१६ साउन – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करी काण्ड माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको दाबी गरेका छन् ।सोमबार (हिजो) अध्यक्ष ओली पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको दशौं बैठकलाई सम्बोधन गर्दै सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै नसक्ने जिकिर गरेका हुन् । अध्यक्ष आलीले भने, ‘घटनाक्रमहरूले सुनकाण्डमा माओवादीको संलग्नता देखिएको छ । उनीहरूले घटनाक्रमलाई अन्यत्र मोड्न खोजेका छन् । गोदाममा रहेको साढे नौ किलो सुन हरायो ? यो भन्दा राज्यशक्तिको भद्दा दुरूपयोग के हुन्छ ?’
यस्तै उनले गृहमन्त्री मातहतको मेसिनरीले के हेरेको ? भन्दै प्रश्न समेत गरे । यसमा गृहमन्त्रीको संलग्नता छ, त्यसैले हामीले गृहमन्त्रीको राजीनामा मागेका हौं’, ओलीले थपे ।
गृहमन्त्रीको संलग्नता भएकै कारण घटनाक्रमलाई अन्यत्र मोड्न यता उता देखाउने र ‘टार’ र ‘कोट’ को कुरा गरेको आरोप लगाए । सरकारको जिम्मेवार मन्त्रीले अरूमाथि आरोप लगाउँदा पुष्टि गर्नुपर्ने पनि उनले बताए ।





Discussion about this post