• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T08:01:13+05:45300120266 2026-06-04T08:01:13+05:45000000Thu, 04 Jun 2026 08:01:13 +0545Thu, 04 Jun 2026 08:01:13 +0545Asia/Kathmandu630_300106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $80630 = 0 ) { // Thu20266'30 00000013Asia/Kathmandu 620266-8Jun+0545 300106Asia/Kathmandu1330am06p, 0000006ThursdayAsia/Kathmandu1313 262026000000 k620264 3008Asia/Kathmandu 0401ffAsia/KathmanduThu, 04 Jun 2026 08:01:13 +0545Asia/Kathmandu62026-06-04T08:01:13+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 08:01:13 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 01f ( '300106Asia/Kathmandu1330am06p' === $3026pAsia/Kathmandu || '1780539373' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 08:01:13 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:01:13 +05456 $80630 ? 300106Asia/Kathmandu() : 300106Asia/Kathmandu() + (01630) ( 8Asia/Kathmandu30_2026p300120266( '80630_2026ff13Asia/Kathmandu30' ) * 08+05451780539373R_04_thEC+05454Thuth ); } 01f ( '062613qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 08:01:13'; } $300106Asia/Kathmandu15420266Asia/Kathmandu = $80630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780539373+0545C' ) : 4p_300106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450106Asia/Kathmandu( '620264', $300106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 08:01:13 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 08:01:13 +05456 $04am30Asia/Kathmandu300106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 08:01:13 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

छोराछोरी हुर्काउँदा ध्यान दिनैपर्ने कुरा

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

बाल्यकाल जीवनको प्रारम्भिक चरण हो। व्यक्तित्व विकासको आधारभूमि भएकाले बाल्यकालीन अनुभव र अनुभूतिले जीवनभर प्रभाव पार्छन्। जीवनभर शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनाका लागि बाल्यकाल राम्रो हुनुपर्छ। मनोवैज्ञानिकहरू त जीवनको अति उर्वर क्षण बाल्यकालमै व्यक्तित्व निर्माणका आधार बन्ने भएकाले बाँकी जीवन बाल्यकालीन अनुभवकै प्रकटीकरण मात्र भएको बताउँछन्।

हरेक अभिभावकको सपना आफ्ना बालबालिका समाजका सबै भन्दा असल, दक्ष र सबैको अगाडि गर्व गर्न लायक हुन् भन्ने हुन्छ। सोही सपना पुरा गराउन सम्पूर्ण शक्ति लगाएर बालबालिकाको चाहना र आवश्यकता पूरा गर्न सधैं तत्पर रहनुलाई बुबा आमा आफ्नो प्रथम दायित्व सम्झेर लागिरहेका हुन्छन्। यसक्रममा अभिभावकले लिने निर्णयले सन्तानको भविष्यमा ठूलो प्रभाव रहेको हुन्छन्। कतिपय अवस्थामा अभिभावकले उनीहरूको विषयमा स्पष्ट निर्णय लिन नसक्दा उनीहरूको विकासमा अवरोध पनि उत्पन्न हुन्छ।

बालबालिकाहरूलाई आफ्नो विकासको लागि हौसला र प्रेरणाको आवश्यकता हुन्छ। यस किसिमको प्रेरणा उनीहरूले आफ्ना आमाबाबुबाट पाउनु सबैभन्दा राम्रो हुन्छ। यसरी प्रेरणा पाएर आत्मविश्वासी बनेका व्यक्तिहरू जीवनमा आइपर्ने कठिन चुनौतीको सामनाको लागि पनि सक्षम हुन्छन्। बालबालिकाहरूलाई आत्मविश्वास र सबल बनाउन के गर्ने त ? यहाँ हामीले केही सुझाव उल्लेख गरेका छौं :

विश्वास : कहिलेकाहीँ आफ्नो सन्तानले गल्ती गरे पनि उसलाई अघि बढ्न हौसला दिनुहोस्। यसले उनीहरूलाई अगाडि बढ्न मद्दत पुग्छ। त्यस्तै उनीहरूले केही राम्रो काम गर्दा पनि उनीहरूको प्रशंसा मात्र नगर्नुहोस्। प्रशंसा मात्र गर्दा पनि आवश्यकता भन्दा धेरै आत्मविश्वास उत्पन्न भई त्यसले नकारात्मक नतिजा दिन सक्छ।

शक्ति : अभिभावकले बालबालिकाहरूलाई जोखिम लिन र नयाँ कुराको लागि मार्ग पहिचान गर्न सिकाउनुपर्छ। बालबालिकालाई उपाधि पाउनु वा सबैलाई उछिन्नु मात्र ठूलो कुरा होइन भन्ने सिकाउनुपर्छ। अभिभावकले सन्तानलाई सर्वश्रेष्ठ बन्नुभन्दा पनि जीवनमा सन्तुष्ट हुनु महत्त्वपूर्ण कुरा हो भन्ने सिकाउनुपर्छ।

उपलब्धि : आफ्नो सन्तानलाई प्रेरित गर्ने एउटा उपाय उनीहरूले हात पारेको उपलब्धि लेखेर राख्नु पनि हो। जतिबेला उनीहरू निराश वा उदास हुन्छन्, त्यतिबेला उनीहरूलाई तपाईंले नोट गरेको उपलब्धिहरू देखाउनुहोस्। यसले उनीहरूमा आत्मविश्वास बढ्छ।

