२१ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार स्थिर देखिएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से ०.०६ अंकको सामान्य गिरावट भएर २०४९.३८ को विन्दुमा बन्द भएको हो ।
कारोबार खुलेको सुरुवाति समयमा केही वृद्धि देखिएको नेप्से दिनभर जस्तो रातो देखिएपनि करिब २ बजेपछि भने उचारचढाव देखिएको थियो । अन्तिममा सामान्य गिरावट भएर बन्द भएको हो । ‘इन्ट्रा–डे’ कारोबारमा २०३३.४३ अको विन्दुसम्म झरेको थियो भने २०६४.५७ को उच्च बिन्दु कायम गरेको थियो ।





Discussion about this post