२१ असार– राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष (२०७९) को माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल आज बिहीबार सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन् ।
उनीहरुको संख्या १ लाख २ हजार २९३ रहेको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागि रहेका थिए ।








Discussion about this post