शिवभक्तहरूका लागि साउन महिना निकै शुभ मानिन्छ। साउन महिना छिट्टै सुरु हुँदैछ। यस वर्ष साउनमा पाँच सोमबार परेका छन्। साउनको सोमबार व्रत बसेर शिवको पूजा गर्ने विशेष महत्व रहेको छ।
ज्योतिषीहरुका अनुसार साउन महिनामा भगवान शिवको पूजा गर्नुका साथै केही शुभ चिजको किनमेल गर्नु पनि शुभ मानिन्छ। भगवान शिवलाई अर्पण गर्नाले सुख–समृद्धि बढ्छ भन्ने विश्वास छ। साउन महिनामा कुन-कुन चिज किन्नु शुभ हुन्छ? जान्नुहोस्
रुद्राक्ष, त्रिशूल, डमरु, जलपात्र, रजत नन्दी,चाँदीको नाग-नागिनको जोडी, चाँदीको बक्समा खरानी, चाँदीको ब्रेसलेट, चाँदीको चन्द्रमा, चाँदीको बेलपत्र
हिन्दू पञ्चाङ्ग अनुसार यस वर्ष साउनमा तीनवटा रवियोग बनिरहेका छन्। साउनको पहिलो सोमबार शोभन र रवि योग बनिरहेको छ। दोस्रो सोमबार सर्वार्थ सिद्धि योग रहनेछ। यससँगै यस दिन प्रदोष व्रतको संयोग पनि परेको छ। तेस्रो सोमबार पनि रवि योग बनिरहेको छ। चौथो सोमबार एकादशी परेको छ।





Discussion about this post