HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कृत्रिम दाँतले सक्कलीजस्तै काम गर्छ ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अहिले दाँतसम्बन्धी समस्याले धेरैलाई सताएको छ । उमेर नपुग्दै दाँत खिइने, कमजोर हुने, कीरा लाग्ने, टुक्रिने, मक्किनेजस्ता समस्या दाँतमा देखा पर्छन् । प्राकृतिक दाँत निस्किएपछि जीवनभरका लागि समस्या खडा हुन्छ ।

दाँत झरेपछि कृत्रिम दाँत राख्ने चलन लामो समयदेखि नै छ । तर कृत्रिम दाँतले प्राकृतिक दाँतले जस्तै काम गर्छ ? यस्तो दाँत राख्न खर्च कति लाग्छ ? लगायतका विषयमा चिरायु डेन्टल केयरका दन्तरोग विशेषज्ञ डा. अनिल यादवसँग गरिएको कुराकानीको सम्पादित अंश :

दाँत के कारणले झर्छ ?

दाँतको नियमित सफाइ नगर्नु, दाँतको हेरचाह नगर्नाले दाँत झर्ने गर्छ । साथै बदलिंदो जीवनशैली, गलत खानपान तथा व्यस्तताका कारण दाँत तथा मुखको राम्ररी हेरचाह नगर्दा मानिसहरूमा दाँत झर्ने समस्या देखिइरहेको छ ।

दाँत झरेपछि कस्तो अवस्थामा कृत्रिम दाँत राख्ने ?

कृत्रिम दाँत सामान्यतया दाँत नभएको ठाउँमा राखिन्छ । कृत्रिम दाँत राख्नकै लागि सम्पूर्ण दाँत निकाल्नु पर्दैन । कुनै एउटा दाँत छैन भने पनि त्यस्तो ठाउँमा कृत्रिम दाँत राख्न मिल्छ ।

साथै यस्तोमा खानालाई चपाउन, बिग्रेको सौन्दर्यलाई सुधार्न, अन्य दाँतलाई थप बिग्रन नदिन, बोल्न हुने अप्ठ्यारोबाट बच्न कृत्रिम दाँत राख्न सकिन्छ ।

कृत्रिम दाँत कति प्रकारका राख्न सकिन्छ ?

कृत्रिम दाँत तीन प्रकारको हुन्छ । पहिलो राख्ने, निकाल्ने दाँत । यस्तो दाँत सस्तो हुनुका साथै राति सुत्नु अगाडि निकाल्न सकिन्छ ।

दोस्रो फिक्स दाँत हो । यस्ता दाँत सामान्यतया अघिल्लो र पछिल्लो दाँत सही भएको अवस्थामा त्यसको आड लिएर दाँतलाई फिक्स गरिन्छ । फिक्स दाँत प्राकृतिक दाँत झैं हुन्छ ।

तेस्रो दाँत इम्प्लान्ट । सामान्यतया, दाँत इम्प्लान्ट त्यस्तो ठाउँमा गरिन्छ, जहाँनिर दाँत हुँदैन । दाँत नभएको त्यस्तो ठाउँमा मेटलले बनेको नक्कली जडा उक्त ठाउँमा राखिन्छ र त्यस ठाउँमा एउटा दाँत बनाइन्छ, जसलाई चिकित्सकीय भाषामा क्राउन गर्ने भनिन्छ ।

यस्तो दाँतले प्राकृतिक दाँतले जस्तै काम गर्छ ?

राख्ने र निकाल्ने कृत्रिम दाँतले सक्कलीले झैं काम गर्न नसके पनि दाँतको बीच भागमा राखेर खानेकुरा चपाएको अवस्थामा त्यसले राम्र्रैसँग काम गर्छ । फिक्स दाँत निकाल्न राख्न नपर्ने भएकाले यसलाई प्राकृतिक दाँतलाई झैं सफा गर्न सकिन्छ । यसले खानेकुरा टोक्न, चपाउन पनि प्राकृतिक दाँतले झैं काम गर्छ ।

इम्प्लान्ट गरेको दाँतले पनि प्राकृतिकले जस्तै काम गर्छ । खानेकुरा टोक्न, चपाउनका लागि समस्या हुँदैन ।

कृत्रिम दाँत राख्दा के के कुरामा ध्यान दिनुपर्छ ?

यदि राख्ने, निकाल्ने दाँत राखिएको छ भने त्यो अवस्थामा खाना टोक्न बानी पर्नुपर्ने भएकाले समय लाग्न सक्छ । शुद्धसँग बोल्न समेत समय लाग्ने हुँदा यसबारे ध्यान दिनुपर्छ ।

कृत्रिम दाँत राखिसकेपछि राति सुत्नुअघि निकाल्नुपर्ने हुँदा त्यसलाई हरेक दिन पानीमा भिजाएर राख्नुपर्ने हुन्छ र भोलिपल्ट बिहान सफा गरेर मात्र त्यसलाई लगाउनुपर्छ ।

फिक्स दाँत राखिएको छ भने त्यसको साफ सफाइको लागि प्रत्येक दिन बिहान बेलुकी प्राकृतिक दाँत झैं बिहान–बेलुकी ब्रस गर्नुपर्छ ।

कृत्रिम दाँत राख्न कति खर्च लाग्छ ?

सबै दाँत झरेको वृद्धवृद्धाहरुको लागि राख्न निकाल्न मिल्ने कृत्रिम दाँतको १५ हजारदेखि २० हजार रुपैयाँ पर्छ । एउटा दाँत नभएको व्यक्तिले राख्न मिल्ने फिक्स दाँतको १५ सयदेखि १८ हजार रुपैयाँसम्म पर्छ । अर्को इम्प्लान्ट अरुभन्दा अलि खर्चिलो छ । इम्प्लान्टको ७० हजार भन्दा माथी पर्छ र समय पनि धेरै लाग्छ ।

Previous Post

‘जुनसुकै टिमलाई हराउनसक्ने भएका छौं’ क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल

Next Post

कोलेस्टेरोल कम गर्न के खाने ? थाहापाउनुहोस्

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

कोलेस्टेरोल कम गर्न के खाने ? थाहापाउनुहोस्

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.