HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्रीले बिदा हुनुस् भने बिदा हुन तयार छु : किराती

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ, २८ साउन– मन्त्री हेरफेरको हल्लाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निकट सूत्रमार्फत उनको सन्देश आइपुग्यो स् ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु । मिलाउने भए २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छु भन्ने मेरो सर्त होइन । अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’

हामीले यसको आधिकारिकता परीक्षण गर्दा मन्त्रीले आफ्नो अभिव्यक्ति भएको स्वीकार गरे । अर्थात् उनी परिआयो भने मन्त्रीबाट फिर्ता हुने मुडमा छन् । धेरैपल्ट मन्त्रीबाट बाहिरिने हल्ला चलेको सन्दर्भमा मन्त्री किराती दिक्क भएको प्रष्ट हुन्छ । यस सन्दर्भमा मन्त्री किरातीसँग गरिएको संक्षिप्त कुराकानी ?
हरेकपल्ट मन्त्रिपरिषद् हेरफेर गर्ने चर्चामा तपाईंको नाम आउँछ । अहिले पनि आइरहेको सुन्नुभएको होला ?

बजारमा हल्ला चल्न थालेको लामै समय भइसकेको छ । आधिकारिक निकायबाट चर्चा परिचर्चा भएको चाहिँ मलाई थाहा छैन । हल्लाको भरमा समय र शक्ति खर्च गर्ने नेपाली समाजको चलन नै हो । आधिकारिक ढंगले नआउँदासम्म केही भन्ने कुरो भएन ।

हल्लाले कार्यसम्पादनको मनोविज्ञानमा कस्तो असर पर्दोरहेछ ?

काममा केही न केही ढिलाइपन आउँछ नै । यो पनि नेपाली संस्कृतिकै अंग भइसकेको छ । केही कुरा गरौं भनेर मातहतका मान्छेलाई आज भन्यो भने ‘सात दिनपछि गरुँ न त’ भन्छन् । भनेपछि असर पर्छ नि ।

आफ्नो बारेमा चर्चा चलेको चल्यै भएपछि प्रधानमन्त्री वा सचिवालयसँग केही सोध्नुभयो ?

अब मैले प्राप्त गरेको समय त्यतातिर खर्च कहिल्यै गरिनँ । के भन्दै सोध्ने र ?

प्रधानमन्त्री तपाईंकै पार्टीको अध्यक्ष पनि भएकाले थुप्रै प्रश्न र आलोचना गर्नुभयो, पछिल्लो भारत भ्रमण फलदायी भएन भनेर उपलब्धिमाथि प्रश्न उठाउनुभयो भन्ने चर्चा सुनिन्छ । त्यसमाथि प्रधानमन्त्रीसँग बेग्लै निकटता बनाएका नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन खोज्दा तिक्तता पैदा भयो भन्ने कुरा छ नि ?

पहिलो त, मैले प्रधानमन्त्रीज्यूको भारत भ्रमण उपलब्धिमूलक भयो भनेको हुँ । हामीलाई विद्युत निर्यातमा पनि राम्रो भयो । अरु धेरै कुरामा राम्रो भयो । अब म नै किन नगएको भन्ने सन्दर्भमा ‘म विदेश जाँदिनँ, आखिर विदेश जाँदैमा भएको के छ र’ भनेको हुँ । त्यसो भनिदिँदा मान्छेले भारतसँग जोडेर कुरा गरे ।

भ्रमण नै असफल भयो भनेर मन्त्रीले बोल्यो भनी जोडेछन् । दुईपक्षीय सहमतिमा हस्ताक्षर नै गर्नुपर्ने भयो भने म जान्छु, नत्र जाँदिनँ पो भनेको हुँ । आखिर प्रधानन्त्रीको सवारी मन्त्री पर्यटनमन्त्री पनि हो । तर दुई देशमा हित हुँदैन भने जान्नँ भनेको कुरालाई अर्कै ढंगले ल्याइयो ।

प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र लगाएको बारे पनि बोल्नुभयो, होइन ?

त्यसमा पनि मेरो प्रष्ट छ । धर्मनिरपेक्ष राष्ट्रको प्रमुखले सबै धर्म संस्कृतिलाई रक्षा गर्ने दायित्व उहाँको हुन्छ नै । अर्काको देशमा गएर गेरुवस्त्र लगाऊ भन्दा नलगाउने कुरा हुँदैन पनि भनेको छु ।

नागरिक उड्डयन प्राधिकरणको विषयमा चाहिँ ?

प्राधिकरणको विषयमा चाहिँ महानिर्देशक भनेको मातहत कर्मचारी नै हो । उहाँसँग मन्त्रीले कतिपय विषयमा स्पष्ट हुनुपर्ने कुरा थिए । आफ्नो कर्मचारीलाई कतिपय अस्पष्ट कुरामा स्पष्ट गर भनेर सोध्नु मेरो कर्तव्य नै हो नि ।

अहिले स्पष्ट हुनुभयो त उहाँको बारेमा ?

उहाँले दिनुभएको छ । त्यसको आधारमा अब के कसो गर्दै जाने हो भनेर मैले कामहरु मागेको छु । त्यसको आधारमा म काम गर्छु भनेर उहाँले पनि भन्नुभएको छ । ठीकै छ ।

भर्खरै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता भएको, अनि काम अघि बढ्न नपाउँदै हटाउने हल्ला चल्दा चाहिँ के के लाग्यो होला तपाईंलाई ?

प्रधानमन्त्रीले बिदा हुनुस् नभनेसम्म बिदा हुने कुरै हुदैन नि । अहिलेसम्म केही भन्नुभएको छैन । (हाँस्दै)

तपाईं ढुक्कै हो ?

म त जहिले पनि ढुक्क नि । मन्त्रीबाट निस्किनुपर्‍यो भने पनि ढुक्क । बसे पनि ढुक्क । मन्त्रालयमा मेरो काम गरिरहेको छु । अरु के भनौं र ?

Previous Post

यी रोगका लागि रामवाण औषधि हो मकैको जुँगा ,कसरि प्रयोग गर्ने ?

Next Post

आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.