नेपालका स्पिनर सन्दीप लामिछानेकाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे सय विकेट लिने खेलाडी बनेका छन् ।
सन्दीपले ४२ खेलमा याे कीर्तिमान बनाएका हुन् । एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगकाे खेलमा एक विकेट लिँदै सन्दीपले याे कीर्तिमान बनाए । उनले अफगानिस्तानका स्पिनर राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान बनाएका हुन् ।
यसअघि याे कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानकाे नाममा थियाे । उनले ४४ खेलमा सय विकेट लिएका थिए ।







Discussion about this post