• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:25:14+05:45302520266 2026-06-13T13:25:14+05:45000000Sat, 13 Jun 2026 13:25:14 +0545Sat, 13 Jun 2026 13:25:14 +0545Asia/Kathmandu630_302506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000014Asia/Kathmandu 620266-13Jun+0545 302506Asia/Kathmandu1430pm06p, 0000006SaturdayAsia/Kathmandu1414 262026000000 k620266 3001Asia/Kathmandu 1325ffAsia/KathmanduSat, 13 Jun 2026 13:25:14 +0545Asia/Kathmandu62026-06-13T13:25:14+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:25:14 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 25f ( '302506Asia/Kathmandu1430pm06p' === $3026pAsia/Kathmandu || '1781336414' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:25:14 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:25:14 +05456 $10630 ? 302506Asia/Kathmandu() : 302506Asia/Kathmandu() + (25630) ( 1Asia/Kathmandu30_2026p302520266( '10630_2026ff14Asia/Kathmandu30' ) * 13+05451781336414R_06_thEC+05456Satth ); } 25f ( '062614qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:25:14'; } $302506Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05452506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781336414+0545C' ) : 6p_302506Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu302506Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05452506Asia/Kathmandu( '620266', $302506Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:25:14 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:25:14 +05456 $13pm30Asia/Kathmandu302506Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:25:14 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

यातायात व्यवसायीको ‘सिन्डिकेट’विरुद्ध टिपरमा यात्रु ओसार्दै चौकुने गाउँपालिका

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

यातायात व्यवसायीले ज्यादती गरेको भन्दै सुर्खेतको चौकुने गाउँपालिकाले टिपरमा यात्रुु बोक्न थालेको छ ।

एक महिनादेखि यातायात व्यवसायीले सडकको कारण देखाउँदै पश्चिममा यातायात सेवा ठप्प पारेका छन् । यातायात सञ्चालनका लागि पटक-पटक आग्रह र पहल गर्दा पनि व्यवसायीले यातायात सञ्चालन नगरेपछि गाउँपालिकाले शनिबारदेखि पालिकामा भएका दुईवटा टिपरबाट यात्रु बोक्न थालेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक -विवश) ले जानकारी दिए ।

‘आज एक महिना बढी पुग्यो पश्चिम सुर्खेतमा गाडि आएको छैन । सडक त राम्रै छ । साना बोलेरो जिपहरु समेत आइरहेका छन्,’ अध्यक्ष विकले भने, ‘यातायातका साथीहरूलाई पटक-पटक आग्रह गर्यौं । तर उहाँहरुले वास्ता गर्नुभएन । नागरिकलाई सास्ती हुन थालेपछि शनिबारबाट पालिकाको टिपरमै निःशुल्क रुपमा यात्रु बोक्न थालेका छौं ।’

शनिबारदेखि यात्रु बोक्न शुरु गरेका टिपरको अगाडि ‘संयुक्त यातायातको ज्यादतीविरुद्ध चौकुने गाउँपालिकाद्वारा निःशुल्क यात्रा’ लेखिएको ब्यानर टाँगिएको छ । भे१ग १२९ र भे१ग १३० नम्बरका दुई वटा टिपरबाट यात्रु बोक्न थालिएको छ । आइतबारबाट चार वटा टिपर सञ्चालनमा ल्याउने पालिकाले जनाएको छ ।

यातायात व्यवसायीहरुको संयुक्त यातायात संगठनले निर्णय नै गरेर चौकुनेसम्म गाडीहरू सञ्चालन नगर्दा चौकुनेका नागरिक घण्टौं पैदल यात्रा गर्न बाध्य भएका छन् । ज्येष्ठ, नागरिक, गर्भवती महिला र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आउने विद्यार्थी झनै मारमा परेका छन् ।

पालिकाका अध्यक्ष विक स्वयम् टिपरमै बसेर चौकुनेबाट वीरेन्द्रनगर आएका छन् । यातायात व्यवसायीले सडकको कारण देखाए पनि स्थलगत अनुगमनका पश्चात् त्यस्तो कुनै समस्या नरहेको अध्यक्ष विक बताउँछन् । ‘यातायात व्यवसायीको दादागिरीले सिमा नाघिसकेको छ,’ अध्यक्ष विकले भने, ‘केही निजी जिपले मनलाग्दी भाडा असुल्दा बिरामी, गर्भवती र ज्येष्ठ नागरिकहरु थप मारमा पर्न थालेपछि टिपरमै यात्रु बोक्न थालेका हौं । यो हाम्रो रहर हैन, बाध्यता हो ।’

