१७ साउन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दल मिलेर पनि देश चलाउन नसकेको आरोप लगाएका छन ।
आज बुधबार तुलसीलाल अमत्यको २६औं स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठनबन्धन सरकारले देश चलाउन नसकेको आरोप लगाएका छन ।
उनले भने, ‘भाग्यमा छ भनेर डोकामा दुध दुहुन खोज्यो भने अडिदैन । हामी बाहेक अब देश चलाउनै सक्दैनन् । १० टाउके भएर चलाउँदा खेरी पनि चलाएनन् नि ।
१० टाउके भएर चलाउँदा पनि चलाउन सकेनन् ।’ उनले आफू प्रधानमन्त्री भएको बेलामा कोभिडबाट पनि देशलाई तहसनहस हुन नदिएको दाबी गर्दै उनले अहिले देशका सबै संरचना तहसनहस भएको बताएका छन ।






Discussion about this post