HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

महिलालाई किन पुरुषभन्दा बढी आवश्यक छ निद्रा ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मानसिक, शारीरिक र भावनात्मक रुपमा स्वस्थ रहन भरपूर निद्राको आवश्कता पर्छ । पछिल्लो दुई वर्ष कोरोनाका कारण विश्वभरका मानिसहरु घरमा नै बस्न वाध्य भए । घरभित्र नै बस्ने र काम पनि घरबाट नै गर्नुपर्ने भएपछि मानिसहरु परिवारलाई भन्दा कम्प्युटरलाई धेरै समय दिन थाले । जसको प्रत्यक्ष असर निन्द्रामा पर्न गयो । अनिन्द्राका कारण स्वास्थ्यमा समेत समस्या पर्न थाल्यो ।

निद्राको कमीबाट काम गर्ने महिला सबैभन्दा बढी प्रभावित भएका छन् ।  विशेषज्ञका अनुसार महिलालाई पुरुषको तुलनामा धेरै निद्राको आवश्यकता पर्छ ।

अनुसन्धानले के भन्छ ? 
२०१४ मा ‘एक्सप्लोरिङ सेक्स एन्ड जेन्डर डिफरेन्जेस इन स्लीप हेल्थः अ सोसाइटी फर वुमन हेल्थ रिसर्च’ को रिपोर्ट नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित गरिएको हो । यसका अनुसार महिला र पुरुषमा निद्राको घन्टा फरक–फरक हुन्छ । अर्थात् दुवैलाई सुत्न समय चाहिन्छ । तर यसको अवधि भने फरक हुन्छ । अनुसन्धानका अनुसार महिलालाई अनिद्रा र रेस्टलेस लेग्स सिन्ड्रोम हुने खतरा ४० प्रतिशत धेरै हुन्छ । पुरुषलाई महिलाको तुलनामा धेरै गहिरो निद्रा आउँछ । अमेरिकाका डाक्टर सिवाशीष डे यो अनुसन्धानलाई सही मान्छन् । उनका अनुसार महिलालाई पुरुषको तुलनामा धेरै निद्राको आवश्यकता पर्छ ।

रेस्टलेस लेग्स सिन्ड्रोमका लक्षण 
खुट्टामा दुखाई, कम्पन, झनझनाहट र बेचैनी हुन्छ । निद्रा आउनमा समस्या हुन सक्छ । यस्तो लाग्छ कि खुट्टामा केही घुमिरहेको छ । महिला र पुरुषको बायोलोजिकल संरचना फरक हुन्छ । यसैले दुवेलाई निद्राको आवश्यकता फरक हुन्छ ।

डा. सिवाशीषका अनुसार अनुसन्धान महिला र पुरुषले दिन बिताउने तरिकाको आधारमा गरिएको थियो । भुक्तानी गरिने र नगरिने काम, सामाजिक जिम्मेवारी र परिवारको हेरचाहको समय पनि नोट गरिएको थियो ।

महिलालार्य पुरुषको तुलनामा करिब ११ देखि १३ मिनेट बढी निद्रा लाग्छ । परिवारको हेरचाहका लागि महिलालाई आधा रातमा पनि उठ्नु पर्ने सम्भावना रहन्छ । महिलाको तुलनामा पुरुष धेरै गहिरो निद्रामा सुत्छन् ।

डां सिवाशीष डे भन्छन्, ‘महिलाले दिनमा पनि सुत्ने सम्भावना बढी रहन्छ । किनकी बाँकी समयमा यदि उनी सुत्छिन् भने कुनै न कुनै कामबाट उनलाई उठ्नु पर्छ । निद्रा पूरा त्यतीबेला हुन्छ जब कसैले तपाईलाई बीचमै उठाउँदैनन् । दिनमा पति र बच्चा बाहिर भए भने उनलाई सुत्ने समय मिल्छ । यसै कारणले रातिको निद्रामा पनि कमी आउँछ ।

यी चार कारणले महिलालाई पुरुषको तुलनामा धेरै निद्रा आउँछ
१. स्लीप डिसअर्डर 

महिलामा निद्रा कम आउनु र रेस्टलेस लेग्स स्रिन्ड्रोम हुने खतरा ४० प्रतिशत बढी हुने गर्छ । यसका कारण उनीहरुलाई आफ्नो खुट्टा चलाउने इच्छा हुन्छ । यसै कारणले बीचबीचमा आफ्नो निद्रा खुलिरहन्छ र भरपुर निद्रा आउँदैन । यो छुटेको निद्रा पूरा गर्नका लागि महिलालाई धेरै निद्राको आवश्यकता पर्छ ।

२.हर्मोनल असन्तुलन

महिलामा कयौँ किसिमका हर्मोनल परिवर्तन हुन्छ । जसमा उनीहरुको सर्केडियन रिदममा गडबडी हुन्छ । यसै कारणले महिलालाई धेरै निद्राको आवश्यकता पर्छ ।

३.मानसिक स्वास्थ्य 

पुरुषको तुलनामा महिलालाई डिप्रेशनमा जाने सम्भावना दुई गुणा हुने गर्छ । नेपालमा महिलालाई आफ्नो पेशागत र निजी जिन्दगी दुवै जिम्मेवारी उठाउनु पर्छ ।
यस्तोमा उनलाई प्रतिकूल मानसिक स्वास्थ्यको सामना गर्नुपर्छ । स्वस्थ मानसिक स्वास्थ्यका लागि भरपूर निद्राको आवश्यकता पर्ने डाक्टर डे बताउँछन् ।

व्यक्तिगत जिवनशैली र फिटनेस  रातको राम्रो निद्राले महिलामा मेटाबोलिजममा सहयोग गर्छ । यसले व्यायाम, ध्यान र दिनभरीको जरुरी कामका लागि शरीरमा उर्जा प्रदान गर्छ । लाफबोरो युनिभर्सिटी यूकेका शोध कर्ताका अनुसार मल्टिटास्किङ हुने कारण महिलालाई पुरुषको तुलनामा धेरै निद्राको आवश्यकता पर्छ ।

महिलालाई पुरुषको तुलनामा २०–३० मिनेट धेरै निद्राको आवश्यकता पर्छ महिलाको जिवनशैली, फिटनेस र कयौँ जिम्मेवारीलाई एक साथ निभाउनु आवश्यक पर्छ ।

Previous Post

निद्रा के हो र शरीरलाई यो किन आवश्यक ?

Next Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन ५ गते शुुक्रवार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
सुपा देउराली

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,साउन ५ गते शुुक्रवार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.