बुटवल, असार १३ । यस क्षेत्रका बासिन्दाहरुको आस्थाको केन्द्रको रुपमा रहेको भैरवस्थान मन्दिरका पुजारीले दर्शनार्थी महिलाहरु माथी यौनजन्य हिंशा गरेको पाईएको छ।
यस क्षेत्रमा रहेका मन्दिरहरु मध्ये सबैभन्दा बढी दर्शनार्थीहरु जाने उक्त मन्दिरका पूजारीबाट मन्दिर दर्शनको लागि जाने महिला तथा किशोरीहरुलाई यौनजन्य हिंशा हुने गरेको पाईएको हो।
भैरवस्थान मन्दिरमा ६ बर्ष देखि मुख्य पूजारीको रुपमा रहेका जितनाथ योगीबाट महिलाहरुलाई यौनजन्य हिंशा हुने गरेका गुनासो पिडित युवती एवं महिलाहरुको छ।
मन्दिर दर्शनको लागि जाने महिला तथा किशोरी दर्शनार्थीहरुलाई टिका लगाईदिने र प्रसादी दिने बहानामा पूजारी योगीले उनिहरुको छातीमा हातले छुने गरेको भिडियो समेत रेर्कड गरेर हामिलाई पठाएका छन्।
पाल्पाका तत्कालिन सेनवंशीय राजा मणीमुकुन्द सेन प्रथमले १५६५ मा भैरवबाबा उत्पत्ति भएको स्थानमा मन्दिर निर्माण गरेको ईतिहाँस छ। भैरवबाबा उत्पत्ति भएको स्थानमा मन्दिर निर्माण गरिएकोले यसलाई भैरवस्थान मन्दिरको रुपमा देशभरी प्रख्यात छ।
पाल्पाको सदरमुकाम तानसेनदेखि नौं किलोमिटर पश्चिम रिव्दीकोट गाउँपालिका वडा नं. ४ मा अवस्थित भैरवस्थान मन्दिरमा दैनिक ६ हजार हाराहारी दर्शनार्थीहरु दर्शनका लागि जाने गरेका छन् भने त्यसरी जानेमा अधिकांश महिलाहरु हुने गर्दछन्।
तत्कालिन प्रधानसेनापती खड्ग समशेरले मन्दिर निर्माणपछि पित्तलको त्रिशुल राखिदिएका थिए। जुन त्रिशुल एशियाकै सबैभन्दा ठूलो रहेको दावी गरिन्छ। एशियाकै सबैभन्दा ठूलो त्रिशुल राखिएको र एकमाना वा एकपाथी चामलको पिठोबाट बनाईएको एउटै रोटी (रोट) चढाईने भएकोले यो मन्दिर भारतमा समेत चर्चित छ। सोहि कारण भारतबाट समेत वर्षेनी हज्जारौं धार्मिक पर्यटकहरु त्यहाँ पुग्ने गर्छन्।
आफुल गरेका भाकल पूरा भएपछि भैरवबाबाको दर्शन गर्न र रोट चढाउन मन्दिरमा दैनिक १० हजारसम्म दर्शनार्थी पुग्ने गर्छन्। यति ठूलो आस्था र विश्वासका साथ मन्दिर पुग्ने महिला दर्शनार्थीहरुमाथी मुख्य पुजारीले यौनजन्य हिंशा गरेर उनिहरुको आस्था र विश्वासमाथी नै ठेस पु¥याउने काम गरेका छन्।
रुपन्देहीकी २१ वर्षिय एक युवतीले आफ्ना दुईजना साथी सहित गत जेठ ८ गते गुल्मी जाँदै थिईन्। तानसेन रिडी सडकको केहि माथी रहेकोले उनिहरुले मन्दिरको दर्शन गरेर गुल्मी जाने निधो गरे। उनीसँगै गएका दुईजना एकै घरका दिदीबहिनी भएकोले उनिहरुले प्रसादी (रोट) को एउटा टोकरी लिए। उनले पनि एउटा टोकरी लिईन्।
