HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

के कसरी जाँचिन्छ काठमाडौंको वायु प्रदूषण ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in सूचना/प्रबिधि
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । केही दिनयता काठमाडौंको मौसममा निकै परिवर्तन आएको छ । केही परका ठाउँहरू हेर्न पनि गाह्रो भइरहेको छ । विभिन्न अनुसन्धानले विश्वको प्रदूषित सहरमा काठमाडौंको नाम उल्लेख गरिरहेका छन् ।

हुन त हरेक वर्ष यसै समयतिर काठमाडौंको हावा निकै प्रदूषित हुने गरेको छ । वायु प्रदूषणको अवस्था कस्तो छ भनेर थाहा पाउन हामी विभिन्न सूचकमा भर पर्ने गर्छौं । त्यो मापन विभिन्न संस्थाले गर्ने गरेका छन् ।

वायु प्रदूषण जाँचमा नेपालको अवस्था

नेपाल सरकारले वायु प्रदूषण जाँच गर्न देशको २४ स्थानमा वायु गुणस्तर मापण केन्द्रहरू स्थापना गरेको छ । त्यसबाहेक विभिन्न गैरसरकारी संस्थाहरूले त्यस्ता केन्द्र स्थापना गरेका छन् ।

ती केन्द्रहरूमा रियल टाइम अर्थात् जति बेला मापन गर्‍याे , त्यस बेलाको डेटा प्राप्त हुने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेल बताउँछन् ।

“देशका विभिन्न ठाउँमा स्थापना गरिएका त्यस्ता केन्द्रबाट ‘सेन्टर सर्भर’मा डेटा आउने गर्छ,” उनी भन्छन्, “त्यस्तै विभागले तयार पारेको सफ्टवेयरले ती डेटा स्वत: प्रशोधन गर्छ । त्यसपछि मात्र प्रशोधन गरिएको डेटालाई सबैले हेर्न मिल्ने गरी वेबसाइटमा राखिन्छ ।”

अहिले यसरी केन्द्रले तयार पार्ने डेटा ‘पोलुसन डट जीओभी डट एनपी’ मार्फत प्रकाशन गर्ने गरेको छ । वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस् ।

वायु प्रदूषण भएको कसरी थाहा हुन्छ ?

यसका लागि विभिन्न सूचकको सहायता लिने गरिन्छ । जस्तो: पीएम टू पोइन्ट फाइभ (PM 2.5) मा वायु प्रदूषणको मात्रा ‘माइक्रोग्राम प्रति घनमिटर’ एकाइमा मापन गर्ने गरिन्छ ।

यसको औसत एकाई २४ घन्टामा ४० माइक्रोग्राम प्रति घनमिटर हुनुपर्छ । यदि त्यो भन्दा कम भए हावा स्वस्थ्य हुने र बढी भए प्रदूषित हुने वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउँछन् ।

त्यस्तै पीएम टेन (PM 10) ले १० माइक्रोनभन्दा साना धुलोका कनको जाँच गर्छ । पीएम टेनले २४ घन्टामा औसत १२० माइक्रोग्राम प्रति घनमिटर भन्दा एकाई देखाए हावा स्वस्थ्य हुने र बढी देखाए प्रदूषित हुने उनी सुनाउँछन् ।

वायु प्रदूषणको जाँच कसरी गरिन्छ ?

यी सबै जाँच गर्न लाइट स्क्याटरिङ (light scattering) विधि प्रयोग गर्ने गरिन्छ । वायु गुणस्तर मापण केन्द्रमा मेजरमेन्ट चेम्बर (स्पेक्ट्रोमिटर), लेजर, रिसिभर लगायतका उपकरण हुन्छन् ।

वायु प्रदूषण जाँचका लागि मेजरमेन्ट चेम्बरमा धुलो सहितको हावा छिराइन्छ । त्यहाँ हावामा भएका धुलोका कणहरूले लेजर (प्रकाश)लाई स्क्याटरिङ गर्ने गर्छ ।

सामान्य भाषामा बुझ्दा त्यस चेम्बरले हावामा भएका धुलोका कणको फोटो खिच्छ । र हावामा कति धुलाे छ, कत्रा छन् भनेर मापन गर्छ । त्यसपछि त्यसैको आधारमा वजन निकाल्छ । र त्यसलाई हिसाब गरेर डेटा तयार पार्ने काम गर्छ ।

यसरी वायु गुणस्तर मापण केन्द्रमा वायु प्रदूषणबारे प्रत्येक मिनेटमा डेटा तयार हुने वातावरण निरीक्षक लामिछाने बताउँछन् । त्योसँगै २४ घन्टाको औसत निकालिने पनि उनले उल्लेख गरे, जुन हामी सबैले वेबसाइटमा हेर्न सक्छौं ।

वेबसाइटमा वायु प्रदूषणको अवस्था देखाउन विभिन्न रङको प्रयोग गरिएको छ । त्यस्तै एक्यूआई (AQI) मा पनि देखाइने गरिएको छ ।

काठमाडौंमा कहाँ कहाँ छ वायु गुणस्तर मापण केन्द्र ?

