पूर्वमिस नेपाल माल्भिका सुब्बा श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्।
अभिनेत्री प्रियंका कार्कीको ‘द फोर्थ ट्राइमेस्ट’ नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि नै श्रीमानसँग सम्बन्ध विच्छेद गरेको बताएकी हुन्।
तर आफूले सम्बन्ध विच्छेद गरेर पछुतो भने नलागेको उनले बताएकी छिन्। उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन्।
सुब्बाले भनेकी छिन्, ‘मैले सम्बन्ध विच्छेद गर्दा केही लिइनँ। मलाई केही चाहिँदैन, बच्चाको लागि मात्र हेरिदेऊ भनेँ। हामीले समझदारीमै छोराको को-कस्टडी गर्ने निर्णय लियौं। सम्बन्ध विच्छेद गरेर पछुताएको होइन तर त्यति बेला मैले रित्तो महसुस गरेँ।’
विवाहको केही समयसम्म ठीकठाक चले तापनि आफू गर्भवती भएदेखि सम्बन्धमा दरार सुरु हुन थालेको माल्भिकाको भनाइ छ। गर्भावस्थामा आफूले श्रीमानबाट पर्याप्त साथ नपाएको उनले बताएकी छन्।
आफूहरुको अन्तरजातीय विवाह भएका कारण पनि समस्या उब्जिएको उनले बताएकी छिन्। दुई परिवारको संस्कृति र परम्परामा धेरै फरक भएकाले पनि समस्या उब्जिएको माल्भिकाको भनाइ छ।
श्रीमानसँग सम्बन्ध बिग्रिएपछि आफूले एक्लै छोरा हुर्काउनु परेको माल्भिकाले बताएकी छिन्। छोरा २ वर्षको भएपछि आफूले श्रीमानको घर छाडेको उनले बताइन्। यो उनको एकल निर्णय थियो।
आफूले घर छाड्दा माइतीले पनि साथ नदिएको उनले बताएकी छिन्। त्यसबेला आफूलाई २-३ जना साथीहरुबाहेक कसैको सपोर्ट नगरेको उनले भनेकी छिन्।
डिभोर्स पछि छोरालाई दुवैले ‘को प्यारेन्टिङ’ गरेर हुर्काइरहेको पनि उनले बताएकी छिन्। श्रीमानसँग सम्पत्ति केही पनि नलिएको माल्भिकाको भनाइ छ।
माल्भिकाले ३ वर्षको प्रेम सम्बन्धपछि रियाज श्रेष्ठसँग २०६९ सालमा विवाह गरेकी थिइन्।






Discussion about this post