भैरवबाबाको मुख्य मन्दिरमा प्रवेश गरेर पूजा गर्न र दर्शन गर्न दर्शनार्थीहरुलाई अनुमती दिईदैन। मन्दिरको बाहिर चारैतर्फ राखिएका विभिन्न देवीदेवताका मूर्तिहरुमा भने दर्शनार्थी आफैले फुल भेटी चढाएर पूजा गर्छन्। मुख्य मन्दिरमा चढाउनको लागि दर्शनार्थीले लगेको रोट र भेटी पूजारी मार्फत भैरवबाबालाई चढाईन्छ।
उनिहरुले पनि बाहिर राखिएका देवीदेवताका मूर्तिहरुमा फुल भेटी चढाएर मुख्य मन्दिरमा चढाउनका लागि मन्दिरमा रहेका पूजारीलाई प्रसादी दिएका थिए। पुजा सकिएपछि मन्दिरमा चढाएको फुल प्रसादको टोकरी फिर्ता ल्याईदिएका मुख्यपूजारी योगीले प्रसादी फिर्ता दिने बहानामा हातले छाती (स्तन) मा छोएका थिए।
प्रसादी लिने क्रममा साथीहरु भन्दा अगाडी उभिएकी ति युवतीले आफ्नो छातीमा छुँदा टोकरी दिने क्रममा झुक्किएर छोईए होला भन्ने लागेको बताईन्।
मलाई त सुरुमा झुक्किएर होला भन्ने लाग्यो पछि उनले साथीलाई के गर्छन् भनेर हेरेको त उनको दिदीलाई पनि टिका लगाएर प्रसादी फिर्ता दिने क्रममा त्यहि व्यवहार दोहो¥याए। पछाडी रहेका अरु महिलाहरुलाई पनि त्यसैगरि छाती छुने क्रम दोहो¥याईरहे। उनले भनिन्।
पूजारीले सँगै गएका दुबै जनामाथी एउटै प्रकृतिले छाती छुने गरेपछि उनिहरुलाई आफुहरुमाथी झुक्किएर नभई यौनजन्य हिंशा गरेको महशुस भयो। उनिहरुले मन्दिरबाट बाहिरिएका केहि महिला र युवतीहरुलाई पनि आफुहरुलाई जस्तै पूजारीले छाती छोएका थिए कि भनेर सोधे। उनीहरुले सोधेका अधिकांशको अनुभव उनिहरुको जस्तै थियो। श्रीमान, दाजुभाई वा पुरुष साथीहरुको समुहमा गएका महिलाहरुलाई पनि पूजारीले त्यसैगरि छाती छुने गरेको आफ्नो अनुभव सुनाए।
पवित्र आस्था र विश्वास बोकेर दैनिक हज्जारौंको संख्यामा मन्दिर जाने महिलाहरु माथी मुख्य पूजारीले नै यौनजन्य हिंशा गरेर मन्दिरप्रतिको आस्थामा नै ठेस पु¥याउने गरेको ४५२ ले बताईन्। ‘हामीहरु त तत्काल प्रतिवाद गर्न चाहन्थ्यौं तर, हामीसँग देखाउने कुनै प्रमाण थिएन। हामीले भनेको कुरा मन्दिर व्यवस्थापन समिति र त्यहाँ भएका अरु दर्शनार्थीले पनि विश्वास नगर्न सक्थे त्यसैले हामीले प्रमाण जुटाउन थाल्यौं,’ उनले भनिन्।
उनिहरुले प्रमाण जुटाउन आफुहरुकै तस्वीर खिच्ने बहानामा भिडियो खिच्न थाले। पूजारीले त्यसैगरि महिला र किशोरीहरुको छाती छोएर प्रसादीको टोकरी दिने गर्थेे। भिडियो नै प्रमाण भएपनि त्यसबारे बोल्न भने उनिहरु डराए। ‘पूजारीले हामीमाथी यौनजन्य हिंशा गरे भनेर कुरा उठाउँदा पूजारीले श्राप दिएर हामीलाई केहि नराम्रो पो हुने हो की भनेर डरायौं त्यतिकै गुल्मी तर्फ लाग्यौं,’ उनि भन्छिन्।
