काठमाण्डौ, ३१ असार– नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले केही राजनीतिक दलको व्यवहार र बोलीमा फरकपन पाइने गरेको बताएका छन ।
आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले मिटरब्याजसम्बन्धी विधेयकको नाम नलिई उक्त विधेयक पारित हुने बेला संसद अवरुद्ध गरिएको बताएका छन ।
उनले भने, ‘जब जब मधेश, मधेशी र मधेशमा बसोबास गर्ने जनताहरुको अनुहारमा खुसीयाली आउने विधेयकहरु संसदमा प्रस्तुत हुन्छन् ।
तब तब केही पार्टीहरुले पाँच बित्ता उफ्री उफ्री सदन अवरुद्ध गरिन्छ’ तर केही दिन पछि त्यही पार्टीका आदरणीयहरुले सात बित्ता उफ्रिएर त्यही विधेयक प्रस्तुत गरियोस् भनिन्छ । यसरी नौटंकी गरिन्छ ।
कृपया यो नौटंकी बन्द गरियोस् । म अनुरोध गर्न चाहन्छु ।’






Discussion about this post