• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:10:37+05:45301020266 2026-06-13T13:10:37+05:45000000Sat, 13 Jun 2026 13:10:37 +0545Sat, 13 Jun 2026 13:10:37 +0545Asia/Kathmandu630_301006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000037Asia/Kathmandu 620266-13Jun+0545 301006Asia/Kathmandu3730pm06p, 0000006SaturdayAsia/Kathmandu3737 262026000000 k620266 3001Asia/Kathmandu 1310ffAsia/KathmanduSat, 13 Jun 2026 13:10:37 +0545Asia/Kathmandu62026-06-13T13:10:37+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:10:37 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 10f ( '301006Asia/Kathmandu3730pm06p' === $3026pAsia/Kathmandu || '1781335537' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:10:37 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:10:37 +05456 $10630 ? 301006Asia/Kathmandu() : 301006Asia/Kathmandu() + (10630) ( 1Asia/Kathmandu30_2026p301020266( '10630_2026ff37Asia/Kathmandu30' ) * 13+05451781335537R_06_thEC+05456Satth ); } 10f ( '062637qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:10:37'; } $301006Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781335537+0545C' ) : 6p_301006Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu301006Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05451006Asia/Kathmandu( '620266', $301006Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:10:37 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:10:37 +05456 $13pm30Asia/Kathmandu301006Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:10:37 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

नेपाली कानून खोज्ने झन्झटबाट मुक्त गराउने एप, जहाँ छन् १३०० बढी कानून

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जाका सिद्धान्त पोख्रेललाई कानूनका कुरा खोज्दा आफ्नो निकै समय खेर गएकोमा ग्लानि हुन्थ्यो । खोजेको कुरा समयमा नभेटिने त छँदै थियो, कुन कानून कहाँ छ भन्ने समेत थाहा नहुने समस्या थियो ।

आफूले चाहेका कानूनका किताब किन्न खोज्दा पैसा लगायत अन्य कुराले रोक्ने, पीडीएफ भेटिए त्यसमा खोज्न गाह्रो हुने जस्ता समस्याहरू अर्कातिर थिए ।

उनी कानूनका विद्यार्थी भने होइनन्, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियरिङ अध्ययनरत छन् । स्नातक तह उत्तीर्ण भएपछि उनले लोक सेवा आयोगको तयारी थालेका थिए ।

त्यही सिलसिलामा नेपालका कानून पढ्न उनलाई रुचि जाग्यो । यता भक्तपुरकी अनुष्का देवकोटा नेपाल ल क्याम्पसमा दोस्रो वर्षकी छात्रा हुन् ।

उनलाई पनि पोख्रेलको जस्तै समस्या थियो । उनी त झन् कानूनकै विद्यार्थी । कानूनका पीडीएफ फायल फोनमा राखेर हिड्नु पर्ने, चाहिएको कुरा तुरुन्तै फेला पार्न र झिक्न समय लाग्ने समस्या उनले पनि भोगिरहेकी थिइन् ।

तब दुवैले एउटा यस्तो एप बनाउने निर्णय गरे, जहाँ ती सबै समस्याको समाधान होस् । यही सोचले तयार भयो, कानून – लज् अफ नेपाल ।

यो एप नाम जस्तै नितान्त कानूनसँग नै सम्बन्धित छ । यसका लागि पोख्रेलले प्रोग्रामिङ र देवकोटाले ‘कन्टेन्ट’को पाटो सम्हालिन् ।

एपबाट नेपाली कानूनको क्षेत्रमा रुचि भएकालाई एउटा समाधान दिएको उनीहरूको भनाइ छ । नेपालमा सक्रिय १३०० बढी कानून उनीहरूले यो एपमा राखेका छन् ।

सिद्धान्त र अनुष्का दुवै एप डेभलपमेन्ट क्षेत्रमा थिएनन् । तर प्रविधिले केही परिवर्तन ल्याउन सक्छ भन्नेमा उनीहरूको विश्वास थियो ।

उनीहरूबीच प्रत्यक्ष चिनजान भएको समय पनि धेरै भएको छैन । तर त्यो विश्वासलाई उनीहरूले वास्तविकतामा उतारिसकेका छन् ।

कोभिडको समयमा पोख्रेलले वेब डेभलपमेन्ट र मोबाइल एप डेभलपमेन्ट सिकेका थिए । उनले त्यसबेला सिकेको सीप र अन्य केही साथीहरूको सहयोगमा एप तयार पारे ।

यता कानून नै पढिरहेकी देवकोटाले ‘कन्टेन्ट’मा काम गरिन् । उनीहरूले गत वर्षको पुसबाट यो एप बनाउन थालेका थिए ।