गाडी नचलेपछि पश्चिम सुर्खेतमा निजी बोलेरो लगायतले ५ सय रुपैयाँ भाडा लाग्ने गरेकोमा २ हजार रुपैयाँसम्म असुल्ने गरेको यात्रुहरु बताउँछन् । अबको केही समय भित्र पालिकाले आफ्नै यातायात सञ्चालन गरेर भएपनि नागरिकलाई सहज यात्रा गराउँने अध्यक्ष विकले बताए ।

यातायात व्यवसायीले पञ्चपुरी नगरपालिका-९ को विद्यापुरसम्म मात्रै गाडी चलाउँछन् । त्यसभन्दा पश्चिम गुटु, लगाम, बिजौराका नागरिकहरू गाडी नचल्दा दुई दिन पैदल यात्रा गरेर विद्यापुर आउने गरेका छन् ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरदेखि पञ्चपुरी नगरपालिकाको खम्बागाडेसम्म, खम्बागाडेदेखि पञ्चपुरी-९ विद्यापुरसम्म र विद्यापुरदेखि चौकुने-४ बल्देसम्म तीन खण्डमा मदन भण्डारी राजमार्गअन्तर्गत सडक निर्माणको काम भइरहेको छ ।

वीरेन्द्रनगरदेखि चौकुने गुटुसम्म करिब ६० किलोमिटर छ भने गुटुदेखि लगामसम्म ३३ किलोमिटर दुरी छ । उक्त रुटका लागि विभिन्न साना-ठूला गरी ११ वटा गाडीहरू वीरेन्द्रनगरबाट छुट्दै आएका थिए । पछिल्लो समय ती गाडीहरू विद्यापुरसम्म मात्रै पुग्छन् ।

अध्यक्ष विकले जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई पत्र लेख्दै जनतालाई परेको पीडा महसुस गरी गाउँपालिकाको टिपरमार्फत सवारी ओसार-पसार गर्नुपर्ने बाध्यता आएकाले आवाश्य समन्वय र सहयोग गरिदिन आग्रह गरेका छन् ।

सिन्डकेट लात्दै व्यवसायी

पछिल्लो समय सुर्खेतस्थित विभिन्न यातायात व्यवसायीहरु संयुक्त (गठबन्धन)को नाममा सिन्डिकेट लाद्न थालेका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको पालामा यातायात क्षेत्रमा भएका सबैखाले सिन्डिकेट हटाएको घोषणा गरिए पनि व्यवहारमा भने यातायात व्यवसायीको सिन्डिकेट जारी छ ।

सुर्खेतमा सञ्चालित विभिन्न यातायात प्रालिहरुलाई मर्ज गरेर संयुक्त यातायात व्यवसायी समिति बनाइएको छ । समितिको नेतृत्व प्रत्येक महिनामा परिवर्तन हुने गर्छ ।

पश्चिम सुर्खेत्ामा बाटो बिग्रेको भन्ने सूचनाका आधारमा विद्यापुरभन्दा उता यातायात सञ्चालन नगर्ने निर्णय भएको संयुक्त यातायात व्यवसायी पश्चिम रुटका इन्चार्ज गणेश गुरुङले दावी गरे । ‘विद्यापुरभन्दा उता बाटो बिग्रेको छ भनेपछि संयुक्त समितिले नै निर्णय गरेर विद्यापुरसम्मा मात्रै गाडी छुटेका छन् । अब बाटो ठीक छ भने समितिले नै निर्णय गरेपछि हामी त्यहाँ गाडी पुर्‍याउँछौँ,’ इन्चार्ज गुरुङले भने ।

अध्यक्ष विकले यातायात व्यवसायीले सिण्डिकेट लगाएको र त्यसको मारमा बिरामी, सुत्केरी लगायतका सर्वसाधारण परेको बताए । अध्यक्ष विकका अनुसार गतिलो सडक नहुँदा ३२ वर्षदेखि पश्चिम सुर्खेत्ातका नागरिक हिलाम्मे र धुलाम्मे सडकमा जोखिम मोलेर असुरक्षित यात्रा गर्न बाध्य छन् ।

यति मात्रै होइन सडककै कारण विरामीलाई अस्पताल पुर्‍याउनसम्म समस्या छ । ५० को दशकमै गाडी देखेका यहाँका नागरिक यतिबेला यातायात व्यवसायीको सिन्डिकेटका कारण विगत एक महिनादेखि गाडी चढ्न पाएका छैनन् ।

लगामसम्म गाडी नचल्नुमा यातायात व्यवसायी, चौकुने गाउँपालिका र स्थानीयहरूका आ-आफ्नै दाबी छन् । यातायात व्यवसायीले सडक बिग्रिएका कारण गाडी सञ्चालन गर्न नसकिने दाबी गरिरहँदा गाउँपालिका र स्थानीयले व्यवसायीले सिन्डिकेट लगाइरहेको बताउँदै आएका छन् ।

