अघिल्लो दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ।
आइतबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।






Discussion about this post