• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:05:14+05:45300520266 2026-06-04T08:05:14+05:45000000Thu, 04 Jun 2026 08:05:14 +0545Thu, 04 Jun 2026 08:05:14 +0545Asia/Kathmandu630_300506Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000014Asia/Kathmandu 620266-8Jun+0545 300506Asia/Kathmandu1430am06p, 0000006ThursdayAsia/Kathmandu1414 262026000000 k620264 3008Asia/Kathmandu 0405ffAsia/KathmanduThu, 04 Jun 2026 08:05:14 +0545Asia/Kathmandu62026-06-04T08:05:14+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:05:14 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 05f ( '300506Asia/Kathmandu1430am06p' === $3026pAsia/Kathmandu || '1780539614' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:05:14 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:05:14 +05456 $80630 ? 300506Asia/Kathmandu() : 300506Asia/Kathmandu() + (05630) ( 8Asia/Kathmandu30_2026p300520266( '80630_2026ff14Asia/Kathmandu30' ) * 08+05451780539614R_04_thEC+05454Thuth ); } 05f ( '062614qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:05:14'; } $300506Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539614+0545C' ) : 4p_300506Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300506Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450506Asia/Kathmandu( '620264', $300506Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:05:14 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:05:14 +05456 $04am30Asia/Kathmandu300506Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:05:14 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मिर्गौलामा पत्थरी आम समस्या हो । मिर्गौलामा पत्थरी विभिन्न कारणले हुन्छ । तर कारण जे होस्, यसले बिरामीलाई अत्यधिक पीडा दिने गर्छ । यति मात्र होइन, यसको समयमा उपचार गरिएन भने यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ ।

त्यसैले मिर्गौलामा पत्थरी के कारणले हुन्छ ? यसको उपचार कसरी गरिन्छ

मिर्गौलामा पत्थरी के कारणले हुन्छ ?

सामान्यतया मिर्गौलाको काम भनेको शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निष्कासन गर्नु हो । तर कहिलेकाहीं शरीरमा भएका क्याल्सियम, अक्सालेट, फोस्फेट, सोडियम, म्याग्नेसियम, युरिक एसिडलगायत विभिन्न इलेक्ट्रोलाइटयुक्त तत्त्वको तालमेल मिल्दैन, जसले गर्दा मिर्गौलामा पत्थर जम्मा हुने गर्छ ।

‘क्याल्सियम अक्सालेट’ पत्थरी मिर्गौलाको पत्थरीको सबैभन्दा सामान्य प्रकार हो । शरीरमा क्याल्सियम र अक्सालेटको मात्रा चाहिने भन्दा बढी भयो भने पिसाबमा घुलेर बाहिर ननिस्किएर थिग्रिएर बस्छ र ढुङ्गा बन्छ ।

मिर्गौलाबाट आएको पिसाब मूत्रनली हुँदै पिसाबथैलीमा आउनुपर्छ । तर यदि मिर्गौला र मूत्र नलीको बनावट राम्रो छैन भने पिसाब थैलीमा आउन सक्दैन । जसले गर्दा पिसाब मिर्गौलामा नै रहिरहन्छ र नुन थिग्रिएर ढुङ्गा बन्छ ।

विभिन्न किसिमको पिसाबको इन्फेक्सन भयो भने कीटाणुहरूले पिसाबमा भएको युरियालाई टुक्राएर ढुंगा बन्न सक्छ । कुपोषित बच्चाहरूमा पिसाब थैलीमा ढुंगा बन्न सक्छ । साथै वृद्धावस्थाका पुरुषहरूमा प्रोस्टेट ठूलो भएर पिसाब थैलीबाट पिसाब निख्रिन सकेन भने पिसाब थैलीमै अड्किएर ढुंगा बन्छ ।

सुपारी खाने मान्छेको मिर्गौलामा पत्थरी हुन्छ भनिन्छ, यो कति सत्य हो ?