एप डेभलपमेन्टको काम सकेर गुगल प्ले स्टोरमा सार्वजनिक गरे । त्यसबेला एपमा सर्च गर्ने, पढ्ने फिचर मात्र थियो । त्यस्तै २२ ओटा कानून राखिएका थिए ।

उक्त भर्सनमा धेरै कमजोरी भएका कारण उनीहरूले प्ले स्टोरबाट लुकाएर राखे । तर कमजोरी सुधार गर्दै गत ५ जेठमा उनीहरूले एप पुन: सार्वजनिक गरे ।

एप स्टोरमा भने उनीहरूको एप उपलब्ध भइसकेको छैन । तर आईओएस प्रयोगकर्तालाई लक्षित गर्दै यही नामको वेबसाइट बनाएका छन् ।

जहाँ एपका अधिकांश फिचरहरू उपलब्ध छन् । अहिलेसम्म उनीहरूको एप १३०० बढी पटक डाउनलोड भइसकेको छ ।

एपमा कानूनी विषयमा छलफल गर्नका लागि फोरम तथा कानून व्यवसायीहरूलाई अबको योजना पनि उनीहरूले सुनाए । कानूनका किताबहरू किन्नु भन्दा यो एप चलाउनु निकै उपयोगी भएको उनीहरूको तर्क छ ।

पैसा बचत हुने, मोबाइलमै सबै कानून रहने र आफूले खोजेको सामग्री सजिलैसँग भेट्न सकिने उनीहरू बताउँछन् ।

कस्तो छ एप ?

कानूनका विद्यार्थी, कानून व्यवसायी, पत्रकार तथा यस क्षेत्रमा रुचि राख्नेहरूलाई लक्षित गरी यो एप बनाइएको हो । विद्यमान कानूनमा देशका सबै नागरिकहरूलाई पहुँच दिनु एपको उद्देश्य रहेको सिद्धान्त र अनुष्काले बताउने गरेका छन् ।

ऐन, संहिता, नियम र नियमावली, संविधान, नीति, गठन आदेश, विधेयक, अध्यादेश लगायत एपमा नौ ओटा खण्ड छन् । जसले गर्दा प्रयोगकर्तालाई कानून फेला पार्न सजिलो बनाएको छ ।

त्यस्तै मन्त्रालय, विभाग, संवैधानिक निकाय, ऐन लागु भएको वर्ष र भाषाका आधारमा समेत कानूनलाई वर्गीकरण गरेर राखिएको छ ।

एपको युजर इन्टरफेस (यूआई) सामान्य, तर आकर्षक छ । एप डेभलपर समेत रहेका पोख्रेलका अनुसार त्यही यूआईले पनि कानून खोज्न सजिलो बनाएको छ ।

त्यस्तै कानूनहरू खोज्न एपमा ‘सुपर सर्च’ फिचर दिइएको छ । “नेपाली र अङ्ग्रेजीमा टाइप गरेर एपबाट कानूनहरू खोज्न सकिन्छ,” सिद्धान्त भन्छन्, “यसमा नतिजा प्राप्त गर्न ठ्याक्कै दुरुस्तै शब्द मिल्नु पर्छ भन्ने पनि छैन ।”

गेस्ट (पाहुना) भएर अथवा आफ्नै अकाउन्ट बनाएर यो एप चलाउन सकिन्छ । त्यस्तै अङ्ग्रेजी र नेपाली गरी दुवै भाषामा एप चलाउन मिल्छ ।

एप इन्स्टल गर्दै गर्दा तपाईंलाई आफ्नो अकाउन्ट बनाउन भनिन्छ । यदि चाहनु हुन्न भने त्यसलाई स्किप गर्न पनि सक्नुहुन्छ । अकाउन्ट बनाउँदा एपले डेटाको रूपमा तपाईंको नाम र जिमेल सङ्कलन गर्छ ।

एप चलाएर मन परेपछि तपाईंले अकाउन्ट बनाउन समेत सक्नुहुन्छ । नेपालमा लागु भएका ऐन, कानूनहरू पीडीएफ फर्म्याटमा समेत राखिएका छन् ।

तर त्यो पूरै किताब जस्तो ढाँचामा हुने गर्छ । आफूलाई चाहिएको भाग वा दफा खोज्नु परे म्यानुअल्ली जानु पर्ने हुन्छ ।

तर यो एपमा भने त्यस्तो समस्या छैन । यसमा कानूनका दफादफा छुट्याएर राखिएका छन् ।

“कुनै पनि कुरा थाहा पाउन कानूनका पूरै पीडीएफ वा किताब पढ्नु पर्दा पक्कै पनि कठिन हुन्छ,” एप डेभलपर पोख्रेल भन्छन्, “त्यसैले एपमा कानूनको सबैभन्दा सानो एकाइका रूपमा दफा राखेका हौं । यसले गर्दा कानून खोज्न र पढ्न सहज हुन्छ ।”