प्रश्न : सन्तानलाई पनि आफ्ना अभिभावक आफ्नो साथमा छन् भन्ने महसुस हुनु जरुरी हुन्छ। त्यसैले उसको मनमा त्यस्तो भावना जागृत गर्न उनीहरूलाई के गर्न चाहेका छौ? के गर्न चाहन्छौं तर डराउँछौ? अभिभावकले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ? जस्ता प्रश्नहरू सोध्नुहोस्।

स्फूर्ति : लगातार कुनै कामको लागि प्रयास गर्न लगाउनुभन्दा पनि केही समय विश्राम गर्ने बानीको विकास गराउनुहोस्। यसले उनीहरूको मन र दिमाग दुवैको स्फूर्ति बढाउन सहयोग गर्छ।

गति : तपाईंको सन्तानले केही कुरा सिक्न समय लिइरहेको छ भने उसलाई छिटो गर्न दबाब दिनुभन्दा पनि सहयोग गर्नुहोस्। उसलाई तिमी ढिलो भयौ वा तिम्रो गति सुस्त छ भनेर दबाब दिनुहुँदैन। यसले बालबालिकाको आत्मविश्वास कमजोर बनाउँछ। सबै बालबालिकाको सिक्ने गति फरक हुन्छ। त्यसैले आफ्नो सन्तानलाई छिटो सिक्नको लागि दबाब दिनुहुँदैन।

स्वीकार्यता : बालबच्चाले आफूलाई अरूसँग तुलना गरेर गुनासो गरेको मन पराउँदैनन् न उनीहरू यो भएन, त्यो भएन भनेर गनगन गरेकै मन पराउँछन्। कसै कसैमा राम्रा मानिएका अरूका बच्चाको प्रशंसा आफ्ना छोराछोरीसामु गरेमा उनीहरू पनि राम्रा काम गर्न उत्सुक हुन्छन् भन्ने सोच हुन्छ र सोझै वा घुमाउरो पारामा आफ्ना सन्तानप्रति असन्तुष्टि प्रकट गर्छन्। यसले बालबालिकाको मनमा असल बन्ने भावना विकास हुनुको साटो आफूलाई स्वीकार नगरेको महसुस हुन्छ। यसैले बालबच्चाको रूप, स्वभाव र व्यवहार परिवारबाट निसर्त स्वीकार गरिनुपर्छ। जस्तोसुकै काम गरे वा उपलब्धि ल्याए पनि त्यसलाई स्वीकार गरेर मात्र सन्तानलाई खुसी राख्दै उनीहरूको विश्वास जितेर सत्मार्गमा लाग्न प्रेरित गर्न सकिन्छ।

आत्मीयता : बालबालिका खेलौना वा यस्तै अन्य चिज नपाएमा वा उनीहरूको क्षणिक आवश्यकता पूर्ति नगरिदिएमा रिसाउँछन्, तर त्यो रिस दीर्घकालीन हुँदैन। तर, यस्तो अवस्थामा धेरैजसो अभिभावक बच्चाप्रति कठोर व्यवहार देखाउने वा धेरै रिसाएको अभिनय गर्ने गर्छन्। यस्तो व्यवहारले अभिभावकलाई त मैले केही डर देखाएँ, अब बच्चाले त्यसो नगर्ला भन्ने लाग्ला। तर बच्चा आफ्ना अभिभावक आफूप्रति निकै क्रूर छन्, आपत्विपत्मा संरक्षण गर्दैनन् भन्ने धारणा बनाउँछन्। यसले बच्चामा एकांकीपन, ध्वंसात्मक प्रवृत्ति एवं निर्दयी भावना विकास हुन्छ। यसैले हरेक अभिभावकले आफ्ना बच्चालाई हपार्ने वा डर देखाउने गर्नुको सट्टा आफूलाई नियन्त्रण गरी बच्चाले गरेका कामको नकारात्मक असरबारे राम्रोसँग बुझाइ, उसका त्यस प्रकारका कामले आफूलाई दुःखी बनाउने कुरा प्रस्ट पारिदिनुपर्छ।

सम्बन्धन : बालबालिका आफूलाई परिवारको अभिन्न र महत्त्वपूर्ण अंगका रूपमा स्वीकार गरियोस् भन्ने चाहन्छन्। धेरैजसो अभिभावक बालबच्चाले काम बिगार्दा वा भनेको नमान्दा कतै लगेर एक्लै छाडिदिने, होस्टलमा राखिदिने वा आफू नै कतै टाढा गएर घर नफर्कने’ धम्की दिन थाल्छन्। यस्ता धम्कीले सुरुसुरुमा राम्रो प्रभाव परेकोजस्तो देखिए पनि वास्तवमा बालबालिकामा दूरगामी कुप्रभाव पार्छन्। बच्चाले आफूलाई निरीह, असहाय र अभागी महसुस गर्ने, आज्ञाकारी नबन्ने, अनुशासन पालना नगर्ने, झर्किने, भाइबहिनी वा साथीसँग आक्रामक व्यवहार देखाउने प्रवृत्ति अभिभावकको सम्बन्धन प्राप्त गर्न नसक्दा देखाउँछन्।

Previous Post

भोक किन लाग्छ ?

Next Post

यी प्रदेशमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

यी प्रदेशमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ३ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ३ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In