सुपारी खाएकै कारण मिर्गौलाको पत्थरी हुने होइन । तर पत्थरी गराउने कारणमध्येमा सुपारी पर्छ । सुपारीमा ‘एरकोलिन’ भन्ने केमिकल हुन्छ, जसले ढुंगा बनाउन मद्दत गर्छ । तर सुपारी धेरै खाने मानिसमा पत्थरी हुन्छ नै भन्ने पनि छैन । बरु रातो मासु, धेरै नुनिलो खानेकुरा खाने व्यक्तिमा पत्थरीको समस्या देखिन सक्छ । युरिक एसिड भएको व्यक्तिले युरिक एसिड बढ्ने खानेकुरा धेरै खायो भने ढुंगा बन्न सक्छ ।

पत्थरी भएको कसरी थाहा हुन्छ ?

पत्थरी भए बिरामीलाई अत्यधिक दुखाइ हुन्छ । धेरैजसो पत्थरी मिर्गौलामा नै बन्छ । मिर्गौला ढाड नजिक हुने भएको ढाड दुख्यो भने मिर्गौलामा पत्थरी छ कि भनेर शंका गर्न सकिन्छ । त्यो पत्थरी नलीमा अड्कियो भने त्यसले गर्दा मिर्गौलाबाट पिसाब निस्कन पाउँदैन अड्किन्छ, जसले गर्दा मिर्गौला फुल्छ र ढाड दुख्छ ।

पिसाब थैलीमा ढुंगा छ भने पेट दुख्छ । पिसाब पोल्ने, बारम्बार पिसाबको इन्फेक्सन हुने, पिसाब पोल्ने र पिसाबमा रगत देखा पर्ने जस्ता लक्षणहरु देखिन्छन् । कसैकसैमा पिसाबमा साना-साना ढुंगाको टुक्रा जाने पनि हुन्छ । यी लक्षणहरू देखिए पत्थरी हो कि होइन भनेर पत्ता लगाउन अल्ट्रासाउन्ड गर्नुपर्छ । अल्ट्रासाउन्डमा सबै प्रकारको ढुंगा देखिन पनि सक्छ त्यस्तोमा सिटिस्क्यान गरेर पत्थरी भए नभएको थाहा पाउन सकिन्छ ।

एउटा आम बुझाइ के छ भने मिर्गौलामा पत्थरी भएमा डाक्टरले नै बियर पिउने सल्लाह दिन्छन् । यो सत्य हो ?

मिर्गौलामा पत्थरी भएमा डाक्टरले नै बियर पिउने सल्लाह दिन्छन् भन्ने कुरा पूरा सत्य होइन र डाक्टरले त्यस्तो सल्लाह दिन पनि मिल्दैन ।

पिसाब कम बनेको अवस्थामा क्रिस्टल थिग्रिएर ढुंगा बन्छ । पिसाब उचित मात्रामा लाग्यो भने सानो साने ढुंगा पिसाबबाटै निस्कन सक्छ । त्यसैले उचित मात्रामा पिसाब बन्न प्रशस्त मात्रामा तरल पदार्थ पिउनुपर्छ भन्ने सल्लाह चाहिं हामी दिन्छौं । पानी, दाल, दही, मोही लगायतका तरल पदार्थ दैनिक तीन लिटर खानुपर्छ ।

बियर पिउँदा अन्य तरल पदार्थको तुलनामा बढी पिसाब हुने भएकाले बियर पिउँदा ढुंगा मर्छ भन्ने कुरा आम मानिसले गरेका हुन् । तर पत्थरीमा बियर पिउनु भनेर सल्लाह दिनु गलत हो ।

मिर्गौलामा पत्थरी भएको भन्दै बियर खाँदा त्यसले अरू अंगमा हानि गर्छ होला नि ?

मिर्गौलामा पत्थरी भएको भन्दै धेरै बियर पिउँदा अन्य अंगमा हानि गर्न सक्छ । पत्थरी निकाल्न भन्दै धेरै बियर पिएर ‘अल्कोहल पोइजनिङ’ भएर अस्पताल आएर आईसीयूमै भर्ना गर्नु परेको घटना पनि छन् । त्यसैले पत्थरी निकाल्न भन्दै धेरै बियर पिउनु गलत हो ।

मिर्गौलाको पत्थरी भएमा के के छ उपचार ?

