काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आईपीओ बाँडफाँड हुने मिति तय भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले कम्पनीको आईपीओ भोलि साउन २९ गते साँझ ५ बजे बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा १३ लाख ४३ हजार २६ जनाले १ करोड ५१ लाख ३२ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.७४ गुणा बढी हो ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। गोलाप्रथाबाट १ लाख ९५ हजार ३२७ जनाले १०र१० कित्ताका दरले सेयर पाउनेछन् । साथै, सोहि मध्यका ९ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।
कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ। कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।





Discussion about this post