बाटो बिग्रिएको बहानामा गाडी नचलाउनु मानवअधिकारको हनन् भएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक बताउँछन् । ‘जनताको मानवअधिकार हनन भएको छ । व्यवसायीहरुले पैसा कमाउन गाडी किन्नुभएको हो, सेवाको भाव देखिएन । बर्खा त पहिला पनि आउँथ्यो, पहिला स्याउला हाल्दै गाडी चलाउनुहुन्थ्यो,’ उनले भने, ‘तिम्रा गाडी ताला तलाएर राख, हामी बिकल्प खोज्छौं ।’

अध्यक्षले माफी नमागे गाडी चलाउँदैनौं : व्यवसायी

चौकुने गाउँपालिकाको लगामसम्म गाडी सञ्चालन हुन नसक्नुको मुख्य कारण सडक रहेको कर्णाली प्रदेश संयुक्त यातायात व्यवसायी संघका संयोजक नारायण चपाईंले बताए ।

आफूहरूले बाटोको निरीक्षण गर्दा मर्मत गर्नुपर्ने देखिएकाले सडक मर्मत भएपछि मात्रै सञ्चालन गर्ने निर्णय गरेको उनको भनाइ छ । सडक निर्माण कार्य चलिरहेकाले पनि गाडी चलाउन समस्या रहेको चपाईले बताए ।

बुधबार गाउँपालिकाले गरेको पत्रकार सम्मेलनमा पालिका अध्यक्ष विकले सार्वजनिक रूपमा यातायात व्यवसायीमाथि लगाइएको आरोप र अभिव्यक्तिप्रति दुई दिनभित्र माफी नमागेसम्म बड्डीचौरभन्दा अगाडि गाडी नपठाउने उनको भनाइ छ ।

अध्यक्ष विकले व्यवसायीमाथि दलाल, भ्रष्ट र लुटेराको आरोप लगाएको संयोजक चपाईको भनाइ छ ।

आज सर्वदलीय बैठक बस्दै

पश्चिम सुर्खेतमा यातायात सञ्चालन गर्न आज दिउँसो सर्वदलीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए । ‘पश्चिम सुर्खेतको विषयमा अनाावश्यक हल्ला फैलाइएको छ । बाहिर प्रचार गरिए जस्तो समस्या त्यहाँ छैन,’ प्रजिअ सापकोटाले अनलाइनखबरसँग भने, ‘आज दिउँसो सर्वदलीय बैठक बोलाइएको छ । बैठकबाट समस्याको हल निकाल्छौं ।’

तत्काल यातायात व्यवसायीले सेवा दिन तयार नरहेकाले गुटुसम्म सेवा दिने सहमति अघिल्लो बैठकमा भएको सापकोटाले बताए । ‘साउन १० गते गुटुसम्म मात्र सवारी चलाउने भनेर निर्णय नै भएको थियो,’ उनले भने ।

बाढी-पहिरो, जमिन गलेको अवस्थामा यातायात व्यवस्था विभागले स्वीकृति दिँदैन त्यसैले सडकको अवस्थाअनुसार समस्या समाधान गर्न के गर्ने भन्ने विषयमा छलफल राखिएको उनले बताए ।

व्यवसायीले जान सकिन्न भनेको अवस्थामा प्रशासनले जबर्जस्ती पठाउन नसक्ने प्रजिअ सापकोटा बताउँछन् । ‘व्यवसायीले जान सक्दैनौं भनिरहेका बेला घोक्राएर पठाउन पनि त मिलेन,’ उनले भने, ‘सवारीसाधन चलाउनका लागि प्राविधक रूपमा सडक ठीक हुनुुपर्‍यो, सवारी सञ्चालनमा यातायात व्यवसायी तयार हुनुपर्ने होला नि ?’

Previous Post

‘जापान काण्ड’ भन्दै जापनमा रहेकी प्रेमिकाको भिडियो प्रेमीले पोर्न साइटमा राखिदिएपछि…!

Next Post

साउन २१ गतेदेखी २७ गते सम्म कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् साप्ताहिक : राशिफल

HoKhabar

HoKhabar

Related Posts

समाचार

करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले

by हो खबर
३ दिन अगाडि
0
1.2k

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा...

Read more

अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति

३ दिन अगाडि
1.2k

तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

१ हप्ता अगाडि
1.2k

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

१ हप्ता अगाडि
1.2k

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

१ हप्ता अगाडि
1.2k
Next Post

साउन २१ गतेदेखी २७ गते सम्म कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् साप्ताहिक : राशिफल

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In