त्यसरी छुट्याइएको कुनै पनि दफालाई बुकमार्क, नोट र मन पर्ने दफा भनेर टिक लगाउन सकिन्छ ।

एपमा उपलब्ध फिचर

एपभित्र कानून पढ्न विभिन्न फिचरहरू समावेश छन् । जसमध्ये प्रोगेस ट्रयाकिङ एक हो । एपको माध्यमबाट पढेको रेकर्ड हुने र तिनलाई ट्रयाक गर्न सकिन्छ ।

त्यहाँ पढिरहँदा नोटहरू बनाउन मिल्छ । जसमा दफा वा भागबाट सिधै नोटमा ल्याउन अथवा आफैं केही टिपोट पनि गर्न सकिन्छ ।

त्यस्तै एपमा भएको अर्को फिचर टेक्स्ट टू भोइस हो । यसले कानूनहरू पढेर सुनाउने गर्छ । यसमा आवाजको गति र आवाजको प्रकार परिवर्तन गर्न सकिन्छ ।

विशेषत: दृष्टिविहीनहरूका लागि यो फिचर निकै उपयोगी हुने देखिन्छ । यस बाहेक डे एन्ड नाइट थिम, फन्ट परिवर्तन, टेक्स्टको आकार घटबढ गर्न मिल्ने, बोल्ड बनाउन मिल्ने लगायतका फिचर पनि छन् ।

शेयर एन्ड कपी फिचरबाट परिच्छेद, दफा वा धारा कपी गरेर विभिन्न माध्यममा शेयर गर्न सकिन्छ ।

नेपालमा बढी जसो ऐन कानून नेपाली भाषामा पाइन्छन् । कतिपय अवस्थामा अङ्ग्रेजी भाषामा काम गर्नुपर्ने हुन सक्छ ।

यही आवश्यकतालाई मध्यनजर गर्दै उनीहरूले एप भित्र स्वत: अनुवाद हुने फिचर राखेका छन् । यसो हुँदा अङ्ग्रेजी भाषा सहज हुनेलाई पनि एप उपयोगी हुने देखिन्छ ।

यो एपमा भएका कानूनी सामग्रीहरूमा पहुँच पाउन इन्टरनेट भने अनिवार्य छ । तर तपाईंले कुनै पनि ऐन, विधान आदि डाउनलोड गरेर अफलाइनमा हुँदा समेत चलाउन सक्नुहुन्छ ।

ती कानूनहरूमा कुनै गल्ती भए त्यसको बारेमा रिपोर्ट समेत गर्न सकिन्छ । साथै उक्त कानूनको आधिकारिक पीडीएफ समेत एपमा राखिएको छ ।

त्यसो हुँदा एपमा केही त्रुटि देखिएको खण्डमा त्यहाँबाट निश्चित गर्न सकिन्छ । त्यससँगै उक्त कानून बनेको मिति, संशोधन गरेको मिति जस्ता थप जानकारीहरू पनि एपबाटै थाहा पाउन सकिन्छ ।

त्यसरी आउने रिपोर्टलाई उनीहरू हप्ता दिनमा समाधान गर्ने गरिएको बताउँछन् । एपमा भएको अर्को फिचर सिंक (sync) हो । यसलाई एपमा सबै प्रयोगकर्ताका लागि अनिवार्य गरिएको छैन ।

प्रयोगकर्ताले चाहेको खण्डमा यो फिचर प्रयोग गर्न सक्छन् । फोनमा स्टोरेज नभएर अथवा अन्य कुनै कारणले एप अन इन्स्टल गर्नु परे यो फिचर प्रयोग गर्न सकिन्छ । जसले फोनबाट एप हटाउँदा समेत पहिलेका डेटा सुरक्षित राख्छ ।

Previous Post

भोलि देखि १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रिमियममा आईपीओ खुल्दै,कति गर्ने लगानी ?

Next Post

तीन दलका शीर्ष तहमा कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

HoKhabar

HoKhabar

Related Posts

समाचार

करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले

by हो खबर
३ दिन अगाडि
0
1.2k

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा...

Read more

अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति

३ दिन अगाडि
1.2k

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

१ हप्ता अगाडि
1.2k

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

१ हप्ता अगाडि
1.2k

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

१ हप्ता अगाडि
1.2k
Next Post

तीन दलका शीर्ष तहमा कुरा नमिलेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In