HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

हरिशयनी एकादशी व्रत अर्थात (तुलसी रोप्ने) दिन

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भोलि बिहिवार हरिशयनी एकादशी परेको छ । यो पर्व नेपाल र भारत लगायतका देशमा हिन्दू धर्मावलम्बीहरूले मनाउने गरेका छन् ।यसलाई हरिशयनी, देवशयनी, विष्णुशयनी, पद्मा एवं शयन एकादशीको नामले पनि चिनिन्छ । यस एकादशीको व्रत प्रभावका कारण लोकमा भोग र परलोकमा मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ । व्रत गर्न नसकेपनि व्रतकथालाई अवश्य पढ्ने र सुन्नुपर्ने धर्मशास्त्रमा व्याख्या गरिएको छ ।

पुराणहरूका अनुसार, यस दिनबाट भगवान् विष्णु चार महिनाका लागि पाताललोकमा बलिको द्वारमा बस्ने गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीमा फर्कनुहुन्छ ।अन्य पौराणिक कथामा यस दिनबाट भगवान् विष्णु चार महिना सागरमा शयन गर्ने भएका कारण यस एकादशीलाई हरिशयनी एकदशी भनिन्छ । धर्मशास्त्रका अनुसार, यो चार महिना भगवान् विष्णु निद्रामा हुने भएका कारण यस समयमा महत्त्वपूर्ण कार्य गर्न वर्जित गरिएको छ ।

यसबेलामा विवाह लगायतका काम गर्न नहुने धर्मशास्त्रमा व्याख्या गरिएको छ । ब्रह्मवैवर्त पुराणका अनुसार, हरिशयनी एकादशीको निकै ठूलो महत्त्व छ । यस एकादशीमा व्रत बस्नाले सबै मनोकामना पूरा हुने अनि सबै पाप नष्ट भई भगवान् हृषीकेश प्रसन्नु हुनुहुनेछ ।

यो महान् पुण्यमयी, स्वर्ग र मोक्ष प्रदान गर्ने तथा समस्त पाप हर्ने व्रत हो । हरिशयनी एकादशीको दिनदेखि शुरू हुने चतुर्मासमा प्रतिदिन पुरुषसूक्तको जपको पनि महात्म्य छ ।चतुर्मास भगवान् विष्णुको निद्राकाल हुनाले विवाह, व्रतबन्ध, गृहप्रवेश लगायतका मांगलिक कार्यमा विराम लाग्छ । यस अवधिमा साधुसन्तहरू एक स्थानमा बसेर विशेष साधना गर्छन् ।

भगवान् विष्णुको शयनका विषयमा अनेकौं कथा प्रचलित छन् । भविष्यपुराणमा उल्लेख भएअनुसार, एकपटक युधिष्ठिरले भगवान् श्रीकृष्णलाई सोधे, ‘प्रभो, देवशयन के हो ? देवता नै सुतेपछि संसार कसरी चल्छ ? देव किन सुत्नुहुन्छ ?’

श्रीकृष्णले उत्तर दिनुभयो, ‘राजन्, कुनैबेला योगनिद्राले भगवानलाई आफ्नो अंगमा स्थान दिन प्रार्थना गरिन् । त्यसपछि भगवानले योगनिद्रालाई नेत्रमा स्थान दिँदै चार महिना यहीँ बस्नू भन्नुभयो । त्यसपछि योगनिद्राले मेरो नेत्रमा वास गरिन् ।’

श्रीमद्भागवत महापुराणका अनुसार, श्रीविष्णुले एकादशीको दिन आततायी शंखासुरको वध गरेपछि परिश्रमबाट थाकेर क्षीरसागरमा शयन गर्नुभएको थियो । त्यसैले यस तिथिलाई देवशयनी एकादशी भनियो ।

तुलसी रोप्ने
आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।

तीर्थ समान तुलसीको मठ
रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।

हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि सुनाएको उल्लेख छ ।

चलिआएको प्राचीन किंवदन्ती अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख विरुवाहरूले हरियाली गुमाइसकेका थिए ।

राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ ।

Previous Post

भैरवस्थानका मुख्य पुजारीको कुकर्म – प्रसाद दिने नाममा महिलाको छातिमै पु¥याउछन् हात

Next Post

खुट्टा फर्किने भनेको के हो ? किन फर्किन्छ खुट्टा ?

HoKhabar

HoKhabar

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

खुट्टा फर्किने भनेको के हो ? किन फर्किन्छ खुट्टा ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.