काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज वैशाख १९ गते मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख ६३ हजार २ सय ६६ जनाको आवेदन परेको थियो । जसमध्ये १२ लाख ६७ हजार २ सय ८५ जना मात्र शेयर पाउन योग्य रहेका छन् । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार कुल १ लाख २६ हजार ९ सय ४१ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि १ लाख २६ हजार ९ सय ४० जनाले १० कित्ता शेयर पाएका छन् ।





Discussion about this post