HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

‘जुनसुकै टिमलाई हराउनसक्ने भएका छौं’ क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारी क्रममा दक्षिण अफ्रिकामा अभ्यास क्याम्पका लागि जानुअघि राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टिमको सन्तुलन र आत्मविश्वासमा उल्लेख्य सुधार भएको बताएका छन् ।

विश्वकप छनोटका लागि जिम्बाव्वे पुग्नुअघि नेपाल टिमले दक्षिण अफ्रिकामा १० दिनको विशेष तयारी गर्नेछ । जिम्बाव्वेको वातावरण सुहाउँदो भएकाले नेपालले दक्षिण अफ्रिका रोजेको हो । प्रशिक्षक मोन्टी देशाईले आइतबार घोषणा गरेका १६ सदस्यीय टिम मंगलबार दक्षिण अफ्रिका जानेछ । त्यहाँ नेपालले स्थानीय टिमहरुसँग चारवटा अभ्यास खेलको तयारी भएको छ ।

‘हामी एक सातादेखि तयारीमा छौं । प्राविधिक तयारीलाई ध्यान दिएका छौं, सबैजना उत्साहित छन्,’ सोमबार पत्रकारहरुसँगको कुराकानीमा कप्तान रोहितले भने, ‘त्यहाँ चारवटा अभ्यास खेल छन् । त्यसलाई प्रयोग गरेर विश्वकप छनोटको तयारी पूरा गर्नेछौं ।’

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको पाँच वर्ष भइसक्दा पनि नेपालले टेष्ट मान्यताप्राप्त टिमसँग प्रतिस्पर्धात्मक क्रिकेट खेल्न पाएको छैन । सन् २०१८मा एकदिवसीय विश्वकप छनोटमै नेपालले जिम्बाव्वेसँग खेलेको थियो । सो खेलमा नेपाल ११६ रनले पराजित थियो ।

यसपल्ट पनि जिम्बाव्वेमै हुन लागेको प्रतियोगिताको पहिलो खेल नेपालले जिम्बाव्वेसँगै हरारे स्पोर्टस सेन्टरमा खेल्नेछ । नेपाल रहेको समूह ए मा दुईपल्टको विश्व विजेता वेष्ट एण्डिज पनि छ ।

‘टेष्ट मान्यताप्राप्त टिमसँग खेल्ने हाम्रो सपना थियो । त्यस्ता टिमसँग खेल्न नपाएको धेरै भइसकेको थियो । राम्रो टिमसँग खेल्नका लागि हामीलाई यो उत्कृष्ट अवसर हो,’ रोहितले थपे, ‘जिम्बाव्वेसँग यसअघिको नतिजालाई तुलना गर्न मिल्दैन । किनभने अहिले हामीसँग मोमेन्टम छ र हामी सबैसँग आफूमाथि विश्वास पनि छ । टेष्ट राष्ट्रहरुसँग खेल्दा एकदुई जना होइन टिमका ६/७ जनाले राम्रो क्रिकेट खेले भने जुनसुकै टिमलाई पनि हराउन सक्छौंजस्तो लाग्छ ।’

विश्वकप छनोटमा १० टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ए मा नेपालले जिम्बाव्वे र वेष्ट इण्डिजसँगै नेदरल्याण्ड्स र अमेरिकासँग खेल्नुपर्नेछ । समूहको शीर्ष तीनमा रहने टिम सुपर सिक्समा छानिनेछ । राउण्ड रोविन प्रणालीमा हुने सुपर सिक्स चरणका शीर्ष दुई टिमले अक्टोबर/नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छ ।

नेपालले पछिल्लो चार महिनामा आफ्नो सफलताको सुत्र बनाएको ‘वान बल ब्याटल’ तथा ‘वान गेम ब्याटल’ लाई यो प्रतियोगितामा पनि निरन्तरता दिइने कप्तान रोहितले बताए ।

‘पहिलो लक्ष्य भनेको जिम्बाव्वेलाई कसरी हराउने भन्ने हो । त्यसपछि सुपर सिक्समा कसरी आउने र त्यसलाई पार गरेर विश्वकपमा कसरी पुग्ने भन्ने हुन्छ । एकपल्टमा एक खेलको हिसावमा खेल्नेछौं । टेष्ट टिमलाई हराउन हामी त्यहाँ गएर उत्कृष्ट क्रिकेट खेल्नुपर्छ,’ रोहितले भने ।

रोहित यसपल्टको छनोट प्रतियोगिता विश्वकपसम्मको यात्रा तय गर्न एक राम्रो अवसरका रुपमा लिएको बताउँछन् । नेपालको पछिल्लो लयबारे विश्वभरका क्रिकेटप्रेमी जानकार छन् । त्यसो हुँदा नेपालसँग खेल्नु सबै विपक्षीका लागि चुनौतिपूर्ण रहने रोहितको तर्क छ ।

‘पछिल्लो तीन–चार महिनादेखि हामीले जस्तो क्रिकेट खेलिरहेका छौं त्यसका आधारमा हामी राम्रो टेष्ट टिमलाई हराउन सक्छौं भन्ने विश्वास छ,’ उनले थपे, ‘विश्वले नै नेपालले राम्रो क्रिकेट खेलिरहेको छ भन्ने थाहा पाउनु हाम्रा लागि खुसीको कुरा हो । ठूला टिमसँग खेल्दा हामीलाई भन्दा बढी दवाव उनीहरुलाई हुन्छ ।’

विकेटको व्यवहारअनुसार ब्याटर र बलरले आआफ्नो जिम्मेवारी लिएर खेल्ने गरी सन्तुलित टिम बनेको रोहितले बताए । नेपालले समूह चरणमा दुईपल्टको च्याम्पियन वेष्ट इण्डिजसँग खेल्नेछ । सिनियर तहमा नेपालले सो टोलीसँग खेल्न लागेको पहिलोपल्ट हो ।

रोहित भन्छन्, ‘वेष्ट इण्डिजको क्रिकेट हामीले अहिलेसम्म टिभीमा मात्र हेर्न पाएका छौं । अहिले उनीहरुसँग प्रतिस्पर्धात्मक खेल खेल्न पाउनेछौं । सबैजना प्रतीक्षा गरिहेका छन् । हामी अल्जारी जोसेफले बलिङ गर्दा कसरी खेल्ने भनेर सल्लाह गरिरहेका हुन्छौं । त्यसरी मानसिक रुपमा तयार भइरहेका छौं ।’

१० दिन दक्षिण अफ्रिकामा रहँदा अभ्यास खेल खेल्ने टोलीको स्तरबारे रोहितले केहि बताएनन् । यसबारे क्यानले पनि कुनै जानकारी दिएको छैन । नेपालले जिम्बाव्वेमा प्रतियोगिताअघि यूएई र ओमानसँग दुई अभ्यास खेलसमेत खेल्नेछ ।

जेठ ३० र ३२ गते दुई अभ्यास खेलपछि ३ असारमा जिम्बाव्वेसँगको खेलबाट छनोट प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ । सुपर सिक्समा पुग्न नेपालले समूहमा कम्तिमा २ खेल जित्नुपर्ने हुन्छ ।

Previous Post

चुरोट र रक्सीको करमा १० वर्षयताकै कम वृद्धि

Next Post

कृत्रिम दाँतले सक्कलीजस्तै काम गर्छ ?

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

कृत्रिम दाँतले सक्कलीजस्तै काम गर्छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.