आफुहरु माथी भएको हिंशाको घटनाले उनिहरुको मनलाई भने बेचैनी बनाईरह्यो। त्यसैक्रममा जेठ २५ गते उनकी माईजु पनि भैरवस्थान दर्शनका लागि गएकी थिईन्। उनलाई पनि पूजारी योगीले प्रसादीको टोकरी फिर्ता दिने क्रममा त्यसैगरी छातीमा छोएका थिए। ‘सुरुमा त मलाईपनि झुक्किएर छोईएहोला भन्ने लागेको थियो, फर्किने क्रममा अरु महिलाले पनि पूजारीले छातीमा धक्काएको भनेपछि सबैलाई त्यसैगरि हिंशा गर्ने रहेछन् भन्ने लाग्यो,’ उनकी माईजुले भनिन्।
नौं जनाको समुहमा गएका उनिहरुमध्ये प्रसादी लगेका ५ जनामाथी नै पूजारीले त्यसैगरि छातीमा छुने र औंलाले घोच्ने गरेका थिए। त्यसपछि भने यस्तो विषयमा चुपचाप बस्न नहुने भन्दै उक्त भिडियो उपलब्ध गराएका थिए।
यस बिषयमा अहिले सम्म महिलाहरुले कुनै उजुरी नदिएको र आफुलाई जानकारी नभएका बताएका मन्दिरका व्यवस्थापक मिनबहादुर बुढाथोकीले बुधवार बिहान पुजारीका गतिबिधी नियालेका थिए।
बुढाथोकी बुधवार विहानै मन्दिर गएर पूजारीको गतिविधि नियाल्न थाले। मन्दिर परिसरमा सिसिटिभी क्यामेरा जडान गरिएका थिए। अरु कसैले पत्तो नपाउने गरि उनले पूजारीले प्रसादीको टोकरी फिर्ता दिने ढोकातर्फको दृश्य देखिने गरि क्यामेरा सोझ्याईदिएर त्यहाँको गतिविधि नियाल्न थाले। सिसिटिभी क्यामेरामा देखिएको दृश्यले उनी झस्किए।
पूजारी योगीले बुधवार पनि महिलाहरुको छाती छुने र धक्काउने गर्दै प्रसादीको टोकरी फिर्ता दिन्थे। व्यवस्थापक योगीले यति ठूलो आस्थाको धरोहर मन्दिरभित्र मुख्य पूजारीबाटै महिलाहरुमाथी हिंशा हुने गरेको भन्दै मन्दिर व्यवस्थापन समितिबाट उनलाई कार्वाही गरिने बताए।
‘एकजना पूजारीका कारण मन्दिरप्रतिको आस्था र विश्वासमा आँच आउन दिने कुरा पनि भएन, अर्कोतर्फ महिलाहरुको आत्मसम्मान र सुरक्षाको विषयको कुरा पनि भयो,’ ७० वर्षिय योगीबाट महिलाहरुमाथी यस्तो हिंशा होला भनेर कल्पना पनि नगरिएको उनले बताए। योगी २०५९ सालमा दाङबाट भैरवस्थान मन्दिरको पूजारी भएर गएका थिए।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले यसविषयमा प्रशासनमा कुनै पनि उजुरी नपरेको बताए। ‘अहिलेसम्म त्यसबारेमा कुनैपनि उजुरी परेको छैन, एकजनाले पनि उजुरी दिए प्रहरीले पक्राउ गर्छ,’ प्रमुख जिल्ला अधिकारी बास्तोलाले भने।






Discussion about this post