पत्थरी सामान्य प्रकारको छ भने यस्तो उपचार विधिको प्रयोग गरिन्छ । यस्तो उपचार औषधिको सेवनबाटै सम्भव हुन्छ । यदि पत्थरी स–साना छन् भने बिरामीलाई औषधि र पानीको मात्रा बढाउन लगाइन्छ । जसका कारण पत्थरी सजिलै पिसाबसँगै बगेर जान्छ ।

अर्को उपचार विधि भनेको ‘ओपन स्टोन सर्जरी’ हो । जुन चिरेर पत्थरी निकाल्ने गरिन्छ । निकै ठूलो पत्थर भएको अवस्थामा यस्तो विधि अपनाइन्छ । अर्को उपचार विधि भनेको इएसडब्लुएल हो । यो पनि नचिरीकनै गरिने अप्रेसन हो । यस्तो विधिमा बाहिरबाटै सेकेर पत्थरलाई फुटाइन्छ । र, त्यो फुको पत्थरलाई पिसाबको माध्यमबाट बगाइन्छ ।

छालाबाट प्वाल पारेर पनि पत्थरीको उपचार गरिन्छ । यस्तो उपचार विधिलाई पीसीएनएल भनिन्छ । यस्तो अप्रेसन गर्दा प्वालबाट दुई प्रकारका पाइप छिराइन्छ । एउटा स्टाडर्ड पीसीएनएल पाइपको प्रयोग गरिन्छ । अर्को चाहिं मिनी पीसीएनएल पाइप । खासगरी सानो खानको पत्थरको लाग मिनी पीसीएनएल पाइपको प्रयोग गरिन्छ । त्यही प्वालबाट पाइपबाट टेलिस्कोपको माध्यमले पत्थरीको अवस्था अवलोकन गरिन्छ । र, त्यही पाइपबाट पत्थर निकालिन्छ ।

अर्को शल्यक्रिया विधिलाई यूआरएस भनिन्छ । विशेषगरी पिसाब नलीमा पत्थरी भएको अवस्थामा यस्तो विधिको सहारा लिने गरिन्छ । मिर्गौलामा भएको पत्थरीमा यस्तो विधि अपनाउँदै अपनाइँदैन भन्ने चाहिं होइन । यस्तो प्रकृतिको उपचार गर्दा पहिला पिसाबनलीबाट पाइप छिराएर पत्थरलाई फोड्ने काम गरिन्छ । जसको लागि फ्लेक्जिबल युरिन लेजरको प्रविधि प्रयोग हुन्छ । अनि पत्थरी झिक्ने काम गरिन्छ ।

पत्थरी हुनै नदिन के गर्ने ?

पत्थरीको समस्याबाट जोगिन दैनिक तीन लिटर पानी पिउनुपर्छ । खानामा नुनको मात्रा कम गर्नुपर्छ । नुनको मात्रा कम गरेमा पत्थरी बन्न धेरै कम हुन्छ । योसँगै तौलमा नियन्त्रण हुनुपर्छ र प्रोटिनयुक्त खाना कम खानुपर्छ ।

ढुंगा सानो हुँदा नै पत्ता लाग्यो भने सामान्य उपचारबाट पनि निको हुन सक्छ । त्यसको लागि वर्षमा एक पटक पिसाबको रुटिन जाँच, भिडियो एक्सरे गर्नुपर्छ ।

Previous Post

ट्वीटरलाई टक्कर दिन भन्दै मेटाले ल्यायो थ्रेड्स

Next Post

गर्भावस्थामा अत्यधिक बान्ता, महिलाका झरे सबै दाँत

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

गर्भावस्थामा अत्यधिक बान्ता, महिलाका झरे सबै दाँत

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In