HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

७ खानेकुरा, जसले गराउन सक्छ ग्यास्ट्रिक

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो समय स्वास्थ्यलाई भन्दा स्वादलाई केन्द्रमा राखेर खानेकुरा खाँदा ग्यास्ट्रिकको समस्याबाट पीडित हुनेको संख्या बढिरहेको छ । प्रशोधित र प्याकेट बन्द खानेकुराले ग्यास्ट्रिकसम्बन्धी समस्या बढ्दै गएको हामी सुन्छौं । तर के साँच्चै खराब खानपानले ग्यास्ट्रिक हुन्छ त ?

कोक, फ्यान्टा, डिउजस्ता पेय पदार्थ

कोकाकोला, फ्यान्टा, डिउ,स्प्राइटजस्ता पेय पदार्थमा हुने ग्यास र एसिडले ग्यास्ट्रिकको समस्या निम्त्याउँछ ।

चिया, कफी

चिया, कफीमा हुने क्याफिनले भोक कम लाग्ने, डकार धेरै आउने र पेटमा दुखाइको महसुस हुने गर्छ ।

चुरोट, सुर्तीजन्य पदार्थ

चुरोट तथा सुर्तीजन्य पदार्थले पनि ग्यास्ट्रिकको समस्या निम्ताउँछ । चुरोट र सुर्तीमा हुने विभिन्न रसायनले ग्यास्ट्रिकको समस्या ल्याउँछ ।

रक्सी

रक्सी खायो भने एसिड बढी निस्किन्छ, जसले गर्दा ग्यास्ट्रिक गराउँछ । रक्सीको धेरै सेवनले ग्यास्ट्रिक मात्र होइन, कलेजोको समस्या पनि निम्तिन सक्छ ।

समोसाजस्ता तारेको र चिल्लो खानेकुरा

समोसा, आलु चिप्सजस्ता तेलमा तारेको वा धेरै चिल्लो खानेकुराले पनि ग्यास्ट्रिकको समस्या हुन्छ । साथै बारबिक्यु पोलेको खानेकुराले पनि ग्यास्ट्रिक गराउँछ ।

बासी खानेकुरा

कुनै खानेकुरालाई धेरै दिन फ्रिजमा राखेर तताएर खाइयो भने त्यसले पनि ग्यास्ट्रिकको समस्या हुन्छ । साथै होटेलमा धेरै दिनदेखि तयार बनाएर राखिएको खानेकुरा र प्याकेट बन्द खानेकुराले पनि ग्यास्ट्रिकको समस्या हुन्छ ।

बट्टामा खाँदेको अचार

बट्टामा खाँदेको अचारमा मसाला र तेल धेरै हालिएको हुन्छ । यसको अत्यधिक सेवनले पेट फुल्ने दुख्ने र आन्द्रामा घाउसमेत हुन सक्छ ।

यस्ता खानाले किन ग्यास्ट्रिक हुन्छ ?

धेरै चिल्लो, पिरो, मसालेदार खानेकुरा खाना नली हुँदै आमाशयमा जान्छ र सबैभन्दा पहिले पेट पोल्न थाल्छ र खाना पच्न नै गाह्रो हुन्छ । चुरोट, रक्सी, चिया, कफी, चुरोट र रक्सीको धेरै सेवनले आन्द्रा तथा आमाशय बिस्तारै सुन्निएर ग्यास्ट्रिकको समस्या र पेटमा घाउ नै पनि हुन सक्छ ।

ग्यास्ट्रिकबाट बच्न कस्तो खाना ?

फाइबर पाचनतन्त्रका लागि एकदमै उपयोगी हुन्छ । त्यसैले सिमी, आल्मन्ड, ओखर, तिल, स्ट्रबेरीजस्ता फाइबरयुक्त खानेकुरा ग्यास्ट्रिकबाट बच्नका लागि लाभदायक हुन्छ ।

हरियो सागपात, सबै प्रकारका तरकारी, फलफूल, माछा, बोसोरहित मासु ग्यास्ट्रिकका बिरामीका लागि महत्त्वपूर्ण खाना हुन् । यी खानामा प्रशस्त मात्रामा पौष्टिक तत्त्व पाइने हुनाले पेट र आन्द्रामा भएको संक्रमणलाई समेत कम गर्छन् ।

Previous Post

मानिस गरीब हुने १० कारणहरु, जान्नुहोस्!

Next Post

अब ट्विटरबाट पनि पैसा कमाउन सकिने,कसरी ?

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

अब ट्विटरबाट पनि पैसा कमाउन सकिने,कसरी ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.