूपमा हुन्छ किनकि आर्थिक समानता हुँदा केटा वा केटी कसैले हेप्ने वा विभेद गर्ने पाटाे सकिन्छ, यससँगै पढाईलगायत शारीरिक रंग आदिकाे समानता, साेच्ने क्षितिज/दायरा फराकिलाेकाे समानता केटा-केटीमा भए भने अझ सुनमा सुगन्ध थपिने जस्ताे हुनेछ । तर परम्परागत (Arranged marriage) मा परिवारद्वारा यति कुरा मिलाउन आजकाे व्यस्त जमानामा गाह्राे हुने देखिन्छ भने केटा र केटीले नै सामुमा बसेर मन र दिल खाेलेर इमानदारी साथ विहे अघि अभिभावककै सामुमा अलि पर कुराकनी गर्न सिमित दायरा समाजले बढायाे भने अझ सरल हुनेछ जस्ताे लाग्छ । जुन कुरा समाज मनाेविज्ञानमा भरपर्छ, व्यक्तिकाे साेचमा भरपर्छ । अत: दाईंजाे गैह्रकानूनी हाे नै साथै सफल विवाहकाे लागि विवाहकाे बेला पारदर्शिता अपनाउने र गाेराे-कालाे जस्ताे भएपनि सुन्दरताकाे परिभाषा व्याापक बनाएर अरू गुणमा पनि सन्ताेष गरेर जानू उचित देखिन्छ । जीवनमा सबैथाेक मनले चाहेर सबैले पाउन सकिंदैन ।
(समाजशास्त्रमा उच्च शिक्षा प्राप्त लेखक सामाजिक अभियन्ता हुनुहुन्छ)
Previous Post

आजको मौसम :आज यी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना !

Next Post

सुनचाँदीको मूल्य घटेको छ, कतिमा हुँदैछ कारोबार ?

HoKhabar

HoKhabar

Related Posts

गृहपृष्ठ

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

मङ्सिर १० गते ।  उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको...

Read more

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

१० महिना अगाडि
1.2k
Next Post

सुनचाँदीको मूल्य घटेको छ, कतिमा हुँदैछ कारोबार ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In