काठमाडौं उपत्यकाको फरक-फरक ठाउँमा २४ घन्टै सञ्चालन गर्नुपर्ने वायु गुणस्तर मापण केन्द्र छन् । लामिछानेका अनुसार रत्नपार्क, शंखपार्क, भैसेँपाटी, पुल्चोक र भक्तपुरमा त्यस्ता केन्द्रको स्थापना गरिएको छ ।

काठमाडौंको वायुको अवस्था थाहा पाउन कुनै एक स्थानमा खोलेको मापन केन्द्र पर्याप्त नहुने भएकाले धेरै ठाउँमा स्थापना गरिएको उनको भनाइ छ । “यति ठाउँमा राख्दा काठमाडौंलाई प्रतिनिधित्व गर्न सकिन्छ भनेर राखेका हौं,” उनी भन्छन्, “तर यी केन्द्रबाट यति मापन भयाे भनेर भन्न सक्दैनौं ।”

केन्द्रको डेटा क-कसले प्रयोग गरिरहेको छ ?

हामीले काठमाडौंको वायुको अवस्था कस्तो छ भनेर इन्टरनेटमा सर्च गर्‍याैं भने थुप्रै नतिजा फेला पार्न सक्छौं । तर यस केन्द्रले केही सीमित संस्थाबाहेक अन्यलाई आधिकारिक रुपमा अरूलाई डेटा उपलब्ध गराएको छैन ।

यसअघि वायु प्रदूषणको अवस्थाबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाल सरकारको डेटा प्रयोग गर्नेको वातावरण विभागका प्रवक्ता पौडेल बताउँछन् ।

तर विभिन्न अन्तर्राष्ट्रिय मिडिया तथा विश्वभरका सहरको वायु प्रदूषणको अवस्था देखाउने आईक्यूएयर (IQ air) ले नेपालको अवस्था देखाउँदा प्रयोग गर्ने गरेको डेटाको स्रोत आफूहरू नभएको उनी बताउँछन् । त्यस्तै उनीहरूले कहाँबाट ती स्रोत लिएका हुन् भन्ने पनि थाहा नभएको उनको भनाइ छ ।

वायु गुणस्तर व्यवस्थापनमा सुधारोन्मुख !

अहिले प्रत्येक दिनको वायु प्रदूषणको अवस्था थाहा पाउन सकिन्छ । तर सन् २०१५ सम्म प्रदूषणको अवस्था के छ भनेर थाहा नभएको वातावरण विभागका प्रवक्ता पौडेल बताउँछन् । तर अहिले‍ वातावरण कसरी परिवर्तन भइरहेको छ मिनेट मिनेटमा हेर्न सकिने उनको भनाइ छ ।

काठमाडौंमा यस्तो अवस्था सिर्जना हुनमा २०७६ फागुन १२ गते मन्त्रिमण्डलले स्वीकृत गरेको ‘काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’लाई मान्छन् उनी ।

यस कार्ययोजनामा वातावरण जोगाउन विभिन्न निकायहरूलाई फरक-फरक जिम्मेवारी तोकिएको छ । कार्ययोजना स्वीकृत गर्नुका साथै कोरोना महामारीले असर गरेपनि त्यहाँ तोकिएका कार्यक्रमहरू क्रमिक रूपमा हुँदै गइरहेको उनको भनाइ छ ।

Previous Post

रवि आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा

Next Post

क्यान्सर सुगर र मुटु रोग देखि ब्लड सुगर कम गर्ने खानुहोस् पोलेको मकै, यस्ता छन् अन्य फाइदा

HoKhabar

HoKhabar

Related Posts

सूचना/प्रबिधि

यूएईले दिन थाल्यो नेपालीलाई श्रम तथा भिजिट भिसा

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान...

Read more

नेपालको ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

७ महिना अगाडि
1.2k

यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन,भाडा बढ्ला भनेर चिन्ता नगर्नु -यातायात मन्त्री देवेन्द्र दाहाल

१० महिना अगाडि
1.2k

तीज गीतमा विकृति र अश्लीलता फैलाउनेलाई कारबाही

११ महिना अगाडि
1.2k

दुबई जाने हवाई भाडा ह्वात्तै घट्यो

११ महिना अगाडि
1.2k
Next Post

क्यान्सर सुगर र मुटु रोग देखि ब्लड सुगर कम गर्ने खानुहोस् पोलेको मकै, यस्ता छन् अन्य फाइदा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.